काठमाडौं–नेपाल एसबिआई बैंकको प्रमुख कार्यकारी अधिकृतमा यादभेन्द्र कान्त नियुक्त भएका छन्। भारतीय स्टेट बैंकले कात्तिक १५ गतेदेखि लागू हुने गरि प्रमुख कार्यकारी अधिकृतमा कान्तलाई पठाएको हो।
भारतीय स्टेट बैंकसँगको सेवा सम्झौताबमोजिम भारतीय स्टेट बैंकले प्रमुख कार्यकारी अधिकृत र नायब प्रमुख कार्यकारी अधिकृतमा आफ्ना प्रतिनिधि पठाउने व्यवस्था छ।
प्रमुख कार्यकारी अधिकृतसँगै नायब प्रमुख कार्यकारी अधिकृतमा मोहम्मद रिजवान आलमलाई तोकिएको छ। कार्यकाल पूरा भएपछि भारतीय स्टेट बैंकले प्रमुख संचालन अधिकृत तथा नायब प्रमुख कार्यकारी अधिकृत शुभकान्त कानुनगो फिर्ता गएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।