• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओली 'स्टन्ट' हो कि फुटकै संघारमा पुग्यो नेकपा?

64x64
डिबी खड्का आइतबार, कात्तिक १६, २०७७  १९:१३
1140x725

काठमाडौं- नेकपा महासचिव विष्णु पौडेल पार्टीभित्रको अन्तर्संघर्षलाई स्वभाविक रूपमा लिने नेतामा पर्छन्। केही महिनाअघि नेकपाको विवाद उत्कर्षमा थियो। त्यो समयमा उनले नेपाल लाइभसँग भनेका थिए, ‘फरक पृष्ठभूमिबाट एकठाउँ आइपुगेका हामीसँग आ–आफ्नौ अनुभव छन्। आ–आफ्नै यात्राका शृंखला छन्। एकताबद्ध भएर अघि बढ्दा कठिनाइ र जटिला देखिनु स्वभाविक हो।’

आम कार्यकर्तामाझ पार्टी फुटको संघारमा पुगेको सन्देश प्रवाह भइसकेको समयलाई स्वभाविक रुपमा लिएका महासचिव पौडेलले नेकपाको वर्तमान अवस्थालाई चाहिँ संकटका रुपमा अर्थ्याए। उनले आइतबार दिउसो फेसबुकमा लेखे, ‘आजसम्म आइपुग्दा पनि पार्टी एकताको बाँकी काम पूरा हुन नसकेको मात्र होइन, पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत बारम्बार प्रश्न उठेको छ। यतिबेला पार्टी एकता गंभीर संकटको मोडमा आईपुगेको छ।’ 

पार्टीभित्र र बाहिर उनको यो भाष्यलाई अर्थपूर्ण रुपमा हेरिएको छ। यही बीच प्रचण्डले आफूनिकटको भेला बोलाएर प्रधानमन्त्री ओलीले 'अलग–अलग पार्टी चलाउन प्रस्ताव गरेको' ब्रिफिङ गरेका छन्। ओलीपक्षीय नेता पौडेलको स्टाटस र प्रचण्डको ब्रिफिङले नेकपा कार्यकर्तामा पार्टी फुटकै संघारमा पुगेको त होइन? भन्ने सन्देह पैदा भएको छ।

फुटकै संघारमा पुगेको हो नेकपा?
नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच रहेको अन्तर्संघर्षको आगो लामो समयदेखि बल्दै र निभ्दै गरिरहेको छ। कहिले दन्केर पार्टी एकतामै आगलागी होला जस्तो हुन्छ त कहिले खरानीसमेत नदेखिने गरी चिसो। यतिबेला फेरि असमझदारी बढेको देखिन्छ। कारण अनेक छन्। केही पुरानै तुष बाँकी छन्। केही विषय नयाँ छन्। यसले केही दिन संवादहीनताको अवस्थामा समेत आयो। 

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आफू निकटस्थ चारजना नेताहरुलाई लगालग दूत बनाएर पठाए। यसले अध्यक्षद्वयको संवादहीनताको अन्त्य भयो। शनिबार दुई नेताबीच बालुवाटारमा भेटवार्ता भयो। 

नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओली पार्टी फुटाउन तयार रहेको बताएका छन्। भेटका विषयमा आफू निकट नेताहरुसँग गरेको छलफलमा प्रधानमन्त्री ओलीले पार्टी फुटाउने संकेत गरेको प्रचण्डले बताएका छन्। यसको पुष्टि नेकपा प्रवक्ता नारायणकाजी गरेका छन्। 

भेटका क्रममा भएको कुरालाई लिएर प्रचण्डले खुमलटारमा आइतबार बिहान आफूनिकट नेताहरुलाई भेला गरेका थिए। प्रचण्डको भनाइ उद्धृत गर्दै प्रवक्ता श्रेष्ठले भने, ‘तपाईं बहुमतको निर्णय भन्नुहुन्छ। के भन्नुहुन्छ। त्यो गर्न सकिएन। अब अलग-अलग पार्टी चलाऔं। सँगै बसेर काम गर्न सकिएन।’

खुमलटारको छलफलमा ९ जना सचिवालय सदस्यमध्ये ६ जना बिहान ११ बजे नै खुमलटार पुगेका थिए। छलफलमा वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापासमेत सहभागी थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

दुई नेताको भेटवार्ताको पृष्ठभूमि निर्माणमा सक्रिय भएर लागेका नेतामध्य एक नेकपा महासचिव समेत रहेका अर्थमन्त्री पौडेल हुन्। उनले एकदिन प्रचण्डनिवास खुमलटार पुगेरै भेटे भने अन्य दिनमा पनि निरन्तर सम्पर्क गरिरहेको उनी निकट नेकपाका एक नेता बताउँछन्। ती नेताको भनाई छ, ‘उहाँले अध्यक्षद्वयको बुझाइ, विमति र वर्तमान अवस्थालाई राम्ररी केलाउनुभएको छ। त्यही अनुसारको निष्कर्ष सार्वजनिक गर्नुभएको हो।’ त्यसैले महासचिव पौडेलको उक्त विषयलाई एउटा सामान्य अभिव्यक्तिका रुपमा नलिएर नेकपा कता जाँदैछ भन्ने कुराको संकेतका रुपमा बुझ्नुपर्ने उनी बताउँछन्। 

