काठमाडौं- रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले सीमित वर्षको लागि बीमा शुल्क भुक्तानी गरेर पनि बीमालेख अवधिभर सुरक्षा पाउने लिमिटेड इन्डाउमेन्ट पोलिसी ल्याएको छ। यो योजना खरिदपछि यदि बीमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिले बीमा जारी र बीमा दाबीको समयावधि हेरी बीमाङ्क रकमको अधिकतम २२५ प्रतिशतसम्म र आर्जित बोनस भुक्तानी प्राप्त गर्नेछन्।
यो योजना १६ वर्षदेखि ६५ वर्ष उमेर समूहकाले खरिद गर्न सक्नेछन्। यस योजनाअन्तर्गत न्यूनतम बीमाङ्क रकम ५० हजार रुपैयाँ कायम गरिएको छ भने अधिकतम बीमाङ्क रकम कम्पनीको नियम बमोजिम हुनेछ। यस योजनामा बीमाअवधि न्यूनतम १० वर्ष र अधिकतम २५ वर्षसम्म रहेको छ। योजनाको बीमाशुल्क भुक्तानी अवधि ८, १२, १६ र २० वर्ष रहेको छ।
यो पोलिसी खरिद गर्दा बीमितले थप न्युनतम शुल्क भुक्तानीमा दुर्घटना मूत्यु सुविधा, स्थायी अशक्तता र बीमा शुल्क मिनाहा जस्ता अतिरिक्त सुविधाहरु प्राप्त गर्न सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।