काठमाडौं- इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको मूल्य हेरफेर भएर आएपनि हाललाई सबै पेट्रोलियम पदार्थको बिक्री मूल्य यथावत् राखिएको नेपाल आयल निगमले जनाएको छ।
आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै इन्डियन आयल कर्पोरेशनबाट नोभेम्बर १ मा प्राप्त भएको खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्यमा केही हेरफेर भएर आएकोमा हाललाई यसको बिक्री मूल्य यथावत् राखिएको निगमले जनाएको हो।
‘पछिल्लो पटक इन्डियन आयल कर्पोरेशनबाट १ नोभेम्बर २०२० मा प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य केही हेरफेर भएर आएको भएता पनि हाललाई सबै पेट्रोलियम पदार्थको बिक्री मूल्य यथावत् नै राखिएको व्यहोरा सम्बन्धित सबैमा यसै प्रेस विज्ञप्तिमार्फत् जानकारी गराइन्छ’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।