काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहित नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू:
१) आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु रहेको प्रधानमन्त्री ओलीको भनाइ, पार्टीभित्रको विवाद छताछुल्ल भएकाले व्यवस्थित छलफल गर्न नेकपा नेताहरुद्वारा बैठकको माग । ( नेकपाभित्र चुलिदो दाउपेच )
२) थप ३० कोरोना संक्रमितको मृत्यु, १ हजार ३४ पुगे मृतक, उपत्यकामा १ हजार ८७८ सहित ३ हजार ३०९ जनामा संक्रमण, १ लाख ८२ हजार ९२३ पुगे संक्रमित । ( नेपालमा १०३४ पुगे मृतक )
३) कन्सेप्ट डेभलपर्सलाई एक सातामा काठमाडौं प्लाजा खाली गरेर हस्तान्तरण गर्न नेपाल ट्रष्टको सूचना, अटेरी गरेर कानुनबमोजिम अगाडि बढ्ने उल्लेख । ( काठमाडौं प्लाजा हस्तान्तरण गर्न सूचना )
४) लाखौं मत गणना गर्न बाँकी रहेकै समयमा आफूले चुनाव जितेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी, राष्ट्रपतीय चुनावका विषयमा सर्वोच्च अदालत जाने चेतावनी । ( चुनाव जितेको ट्रम्पको दाबी )
५) र, च्याम्पियन्स लिग फुटबलमा अस्ट्रियन क्लब साल्जबर्गविरुद्ध डिफेन्डिङ च्याम्पियन बायर्नको जित, अर्को खेलमा स्पेनिस क्लब एथ्लेटिको मड्रिड मस्कोसँग १–१ गोलको बराबरीमै रोकियो । ( डिफेन्डिङ च्याम्पियन बायर्नको जित )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।