• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार-विश्लेषण

शाहरुख खान अर्थात् 'किङ अफ रोमान्स'

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक १८, २०७७  ०६:०३
1140x725

मुम्बई- बलिउडमा ‘किङ अफ रोमान्स’ मानिने सुपरस्टार शाहरुख खान सोमबार ५५ वर्ष पुगेका छन्। हरेक वर्ष हजारौंको संख्यामा प्रशंसक शाहरुखको जन्मदिनमा उनको एक झलक पाउन उनको घर ‘मन्नत’ अगाडि घण्टौं उभिने गर्दथे। शाहरुख पनि प्रशंसकहरुलाई दुःखी नबनाई अभिवादन गर्न बाहिर निस्कने गर्दथे। 

तर यस पटक कोरोना कहरका कारण त्यो सम्भव थिएन। उनले भर्चुअल माध्यमबाट त्यो काम गरेका छन्। ‘फौजी’ र ‘सर्कस’बाट करिअरको सुरुवात गरेका शाहरुखले ३० वर्षको फिल्मी करिअरमा बलिउडले बिर्सन नसक्ने गरी योगदान गरेका छन्। भारतीय उद्योगमा आफ्नो गहिरो छाप पनि छोड्न सफल भएका छन्। 

दिव्या भारती र ऋषि कपुरसँग ‘दिवाना’ फिल्मबाट बलिउडमा कदम राखेका शाहरुख खानले रिलको जीवनमा कमैमात्र पछि फर्कनु पर्‍यो। सन् १९९३ मा केही यस्ता फिल्ममा अभिनय गरे, जुन त्यतिबेलाका हिरोले गर्दैनथे। यही कारण उनी सहज रुपमा बलिवुड प्रवेश पाएका थिए।

निर्देशक अब्बास मस्तानको फिल्म ‘बाजीगर’मा शाहरुख यस्तो हिरोको भूमिका निभाउँछन् जसले आफ्नो हिरोइन (शिल्पा शेट्टी) लाई मारिदिन्छन्। यस्तै, यश चोपडाको ‘डर’ मा शाहरुख खानले एकतर्फी प्रेमीको भूमिका निभाएका थिए। जुन प्रेममा पागलझैं थिए र कुनै पनि हदसम्म जान सक्थे। ‘आई लभ यू...क...क...क किरण’ डायलगले आज पनि त्यो फ्यानको मन तानेको छ। 

देवदासको पागल प्रेमी अझै पनि मानिसहरुको मानसपटलमा शाहरुख रहेका छन्। 'दिलवाले दुल्हनिया लेजांएगे', 'डन', 'माइ नेम इज खान', 'ओम शान्ति ओम', 'बाजिगर', 'अञ्जाम' र 'डर'जस्ता फिल्मका कारण उनी सधैँ चर्चामा रहिरहे। यी फिल्म सफल भएकाले उनलाई बलिवुडको किङ खान बनाउन सहयोग गर्‍यो। 

दिलीप कुमारको सन् १९५५ मा बनेको फिल्म ‘देवदास’को स्मरण ताजा गर्दै सन् २००३ मा शाहरुख खान सञ्जय लीला भन्सालीद्वारा निर्देशित ‘देवदास’मा ऐश्वर्या राय र माधुरी दीक्षितसँग देखिए। उक्त भुमिकामा न्याय गर्न सफल भए। फिल्मले असाध्यै चर्चा बटुल्यो। शाहरुख खानको रोमान्टिक हिरोको छवि यथावत् रह्यो। फिल्म ‘कल हो ना हो’, ‘चलते चलते’, ‘वीर जारा’मार्फत उनी यही छविलाई अझ उचाइमा पुर्‍याउन सफल भए। 

फिटनेस राज 
चेन स्मोकर भएपनि अभिनेता शाहरुख खानले चुरोटका कारण आफ्नो फिटनेसमा कुनै असर पर्न दिएका छैनन्। फिल्म ‘ओम शान्ति ओम’को ‘ओ हसिना तू नीलमपरी’ बोलको गीतमा शाहरुखले आफूलाई कसिलो शरीरमा प्रस्तुत गरेर उमेर घर्किँदै गए पनि शरीर चुस्त राख्ने सवालमा आफू तन्नेरी नै भएको जनाउ दिइसकेका थिए। 

