काठमाडौं-सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ। सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार भने बढेको हो। मंगलबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय रुपैयाँ तोकिएको छ।
छापावाल सुन सोमबार प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै चाँदीको मूल्यसमेत बढेको छ। सोमबारको तुलनामा चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेको छ। सोमबार १२ सय ५ रुपैयाँ प्रतितोला कारोबार भएको चाँदी मंगलबारका लागि १२ सय १० रुपैयाँ कायम भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।