• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सर्वोच्चले किन दर्ता गरेन प्रधानमन्त्री ओलीविरुद्धको मुद्दा?

64x64
नेपाल लाइभ सोमबार, कात्तिक १७, २०७७  १९:१३
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मुद्दा सर्वोच्चले दर्ता गर्न अस्वीकार गरेको छ। प्रधानमन्त्री ओली र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध एकै मुद्दा लिएर सर्वोच्च पुगेका अधिवक्ता लोकेन्द्र वलीले पेस गरेको निवेदन सर्वोच्चले दर्ता गर्न अस्वीकार गरेको हो। प्रधानमन्त्री ओलीविरुद्ध मुद्दा दर्ता गर्न अस्वीकार गरेको सर्वोच्चले अर्का विपक्षी मन्त्री ढकाल विरुद्ध भने मुद्दा दर्ता गराएको छ। 

कोरोनाको परीक्षण र उपचारबाट सरकार पछि हटेपछि सर्वोच्चकै अवहेलना भएको दाबी गर्दै अधिवक्ता वली सर्वोच्च पुगेका थिए। तर प्रधानमन्त्रीविरुद्ध किन मुद्दा दर्ता भएन भन्नेबारे चाहिँ सर्वोच्चले उपयुक्त कारण दिन सकेको छैन। 

सर्वोच्च अदालतले असोज २७ गते कोरोना परीक्षण र उपचारका लागि सरकारी स्वास्थ्य निकायमा शुल्क नलिन सरकारका नाममा परमादेश जारी गरेको थियो। सरकारले नीजीलाई स्वास्थ्य संस्थामा सरकारले तोकेको न्यूनतम रकममा र सरकारी अस्पतालमा निःशुल्क कोरोना परीक्षण गर्नुपर्ने सर्वोच्चको आदेशमा भनिएको थियो। विदेश जानका लागि भिसा लागेका व्यक्तिलाई पनि निःशुल्क परीक्षण गर्न सर्वोच्चको आदेश थियो।

सर्वोच्चले कोरोना संक्रमणसँग जोडिएका सबै सेवा ‘आधारभूत स्वास्थ्य सेवा’ हुने भन्दै त्यस्ता सेवा निःशुल्क गर्न आदेश दिएको थियो। संविधानमा भएको मौलिक हक, जनस्वास्थ्य ऐनको व्यवस्था अनुसार कोरोनाको उपचार नागरिकले शुल्क नतिरी पाउनुपर्ने उल्लेख थियो।

आदेश सार्वजनिक भएको ५ दिनपछि सरकारले गरिब, असहायलगायतका वर्गबाहेकको हकमा परीक्षण र उपचारमा शुल्क अशुल्ने निर्णय गरेको सार्वजनिक गर्‍यो। एक साताअघि नै बसेको मन्त्रिपरिषदले गरेको निर्णयको आधारमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यसको जानकारी कात्तिक २ गते गराएका थिए।

Ncell 2
Ncell 2

एक साता अघि नै भएको निर्णय मन्त्रिपरिषदको निर्णय सुनाउने समयमा यो निर्णय भने लुकाइएको थियो। तर स्वास्थ्य मन्त्रालयले भन्नैपर्ने भएपछि प्रवक्ताले त्यसको जानकारी गराए। सरकारले यो कुराको जानकारी गराइसक्दा देशमा दसैँ लागिसकेको थियो। बिदामा देशभरका अदालत बन्द थिए।

सरकारले यही मौका पारेर जनताको मौलिक हक खोसेको भन्दै सर्वत्र आलोचना भयो। अझसम्म पनि हुँदै आएको छ। सर्वोच्च अदालतका पूर्वप्रधान न्यायाधीश तथा मानव अधिकार आयोगका पूर्वअध्यक्ष अनुपराज शर्माले त सर्वोच्च आफै सक्रिय भएर सरकारलाई अवहेलनामा कारबाही चलाउनुपर्ने माग गरे।

