काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहित नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू:
१) नेपालमा थप २३ कोरोना संक्रमितको मृत्यु, ९६० पुगे मृतक, काठमाडौं उपत्यकामा १ हजार ६२२ सहित २ हजार ८२४ जनामा संक्रमण, १ लाख ७३ हजार ५६७ पुगे संक्रमित । ( एकै दिन २३ कोरोना संक्रमितको मृत्यु )
२) मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री शाही, प्रधानमन्त्री ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, मन्त्री नन्दसिंह बुढालाई हटाउने तयारी । ( मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल सुरु )
३) तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा मुछिएको ७० करोड काण्डका सबै प्रमाण जुटिसकेको विजयप्रकाश मिश्रको दाबी, अब अदालतमा बुझाउँने जानकारी । ( ७० करोड काण्डका प्रमाण जुटेको दाबी )
४) अमेरिकामा चुनावी धाँधलीको आशंका, केही राज्यमा आपतकालीन अवस्थाको तयारी, २५ वर्षको इतिहासमा इन्टरनेशनल क्राइसिस ग्रुपले जारी ग¥यो पहिलोपल्ट चुनावमाथिको रिपोर्ट । ( अमेरिकामा चुनावी धाँधलीको आशंका )
५) र, इन्डियन प्रिमियर लिगमा समूह चरणका अन्तिम खेलहरु रोमाञ्चक अवस्थामा, सबै टिमले समूह चरणमा अन्तिम खेल खेल्न बाँकी, अब ६ टिमको प्रतिस्पर्धा । ( अब ६ टिमको प्रतिस्पर्धा )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।