काठमाडौं- वाणिज्य बैंकको सूचकमा सुधार हुन नसक्दा समग्र सेयर बजार ३.३३ अंकले घटेको छ। दोस्रो बजारमा सबैभन्दा धेरै हिस्सा भएको वाणिज्य बैंकको सूचक ११.६२ अंकले घटेको छ। वाणिज्य बैंकसहित विकास बैंक अन्य र जीवन बीमाको सूचकमा सामान्य गिरावट भएको छ।
सबैभन्दा धेरै व्यापारको सूचक ३.०६ प्रतिशत बढेको छ। त्यस्तै निर्जीवन बीमा कम्पनी र होटलको सूचकमा पनि राम्रो सुधार देखिएको छ। सोमबार नेप्से सूचक ३.३३ अंकले घटेर १६३७.६३ अंकमा झरेको छ। १९७ वटा कम्पनीको कारोबार हुँदा ७६ वटा कम्पनीको मूल्यमा सुधार आएको छ भने ७९ वटा कम्पनीको मूल्य घटेको छ। सबैभन्दा धेरै विशाल वजारको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै ९ प्रतिशत भन्दा धेरै बढ्नेमा सारथी नेपाल लघुवित्त, गुराँस लघुवित्त, शिवश्री हाइड्रोपावर छन्।
बिहीबार एकै दिन ४१ अंकले सुधार भए यता दोस्रो बजारमा करेक्सन देखिएको छ। केही सुधार हुनेबित्तिकै नाफा बुक गर्न हतारिँदा दोस्रो बजारमा केही समय अझै करेक्सन हुन सक्ने लगानीकर्ताहरु बताउछन्। नाफा हुने बित्तिकै नाफा बुक गर्न खोज्दा सेलिङ प्रेसर बढ्ने र बजार घट्ने हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।