काठमाडौं–सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डले राजीनामा दिएका छन्। पाण्डेले मंसिर १ गतेदेखि लागू हुने गरि राजीनामा दिएका हुन्। कार्यकाल सकिन तीन महिना बाँकी छदै उनले राजीनामा दिएका हुन्।
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएपछि पाण्डे सूर्या लाइफमा नियुक्त भएका थिए। चार्टर्ड एकाउन्टेन्ट पाण्डेले कम्पनीको चार वर्षदेखि हुन नसकेको लेखापरीक्षण गराएका थिए।
बिमा समितिको निर्देशन बमोजिम दुई अर्ब रुपैयाँ पुर्याउनुका साथै कम्पनीलाई थप प्रतिस्पर्धी बनाएर बाहिरिएका छन्। पाण्डे जीवन बिमा कम्पनीहरुको छाता संघठन जीवन बिमक संघका संस्थापक अध्यक्ष रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।