फिल्म ‘ह्यापी न्यू इयर’मा ‘एट प्याक एब्स’सहित देखा परेपछि शाहरुख बलिउडका फिट अभिनेताको शीर्ष समूहमा पर्न थालेका थिए। विगत दुई दशकयता शाहरुखले फिटनेसलाई प्राथमिकतामा राखेका छन्। केही वर्षयता उनी यसप्रति अझ बढी सचेत भएका छन्। शाहरुखले यस्तो भव्य ज्यान कसरी बनाए? भन्नेमा धेरैलाई कौतुहल छ। तर, मेहनत गरे आफूले जस्तै ज्यान बनाउन अप्ठ्यारो नहुने शाहरुखको तर्क छ। 

nimb
nimb
Ncell 2
Ncell 2

सिक्स प्याक बनाइसकेपछि ‘ह्याप्पी न्यू इयर’मा आफूले जस्तै 'एट प्याक एब्स' बनाउन अप्ठ्यारो नहुने शाहरुखको भनाइ छ। यसका लागि उपयुक्त खान्की, सही अभ्यास र धैर्यताको ‘कम्बिनेसन’ आवश्यकता पर्ने उनी बताउँछन्। ६ महिनासम्म कडा मेहनत गरेर शाहरुखले ‘एट प्याक एब्स’ बनाएका थिए। तर, सबैले यति सजिलै यो उपलब्धि हासिल गर्न नसक्ने विज्ञहरूको भनाइ छ।

 

कुनै समय शाहरुखका प्रशिक्षकले उनको ज्यान एथलेटजस्तै रहेको र उनले अनुशासन पालना र अभ्यासमा ध्यान दिएकाले यस्तो उपलब्धि हासिल भएको बताएका थिए। ‘ह्याप्पी न्यू इयर’का लागि ज्यान बनाउँदा शाहरुख सातामा ५ दिन कडा शारीरिक अभ्यास गर्ने गर्थे। प्रतिदिन करिब डेढ घण्टा अभ्यास गर्थे। बिहान दुई बजे उठेर अभ्यास गर्ने, सधैँ पोसिलो र स्वस्थकर खाना खाने गर्थे। कुनै बेला हक्की र फुटबल खेल्ने गरेकाले उनको ज्यान एथलेटकै जस्तो भएको हो। 

त्यतिबेलाको खेल जीवनले अहिले पनि शाहरुखलाई ज्यान बनाउन र चुस्त पार्न सजिलो परिरहेको छ। खानपिनमा शाहरुख कहिल्यै पनि ‘सम्झौता’ गर्दैनन्। उनी दिनहुँ अन्डा, दुई पिस ब्राउन ब्रेड, कफी, चिकेन स्यान्डविच,  सलाद, अण्डाको सेतो भागको अमलेट, सखरखण्ड, ग्रिल्ड माछा र ग्रिल्ड चिकेन खाने गर्छन्। विशेष ज्यान बनाउन भने उनी प्रोटिनयुक्त पाउडर पनि दिने गर्छन्। 

जब शाहरुख खान जेल पुगे 
फिल्मका माध्यमबाट शाहरुख खान असल प्रेमीका साथी असल अभिभावक पनि हुन् भन्ने कुरा सावित गर्न पछि पर्दैनन्। कोरोना महामारीले बलिवुड पुरै ठप्प रहेको समयमा उनी अहिले घरभित्रै बसेर समय बिताइरहेका छन्।  गत वर्ष एक नेटफ्लिक्समा चलिरहेको शोलाई दिएको अन्तर्वार्तामा उनले आफू कुनै समय जेलमा बसेको घटना शेयर गरेका थिए।

डेबिड लेटरम्यानको शो आफ्ना रहरहरु पनि प्रस्तुत गरेका थिए। खानले आफ्ना फ्यानहरुले हेर्न पाउने गरी किचनमा खाना बनाए। खानले डेबिडको शोमा आफ्नो,परिवार, करिअर र बच्चाको बारेमा खुलेर कुराकानी गरेका थिए।

डेबिडले उनलाई केही वर्ष पहिले एक पत्रिकामा छापिएको लेखबारे जिज्ञासा राखेका थिए। किन उनी जेल जान परेका थिए भनेर उनले सोधेका थिए। शारुखले उक्त समयममा भएको घटना स्मरण गर्दै सुनाए। उनले भने, ‘त्यो एक मजाकमा लेखिएको थियो।’ तर उक्त घटनापछि आफू निकै रिसाएको उनले बताए। 

