काठमाडौं- प्राथमिक सेयर प्राप्त गरेका सानिमा जनरल इन्स्योरेन्स कम्पनीका शेयरधनीले बिक्री नगर्दा पहिलो दिन कारोबार हुन सकेन। सानिमा जनरल इन्स्योरेन्सको शेयर बुधबारदेखि कारोबार खुला भए पनि कारोबार हुन नसकेको हो।
प्रि ओपनिङ सेसनमा कारोबार भएन भने त्यस दिन भरका लागि कारोबार हुँदैन। कम्पनीको शेयर अहिले बेच्दा घाटा हुने भए पछि कसैले पनि कारोबार नगरेका हुन्।
नेप्सेले पहिलो कारोबारको रेन्ज न्युनतम १०३.७३ रुपैयाँ र अधिकतम ३११.१९ रुपैयाँ तोकेको छ। कम्पनीको दोस्रो बजारमा एक अर्ब रुपैयाँ पुँजी सूचिकृत भएको छ। कम्पनीले गत असोजमा प्राथमिक शेयर निष्काशन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।