काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहित नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू:
१) स्वास्थ्यमन्त्री ढकाललाई १ वर्ष कैद र १० हजार जरिवाना माग गर्दै सर्वोच्चमा अवहेलना मुद्दा दर्ता, सर्वोच्चको फैसला कार्यान्वयन गर्न अटेर गरेको आरोप । ( स्वास्थ्यमन्त्री ढकालविरुद्ध सर्वोच्चमा मुद्दा )
२) नेपाल थप २४ कोरोना संक्रमितको मृत्यु, ९८४ पुगे मृतक, काठमाडौं उपत्यकामा १ हजार ६३० सहित २ हजार ९३३ जना संक्रमण, १ लाख ७६ हजार ५०० पुगे संक्रमित । ( नेपालमा ९८४ पुगे मृतक )
३) बंगलादेशले ५० हजार मेट्रिक टन युरिया मल पैंचोमा दिन नमानेपछि किनेर ल्याउने तयारी, कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा मन्त्रिपरिषद्मा प्रस्ताव लगिँदै । ( पैंचोमा मल नपाएपछि किनेर ल्याउने तयारी )
४) गिलगित–बल्तिस्तानलाई प्रान्तको मान्यता दिने पाकिस्तानी निर्णयको भारतद्वारा विरोध, भारतीय भूभागलाई गैरकानुनी रुपमा परिवर्तन गर्ने पाकिस्तानको कोशिस भन्दै त्यसलाई अस्वीकार गर्ने चेतावनी । ( पाकिस्तानी निर्णयको भारतद्वारा विरोध )
५) र, इन्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सविरुद्ध कोलकाता नाइट राइडर्स जित, राजस्थान ६० रनले पराजित, कोलकाताले बनायो अघिल्लो चरणको सम्भावना । ( कोलकाताले बनायो अघिल्लो चरणको सम्भावना )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।