‘यो म्याग्जिनमा छापिएको कुरा पढेपछि मैले सिधै उक्त लेख छाप्ने सम्पादकलाई फोन गरेँ। म एकदम रिसाएको थिएँ,’ उनले भने, ‘तर सम्पादकले हाँसेर मलाई जवाफ दिए, ‘यो लेख मजाक थियो। यसलाई सोही रुपमा लिनु होला।’ तर उनी त्यसमा सहमत हुन सकेनन्। म्याग्जिनको कार्यालयमा पुगे र रिसमा गालीगलौजमा उत्रे। 

सन् १९९३ मा निर्माण भएको फिल्म ‘मेम साहब’को सिनलाई आधारित बनाएर लेख लेखिएको थियो। यो घटनापछि शाहरुख साँच्चै पुलिसको चक्करमा परे। एक दिन सुटिङ सेटमै रहेका समयमा प्रहरी आए। 

उनलाई प्रहरी चौकीसँगै जान भने। खानले उनीहरु पनि आफ्नो फ्यान भएको सम्झेर गाडीमा बस्न भने। तर प्रहरीले जब आफूहरु पक्राउ गर्न आएको जानकारी दिए, अनि मात्र उनी झस्के। सम्पादकलाई गालीगलौज गरेपछि आफूलाई प्रहरी लिन आएको उनलाई महसुस भयो।

‘त्यसपछि म उनीहरुको साथ लागेर प्रहरी चौकी पुगेँ, मैले त्यहाँ पहिलो पटक प्रहरी हिरासत देख्न पाएँ,’ शाहरुख खानले भने, ‘सारै साँघुरो स्थान। धेरै नै फोहोर गन्ध आइरहेको र मलमुत्रसमेत देख्न पाइने थियो।’

शाहरुख खानले एक दिन हिरासतैमा बिताउनु परेको थियो। भोलिपल्ट उनी तारेखमा छुटेका थिए। प्रहरी चौकीबाट छुटेपछि उनी त्यही सम्पादकको घर हुँदै फिर्ता आए। 

फिल्म ‘माया मेमसाहब’ ९० को दशकमा निर्माण भएको बोल्ड फिल्म मानिन्थ्यो। १९९३ मा आएको यो फिल्ममा शाहरुख खानले फिल्म निर्देशककी श्रीमतीका साथ एक लभ सिन गर्नुपर्ने थियो। उक्त फिल्मका बारेमा ‘सिन ब्लिट्ज’ म्याग्जिनले लेखेको छ ‘निर्देशक केतन मेहताले आफ्नो श्रीमती (दीपा साही)सँग एक रातसंँगै बस्न आग्रह गरे। यसको कारण उनीहरुलाई भोलिपल्ट हुने लभ सिनको बारेमा खिच्न एक अर्कालाई जान्न सक्ने निर्देशकको तर्क थियो। यो लेख छपिएपछि खान निकै आवेशमा आए र म्याग्जिनकै कार्यालयमा पुगेर सम्पादकलाई ज्यान मार्ने धम्की दिएका थिए।

घोडा चढ्न किन डराउँछन शाहरुख
कयौं एक्सन फिल्ममा पनि उनले काम गरेका छन् तर घोडाचढी भने ‘अशोका’ फिल्ममा मात्र देख्न सकिन्छ। त्यसअघि र पछि उनी उक्त रोलमा देखिएका छैनन्।

शुरुमा उनी घोडा चढ्न निकै डराएका थिए तर उनको एक्सन निर्देशकले उनलाई घोडामा चढेर आफ्नो अभिनयमा मात्र ध्यान दिन सहमत गराएपछि तयार भएका थिए।

‘अशोक द ग्रेट’मा एक्सन निर्देशकले उनलाई घोडा आफै दौडने भएकाले अभिनय मात्र गर्न आश्वस्त तुल्याएका थिए। यसरी आश्वस्त भएका खान तयार भएर घोडामा चढे र एक्सन भने लगत्तै घोडा दौडनु पर्नेमा दौडेन। अनि निर्देशकले घोडाको पछाडि चाबुक मारेपछि घोडाले दौडन सुरु गर्यो‍। ‘जब घोडाले दौडन शुरु ग¥यो, त्यसले रोकिने छाँटकाँट देखाएन। सिर्फ दौडिई नै रह्यो,’ उनले भने, ‘जब म फर्केँ अनि निर्देशकसँग किन घोडा रोकिएन भनेर सोधेँ। उनले सहज जवाफ दिए मैले दौडन्छ मात्र भनेको थिएँ। कहिले रोकिन्छ त के था र।’ त्यस फिल्मपछि खान घोड सवारीको सिनदेखि परै रहँदै आएका छन्।

