काठमाडौं- उपभोक्ता हित विपरीत काम गरेको भन्दै सेलवेज क्यास एन्ड क्यारी प्रालिलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो १ वर्ष अवधिमा तीन पटक कारबाही गरेको छ।
विभिन्न स्थानमा शाखा खोलेर डिपार्टमेन्टल स्टोर चलाइरहेको यो कम्पनीबाट उपभोझा ठगिएको भन्दै उजुरी परेपछि विभागबाट भएको अनुगमनका क्रममा कैफियत देखिएपछि कारबाही हुँदै आएको हो।
विभागले सोमबार गरेको अनुगमनका क्रममा सेलवेजको कोटेश्वरस्थित डिपार्टमेन्ट स्रोरलाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ।
‘ठगीमा परेको भन्दै उपभोक्ताबाट उजुरी आउँछ। पहिला डिटोलको ह्याण्डवास एमआरपी भन्दा बढी मूल्यमा बेच्यो भनेर उजुरी परेको थियो। अहिले फेरि चियापत्तीको मूल्य बढी लिएको भनेर उपभोक्ताको गुनासो आयो। त्यसपछि हामीले अनुगमन गरेका हौं,’ विभागका अनुसन्धान अधिकृत ध्रुव खनालले नेपाल लाइभसँग भने। विभागले केही समयअघि मात्रै सितापाईला ब्रान्चलाई २ लाख रुपैयाँ जरिवाना गरेको थियो।
त्यस्तै विभागले महाराजगञ्जमा रहेको सेलवेजकै डिपार्टमेन्टल स्टोरलाई गत चैत २९ गते २० हजार रुपैयाँ जरिवाना गरेको थियो भने गत साउन ६ गते सातदोबाटोस्थित डिमार्टमेन्टल स्रोरमा अनुगमन गर्दै खाद्य अनुज्ञा नम्बर नभएका कुनै पनि उद्योगका कुनै पनि सामनहरु बेचबिखन नगर्न निर्देशन दिएको थियो।
सेलवेज विभागको कारबाहीमा यसअघि पनि परिसकेको छ। सरकारले २०७३ साल भदौंमा १५ दिनसम्म चलाएको विशेष अनुगमनका क्रममा सेल्सवेज क्यास एन्ड क्यारीबाट २० लाख ८७ लाख रुपैयाँ बराबरको अखाद्य र म्याद गुग्रिएको वस्तु भेटिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।