आफूहरु सक्रिय हुँदा मात्रै संकट टार्न सकिने अवस्था कमजोर भएपछि पौडेलले कार्यकर्तालाई सम्भावित संकटको संकेत दिएको र खबरदारीका लागि जुट्न आह्वान गरेको उनी बताउँछन्। पौडेलले भनेका छन्, ‘नेतृत्व तहमा उत्पन्न अन्तर्विरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्तैन। तसर्थ आपसी अन्तरविरोधलाई संवादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवम् विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरुलाई अनुरोध गर्दछु।’

नेकपा वरिष्ठ नेता माधव नेपाल निकट नेता विष्णु रिजाल पनि महासचिवको अभिव्यक्तिले आफूहरुलाई झस्काएको बताउँछन्। उनले भने,  ‘उहाँ सामान्य अवस्थामा यस्तो अभिव्यक्ति दिन रुचाउने व्यक्ति होइन। त्यसैले उहाँले दिएको यो संकेतलाई सहज रुपमा लिन सकिँदैन।’

दिउँसो यस्तो अभिव्यक्ति दिएका नेता पौडेल बेलुकी अर्का नेता वर्षमान पुनसहित प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए। त्यहाँ पुगेर आफूहरूले प्रचण्डलाई पार्टी एकता जोगाउन आग्रह गरेको नेता पुनले बताएका छन्। 

कि ओलीको स्टन्ट मात्र हो? 
नेकपाभित्र अर्को एउटा समूह छ, जसले यसलाई प्रधानमन्त्री ओलीको ‘स्टन्ट’का रुपमा बुझेको छ। आफूलाई अप्ठ्यारो परेका बेला गम्भीर अवस्था आएको सन्देश प्रवाह गरेर विषयान्तर गर्ने ओलीको पुरानै स्वभाव रहेको उनीहरुको ठम्याइ छ। केही समयअघि पनि हस्ताक्षर संकलन गर्ने तथा फुटको हल्ला चलाउने काम उक्त समूहले गरेको दृष्टान्त अघि सार्छन् ती नेताहरू। 

नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डनिकट नेता मातृका यादव पनि यसलाई 'स्टन्ट' मात्र ठान्छन्। उनी भन्छन्, ‘पार्टीमा समस्या छन्। सबैलाई थाहा छ। तर, यो स्तरको संकट आइसकेको जस्तो लाग्दैन। उहाँहरु एउटा स्टन्ट निकाल्नुहुन्छ। त्यसैको प्रचारबाजी गर्नुहुन्छ।’

केन्द्रमा नेकपाका अध्यक्ष ओलीले कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालको गठजोडलाई निरन्तर पेलिरहेका छन्। पेलाईविरुद्ध केन्द्रमा भए/गरेका सबै प्रयास प्रधानमन्त्री ओलीले निस्तेज पारिरहेका छन्। 

केन्द्रमा निरन्तर संकटमा परेर चिप्लिरहेको प्रचण्ड–माधव गठजोडले यतिबेला खुट्टा टेक्ने ठाउँ पाएको छ। त्यो हो कर्णाली प्रदेश। केन्द्रका शीर्ष नेताहरुमा कलह रहेकै बेला कर्णालीमा प्रधानमन्त्री केपी ओली पक्षले गरेको विद्रोह आत्मघाती हुने संकेत देखिएको छ। 

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई अविश्वास प्रस्तावबाट हटाउने कदमले यतिबेला कर्णालीमा ओलीगुट आफैं अप्ठ्यारोमा छ। पूर्व माओवादी केन्द्र निकट मुख्यमन्त्री शाहीलाई पूर्व एमालेकै वरिष्ठ नेता माधव नेपाल समूहले साथ दिएको छ। त्यही बलमा ओलीनिकट मन्त्रीहरु बर्खास्त गर्ने तयारीमा मुख्यमन्त्री शाही लागेका छन्। जुन ओलीगुटका लागि सह्य विषय हुन सक्दैन। त्यसैले उनले प्रचण्डसँगको भेटमा 'तपाईंहरु बहुमतको निर्णय भन्नुहुन्छ। जुन मान्न जरुरी ठान्दिनँ' भनेका हुन्। 

