काठमाडौं–सोमबार सुनको मूल्य स्थिर छ। आइतबार नेपाली बजारमा ९५ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन सोमबारका लागि पनि सोही मूल्य कायम भएको छ।
तर चाँदीको मूल्य भने बढेको छ। आइतबार ११ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबारका लागि १२ सय ५ रुपैयाँ तोकिएको छ।
आइतबारको तुलनामा चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।