काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहित नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू:
१) हुम्लामा सीमा मिचिएको कुरा अनावश्यक हल्ला भएको चीनको दाबी, उच्च भागमा रहेको सीमा सर्भेको ज्ञान भएका व्यक्तिले मात्र अध्ययन गर्न सक्ने तर्क । ( नेपाली सीमा नमिचिएको चीनको दाबी )
२) थप २० कोरोना संक्रमितको मृत्यु, १००४ पुगे मृतक, काठमाडौं उपत्यकामा १ हजार ४३१ सहित ३ हजार १३४ जनामा संक्रमण, १ लाख ७९ हजार ६१४ पुगे संक्रमित । ( नेपालमा एक हजार चार पुगे मृतक )
३) कोरोना परीक्षणमा निजी ल्याबको लापरवाहीले करोडौं रकम गुमाउँदै नेपाल एयरलाइन्स, ल्याबहरुले दिएको नेगेटिभ रिपोर्ट विदेशमा परीक्षण गर्दा पोजेटिभ, हङकङको प्रतिबन्ध नखुल्दै दुबईको चेतावनी । ( हङकङको प्रतिबन्ध नखुल्दै दुबईको चेतावनी )
४) अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आफू पुनः राष्ट्रपतिमा निर्वाचित भए सङ्क्रमण विज्ञ फाउचीलाई निष्काशन गर्ने चेतावनी, सङ्क्रमण र त्रास फैलिनुमा डा फाउची पनि दोषी रहेको आरोप । ( सङ्क्रमण विज्ञ फाउचीलाई ट्रम्पको चेतावनी )
५) र, बैंग्लोरलाई हराएर पक्का भयो दिल्लीको क्वालिफायर, नेट रन रेटका कारण बैंग्लोरको स्थान इलिमिनेटर खेलका लागि पक्का, अब हैदराबादले जिते कोलकाता बाहिर । ( पक्का भयो दिल्लीको क्वालिफायर )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।