शाहरुखका गुरु
शाहरुख खान हलिवुड अभिनेता माइकल जे फक्सलाई गुरु मान्दछन्। माइकल जेको अभिनय देखेर अभियनको भुत चढेका खान उनका सबै स्टाइल कपी गर्दथे।

‘मलाई सानै उमेरदेखि यदि कसैले प्रेरित गरेको थियो भने ती हुन् हलिवुड अभिनेता माइकल जे  फोक्स,’ उनले भने, ‘उनको अभिनय गर्ने तरिका, स्टाइल र सोच नै मेरा लागि शिक्षा थियो, मैले कयौ उनका फिल्महरु रातभर हेरेको छु।’

जेठो छोरालाई अभिनय ल्याउन चाहँदैनन्
खानका तीन सन्तान छन्। पहिलो छोरा आर्यन खान २२ वर्षका भए। न्युर्योकमा फिल्मसम्बन्धी अध्ययन गरिरहेका आर्यनले धेरै राम्रो लेख्ने तर अभिनय नगर्ने उनको तर्क छ।

उनलाई एक दिन छोराले आफू अभिनय नगर्ने बताएको समेत खुलासा गरे।

‘आर्यनले मलाई एकदिन भनेको थियो कि ऊ अभिनयमा लाग्ने छैन,’ खानले भने, ‘यदि ऊ अभिनयमा लागेमा बाबुसँग तुलना हुनेछ।’

राम्रो गर्न सके वा नसके दुवै अवस्थामा आफू यहीभित्र फस्ने आर्यनको बुझाई छ।

खानले आफू बच्चाहरुसँग साथीजस्तै भएको बताउने गरेका छन्। तीन बच्चाहरुको केटा साथी र केटीसाथीको समेत आफूसँग सल्लाह हुने गरेको उनले बताए।

‘मलाई छोरी सुहाना केहिलेकाहीँ आफ्नो केटासाथीका लागि के उपहार दिदाँ उपयुक्त हुन्छ भनेर सोध्ने गर्दछिन्,’ खानले भने, ‘म यसमा उसलाई सक्दो सहज उपाय दिन्छु कहिले पनि उसको रोजाईमा हस्तक्षेप गर्दिनँ।’ बच्चाका लागि आफै खाना बनाउन सिक्दैछन् । 

पहिलो पटक यो ‘सो’मार्फत किङ खान आफ्ना बच्चाहरुका लागि खाना बनाईरहेको देखिए। तर वास्तविकतामा उनी यो कार्य सिक्दै थिए । यो कोरोना महामारीका विचमा उनले घरमा प्रशस्तै बसेर खाना बनाएका छन्।  अहिले उनी परिबारसँग खुशीको समय विताइरहेको बताउने गर्दछन् । 

उनले कहिलेकाहीँ रातको दुई÷तीन बजे पनि बच्चाका लागि खाना बनाएका छन्।  

प्रर्दशन भएनन् उनका यी फिल्म
शाहरुखले यति वर्ष लामो फिल्मी करियरमा धेरै सुपरहिट फिल्ममा अभिनय गरिसकेका छन्। तर, उनका केही त्यस्ता काम छन् जुन आजसम्म पनि प्रर्दशनमा आउन सकेका छैनन्। 

एक्सट्रिम सिटी
सन् २०११ मा छायांकन भएको हलिवुड फिल्म ’एक्सट्रिम सिटी’ जसमा शाहरुखको अभिनय रहेको थियो।

फिल्ममा शाहरुखका साथमा टाइटानिक फेम अभिनेता लियोनार्दो डिकाप्रियोको समेत अभिनय रहेको थियो। तर, केही कारणबस फिल्म बिचैमा रोकिएको थियो। जुन अहिले सम्मपनि प्रदर्शनमा आउन सकेको छैन।

रक्स
सन् २००१ मा निर्माण भएको फिल्म ‘रक्स’ आजसम्म प्रदर्शनमा आएको छैन। सुपरस्टार अमिताभ बच्चन, जुही चावलाकोसमेत अभिनय रहेको फिल्मको सोही समय छायांकन  सकिएको थियो। तर, फिल्म १७ वर्ष सम्ममा पनि प्रदर्शनमा आउन सकेको छैन।

