काठमाडौं-तिनाउ मिसन डेभलपमेन्ट बैंकले शेयर संरचना परिवर्तन सहितको प्रवन्धपत्र संसोधनका लागि विशेष साधारणसभा डाकेको छ। बैंकले मंसिर ७ गते भिडियो कन्फ्रेन्सबाट साधारणसभा गर्ने भएको छ।
गत साउन ११ गते बैंकले नेपाल राष्ट्र बैंकबाट संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गर्न स्वीकृति पाएकाे थियो। यसका साथै बैंकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १२ प्रतिशत बोनस शेयर वितरण गरेपछि शेयर पुँजीको संरचनामा परिवर्तन भएको थियो। उक्त बोनस शेयर साविक तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंकका शेयरधनीले मात्रै पाउने व्यवस्थाले गर्दा साविकको नेपाल कम्युनिटी डेभलपमेन्ट गाभेपस्चात शेयर संरचनामा परिवर्तन भएको थियो।
मर्जरलगत्तै संस्थापक शेयर पुँजी ६०.५७ प्रतिशत र सर्वसाधारणको शेयर पुँजी ३९.४३ प्रतिशत थियो। बोनस शेयर र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपछि उक्त संरचना परिवर्तन भइ संस्थापकतर्फ बढेर ६३.३३ प्रतिशत पुगेको छ भने सर्वसाधारणतर्फको ३६.६७ प्रतिशत कायम भएको छ। यही संरचनासहितको प्रवन्धपत्र संसोधनका लागि बैंकले विशेष साधारणसभा डाकेको हो।
विशेष साधारण सभाद्वारा स्वीकृत गरिएको प्रस्तावित प्रबन्धपत्रको संशोधन कम्पनी रजिष्ट्रारको कार्यालय नेपाल राष्ट्र बैंक तथा अन्य निकायबाट स्वीकृत गराउनका लागि आवश्यकता अनुसार सोमा थपघट गर्न वा सच्याउन सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।