अध्यक्ष ओली आफू निकटस्थ र आफ्नो गुटका नेता कार्यकर्ताविरुद्ध चालिने कुनै पनि कदमलाई सामान्य रुपमा लिँदैनन्। त्यसैले कर्णालीमा हुन लागेको यो राजनीतिक जोडघटाउलाई केन्द्रमा ल्याएर हिसाब मिलान गर्न खोजेको हुन सक्ने बुझाइ केही नेताको छ। महासचिव पौडेलले पनि त्यतातिर संकेत गरेको हुनसक्ने ओलीगुटकै एक नेता बताउँछन्। 

प्रचण्डनिकट नेता यादवले बुझे जस्तै यो स्टन्ट थियो भने ओली गुटलाई त्यसले केही दिनका लागि काम पनि गरेको छ। कर्णाली प्रदेशका ओली निकट दुई मन्त्री आइतबार नै हुने बर्खास्तीबाट जोगिएका छन्। पार्टीभित्र जटिलता उत्पन्न भएकाले उक्त कदम चाल्न कार्यकारी अध्यक्ष प्रचण्डले मुख्यमन्त्री शाहीलाई रोकेको प्रवक्ता श्रेष्ठ बताउँछन्। 

अविश्वास प्रस्तावको हल्ला र सक्रिय ओली समूह

नेकपा सहज अवस्थामा छैन भन्ने बुझाउने अन्य केही विषयहरु छन्। यतिबेला ओली समूहका प्रभावशाली नेताहरु काठमाडौं केन्द्रीत छन्। निरन्तर छलफलमा सहभागी भइरहेका छन्। ओली गुटका प्रभावशाली नेताहरुमा पर्ने तर काठमाडौं बाहिर कार्यस्थल भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र गण्डकीका पृथ्वीसुब्बा गुरुङ काठमाडौंमै छन्। निरन्तर बालुवाटार ओहोरदोहोर गरिरहेका छन्। उनीहरुको सक्रियताले पनि नेकपामा समस्या उत्पन्न भएको छ। त्यसको समाधानको खोजी प्रधानमन्त्री ओलीले गरिरहेको बुझिएको छ।

यसैगरी नेकपा नेता कार्यकर्तामाझ भित्रभित्रै अर्को विषय भुसको आगो जस्तै फैलिरहेको छ। त्यो हो, प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी प्रचण्ड–माधव समूहले गरिरहेको छ। शनिबारदेखि त्यही हल्ला एक कदम अघि बढेको छ। ओली पक्षका नेताकार्यकर्तामा उक्त समूहले हस्ताक्षर संकलन नै थालिसकेको सन्देश प्रवाह हुन थालेको छ। ओली समूहका एक नेता भन्छन्, ‘बहुमत सांसदहरुको हस्ताक्षर संकलन गरेर राख्ने तयारी उहाँहरुले गर्नुभएको छ। त्यही देखाएर प्रधानमन्त्रीलाई तर्साइरहने उक्त गुटको योजना छ।’ 

यो विषयको आधिकारिता भने पुष्टि भइसकेको छैन। प्रधानमन्त्री ओलीले सहमति गर्ने तर कार्यान्वयन नगर्ने गरेका कारण कार्यकारी अध्यक्ष प्रचण्ड आजित छन्। त्यसैले प्रधानमन्त्री ओलीलाई आफूसँग भएका सहमति कार्यान्वयन गराइछाड्ने विभिन्न उपायका विषयमा उनले छलफल पनि गरिरहेकै छन्। त्योमध्ये एउटा बहुमत सांसद आफ्नो पक्षमा पार्नु पनि हुन सक्ने प्रचण्डनिकट एक नेता बताउँछन्। उनको भनाइ छ, ‘उक्त विषय कार्यान्वयनकै तहमा अघि बढिसकेको चाहिँ नहुन पनि सक्छ तर छलफलका क्रममा खोजिएका अनेक उपायमध्य कसैले यो पनि सुझायो होला।’

शनिबारको भेटमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीसँग प्रधानमन्त्री पद मागेको पनि चर्चा चलेको छ। प्रचण्डलाई प्रधानमन्त्री सुम्पिन नसकिने भएकाले सम्भावित नतिजाका लागि तयारी गर्न आफूनिकट नेताहरुलाई प्रधानमन्त्री ओलीले निर्देशन दिएको ओली पक्षका नेताहरु बताउँछन्। ओली पक्षका ती नेताका दाबी छ,  'भेटमा प्रचण्डले सहजै प्रधानमन्त्री नछाडे बहुमतबाट हटाउन सकिने संकेत गर्नुभएको छ। जुन सह्य हुन सक्दैन।'

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०७७  १९:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र रहेका व्यक्तिको उद्... शुक्रबार, भदौ १९, २०८३
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
ताजा समाचारसबै
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट अर्का व्यक्तिको पनि जीवित उद्धार शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्