अहमक 
फिल्म ‘अहमक’सन् १९९१ मा निर्माण भएको फिल्म हो।

फिल्ममा शाहरुख खानका साथ अयूब खान, मीता वशिष्ठ मुख्य भूमिकामा रहेका थिए। फिल्मको छायांकनसहित पूर्ण  रूपमा निमार्ण समेत भएको थियो। जुन सन् २०१५को फिल्म फेस्टिबलमा प्रर्दशनमा आयो तर फिल्महलहरूमा भने प्रदर्शनमा आउन सकेन।

शिखर
फिल्म ‘परदेश’ निर्माणअघि निर्देशक सुभास घईले अभिनेता शाहरुख खान र माधुरी दिक्षितलाई फिल्म ‘शिखर’का लागि आग्रह गरेका थिए। फिल्ममा शाहरुख खान केही आफूले भनेका परिवर्तन चाहान्थे।

तर, उक्त विषयमा निर्देशक घई मान्य भएनन्। यही कारण शाहरुखले फिल्मबाट हाट झिके। शाहरुखले हात झिक्नसाथ फिल्म अधुरै रहयो। पछि गएर सुभस घईले फिल्ममा केही परिवर्तन गरि नयाँ फिल्म ‘ताल’ निमार्ण गरे।

त्यसपछि मात्र उक्त फिल्मले निरन्तरता प्राप्त गरेको थियो। 

किसी से दिल लगाके देखो 
सन् १९९६ को डायरेक्टर कल्पतरुद्धारा निर्देशन गरेको फिल्म हो ‘किसी से दिल लगाके देखो’। फिल्मको सुटिङ समेत सुरु भएको थियो। तर, प्राविधिक कारणबस फिल्म बिचैमा रोकियो। फिल्ममा अभिनेता शाहरुख खानका साथमा आयशा जुल्का तथा मधु मुख्य भूमिकामा रहेका थिए।

(बिबिसी हिन्दी , द क्वाइन्टलगायतबाट भावानुवाद गरिएको)

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०७७  ०६:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बागमती एमालेमा सहमति, मुख्यमन्त्रीमा किरण थापालाई अघि सार्ने निर्णय
भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा कमाण्ड तथा स्टाफ कलेजको भ्रमण
नेप्सेमा गिरावट कायमै, ५ अर्ब ७ करोडको कारोबार
सम्बन्धित सामग्री
नेपथ्य अस्ट्रेलिया शृंखलाको सुरुवात क्यानबेराबाट हलभित्र पस्ने दर्शकमा फाट्टफुट्ट अस्ट्रेलियन अनुहार पनि देखिन्थे । तिनैमध्येकी एक थिइन् लिन्डा ट्रिग । नेपालमा कूटनीतिज्ञका रूपमा ला... मंगलबार, फागुन २०, २०८१
नेपथ्यको नयाँ भिडियोमा ‘हिमाल चुचुरे’ लोकलयमा आधारित यो पुरानो गीतलाई ब्यान्डले त्यतिखेर ‘पप’ शैलीमा ढालेको थियो । अब भने यो गीत ‘लोक रक’मा रूपान्तरित भएर भिडियोमा देखापर... मंगलबार, फागुन १३, २०८१
कर्णाली उत्सवः ‘कुडा कर्नालीका’ आजदेखि  कर्णाली उत्सवको पाँचौँ संस्करणसम्म भएका उपलब्धि भनेकै यसलाई चिन्ने र चिनाउने प्रयास हो भन्दै संयोजक लम्सालले नीतिगत सुझाव सङ्कलन तथा... सोमबार, फागुन ५, २०८१
ताजा समाचारसबै
बागमती एमालेमा सहमति, मुख्यमन्त्रीमा किरण थापालाई अघि सार्ने निर्णय मंगलबार, भदौ २, २०८३
भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा कमाण्ड तथा स्टाफ कलेजको भ्रमण मंगलबार, भदौ २, २०८३
नेप्सेमा गिरावट कायमै, ५ अर्ब ७ करोडको कारोबार मंगलबार, भदौ २, २०८३
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, भदौ २, २०८३
कांग्रेस महाधिवेशनको प्रक्रिया आजबाट सुरु, गगन थापाले भने– ‘अब कार्यतालिका पछ्याउँछौँ’ मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्