नागरिक समाज, मानव अधिकार र काननुका जानकारीलगायत आम नागरिकरले सरकारको यो कदमको विरोध जनाए। व्यापक विरोधपछि सरकारले उपचार खर्च व्यहोर्न नसक्ने घोषणा गर्ने व्यक्तिको उपचार राज्यले गर्ने घोषणा गर्‍यो। सरकारको उक्त घोषणा तत्कालीन समयमा शान्त पार्ने रणनीति मात्र भएको भन्दै विरोध भइरह्यो।

अदालतको आदेश अवहेलना हुने गरी सरकारले निर्णय गर्न नसक्ने भन्दै आइतबार अदालत खुलेपछि अधिवक्ता लोकेन्द्र वलीसहित सर्वोच्चको शरणमा पुगे। यसअघि आफूहरुले दायर गरेको निवेदनमा सर्वोच्चले गरेको परमादेश विपरीत सरकारले महामारीमा नागरिकको स्वास्थ्य उपचार पाउने मौलिक हक खोसेकाले अवहेलनामा कारबाही हुनुपर्ने माग गरे।

उनीहरुले निवेदनमा प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई विपक्षी बनाएका थिए। देशको कार्यकारीको रूपमा प्रधानमन्त्री दोषी भएको र कार्यान्वयन गर्ने स्वास्थ्यमन्त्री भएको जिकीर गर्दै १ वर्ष कैद र १० हजार जरिवानाको माग निवेदनमा गरिएको थियो।

उनीहरुको निवेदन पहिलो दिन दर्ता नभएको सर्वोच्च प्रशासनले जवाफ दिएको थियो। अघिल्लो फैसला भएको मुद्दामा प्रधानमन्त्री विपक्षी नभएकाले यो मुद्दा दर्ता गर्न नमिल्ने सर्वोच्चको तर्क थियो। 

सर्वोच्च प्रशासनले प्रधानमन्त्रीको नाम विपक्षीबाट हटाउन भनेपछि निवेदकले सोमबार दोस्रो निवेदन सर्वोच्चमा पेस गरेका थिए। प्रधानमन्त्री ओलीको नाम काटेर स्वास्थ्यमन्त्री ढकाल र मन्त्रालयलाई मात्र विपक्षी बनाएर अवहेलना मुद्दा दर्ता भएको छ। त्यस्तै सरकारी पक्षले पनि उक्त फैसला पुनरावलोकन हुनुपर्ने माग गर्दै दिएको निवेदन दर्ता भएको छ। अब फैसला कार्यान्वयन नगर्नेलाई कारबाही हुनुपर्ने र फैसला नै खारेज हुनुपर्ने जिकीर गरिएका दुई निवेदन सर्वोच्चमा एकै पटक सुनुवाई हुने भएका छन्। 

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०७७  १९:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाले काठमाडौँ १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाउने
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह
सम्बन्धित सामग्री
रास्वपाले काठमाडौँ १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाउने यसअघि समानुपातिकको बन्द सूचीबाट नाम फिर्ता लिएकी रञ्जु विवेकशील साझा पार्टीबाट रास्वपामा भित्रिएकी हुन् । सोमबार, माघ ५, २०८२
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने लामिछानेले भने–  ‘कुनै दिन अपदस्थ भएर हेलिकप्टर चढेर भागेको सरकारले, बच्चालाई टाउको र छातीमा ताकेर गोली हानेको सरकारले ममाथि लगाएको... सोमबार, माघ ५, २०८२
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह उनले आफूलाई काठमाडौंका जनताले काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित गरेपछि काम गरेर देखाएको चर्चा गर्दै उनले भने, ‘काठमाडौंबासी... सोमबार, माघ ५, २०८२
ताजा समाचारसबै
रास्वपाले काठमाडौँ १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाउने सोमबार, माघ ५, २०८२
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने सोमबार, माघ ५, २०८२
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह सोमबार, माघ ५, २०८२
दुर्गा प्रसाईं पोखराबाट पक्राउ सोमबार, माघ ५, २०८२
कांग्रेसबाट मोरङ- ३ मा सुनिल शर्माले पाए टिकट सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्