• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

गल्छी–केरुङ प्रशारणलाइनबारे अन्तर्राष्ट्रिय ऊर्जा सम्मेलनमा छलफल हुने

64x64
नेपाल लाइभ आइतबार, कात्तिक १६, २०७७  १४:३२
1140x725

काठमाडौं- नोभेम्बर १० तारिखमा चीनको राजधानी बेइजिङमा आयोजना हुने ‘इन्टरनेशनल फोरम फर इनर्जी ट्रान्जिसन २०२० : सस्टनेबल डेभलपमेन्ट इन द पोस्ट कोभिड–१९ इरा’ विश्व सम्मेलनमा गल्छी–रसुवागडी–केरुङ अन्तरदेशीय प्रशारण लाइनबारे छलफल हुने भएको छ। 

स्टेट ग्रुप कर्पोरेसन अफ चाइना (एसजिसिसी) र वल्र्ड इकोनोमिक फोरमले आयोजना गरेको उक्त विश्व सम्मेलनमा चीनका लागि नेपाली राजदूत महेन्द्र बहादुर पाण्डेले बेइजिङमा भौतिक सहभागिता जनाउने छन भने भिडियो कन्फ्रेन्समार्फत् ऊर्जा जलश्रोत तथा सिंचाई मन्त्रालय र नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिहरु जोडिनेछन्।

यो पनि पढ्नुहोस्

सुस्त गतिमा नेपाल-चीन प्रसारणलाइन, रुटसमेत तय हुन सकेनसोमबार, फागुन २०, २०७५

गल्छी–रसुवागडी–केरुङ अन्तरदेशीय प्रशारणलाइन आयोजना प्रमुख कोमलनाथ आत्रेयका अनुसार नेपालका तर्फबाट यही आयोजनाका बारेमा छलफल हुनेछ भन्ने सम्भवतः कार्यपत्र पनि प्रस्तुत हुनेछ। कोभिड- १९ महामारीपछिको अवस्थामा दिगो विकास लक्ष्य हासिल गर्नका लागि ऊर्जा क्षेत्रको विश्वव्यापी पहुँचबारे छलफल गर्न लागिएको उक्त सम्मेलनमा नेपालको तर्फबाट यो आयोजनामाथि बृहत छलफल हुनेछ। ‘त्यो कन्फ्रेन्समा हामीले गल्छी–रसुवागडी–केरुङ प्रशारणलाइनको कुरा उठाउन भनेर राजदूतसँग भनिसकेका छौं‚’ आत्रेयले भने‚ ‘अन्तरदेशीय प्रशारणलाइन आयोजना बनाउने जिम्मा पाएको चिनियाँ कम्पनी स्टेट ग्रिड कर्पोरेसन अफ चाईनाले आयोजना गरेको सम्मेलन भएका कारण पनि यसमा महत्वपूर्ण छलफल हुने र केहि नयाँ उपलब्धी हुनसक्नेमा आशावादी छौं।’

Ncell 2
Ncell 2
nimb
nimb

डिपिआर टुंगिएन, इआएको जिम्मा एनइए इन्जिनियरिङलाई 
नेपाल र चीन जोड्ने पहिलो अन्तरदेशीय प्रसारणलाइनका रुपमा रहेको यो आयोजना प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालका क्रममा भएको चीन भ्रमणका बेला चीनको स्टेट ग्रीड कर्पोरेसन र नेपाल विद्युत प्राधिककरणबीच उक्त आयोजनाको ‘आयोजना विकास साझेदारी’ –पिडिए) सम्झौता भएको थियो।

यो पनि पढ्नुहोस्

चीन जोड्ने पहिलो प्रसारणलाइन 'जी टु जी' मोडलमा बनाउन नेपालको प्रस्तावबिहीबार, असोज ९, २०७६

चीनको महत्वाकांक्षी परियोजना बेल्ट एण्ड रोज इनिसियटिभ (बिआरआई) मा नेपालले सहकार्य गर्ने भन्दै सन् २०१७ मे १२ मा नेपाल र चीनबीच सम्झौतापत्रमा हस्ताक्षर ९एमओयू० भएको थियो। उक्त एमओयूअनुसार गल्छी–रसुवागडी–केरुङ अन्तर्देशीय प्रशारणलाईन पनि सोही परियोजनाअन्तर्गत रहेर निर्माण गर्ने भनिएको छ। तर बिआरआई अन्तर्गतका आयोजनाको मोडालिटी टुंगो लाग्न नसकेपछि यो आयोजनामा पनि अलमल देखिँदै आएको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) टुंगाउने जिम्मा पाएको एसजिसिसी र प्राधिकरणका प्रतिनिधि सम्मिलित संयुक्त प्राविधिक समूह (जेटिजी) को बैठक लामो समयदेखि बस्न सकेको छैन। जेटिजीको पहिलो बैठक तीनवर्षअघि बेइजिङमा र दोस्रो बैठक अघिल्लो वर्ष काठमाडौंमा बसेको थियो। हरेक वर्ष बस्नुपर्ने यो बैठक यसवर्ष चीनमा गर्नुपर्ने भएपनि कोरोना भाइरस महामारीका कारण बस्न सकेको छैन। यो सम्मेलनमार्फत् एसजिसिसीले जेटिजीको बैंठक सम्बन्धी नयाँ मिति पनि तोक्नसक्ने आयोजना प्रमुख आत्रेयले बताए। 

यो पनि पढ्नुहोस्

बिआरआई र एमसीसी अन्तर्गतका छुट्टाछुट्टै प्रशारणलाइनको मिलनबिन्दु नुवाकोटको रातामाटेआइतबार, असोज २६, २०७६

त्यसैगरी यो आयोजनाको अरु प्राविधिक कामहरु भने भइरहेका छन। यो आयोजनाको नेपालतर्फको ‘लोड फ्लो’ अध्ययनको काम सकिएको छ भने जोइन्ट लोड फ्लो विश्लेषणको काम कोभिड- १९ महामारीका कारण रोकिएको छ। त्यस्तै वातावरणीय प्रभाव मुल्यांकन (इआए) को जिम्मा एनइए इन्जिनियरिङ कम्पनीले पाएको छ। एनइए इन्जिनियरिङले गत असारमा ठेक्का पाएकोमा १४ महिनाभित्र इआइए प्रतिवेदन बुझाइसक्नेछ।

यो पनि पढ्नुहोस्

कोरोनाका कारण चीन जोड्ने प्रशारणलाइनको ‘जोइन्ट लोड फ्लो स्टडी’ रोकियोआइतबार, फागुन १८, २०७६

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०७७  १४:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनपीएल ३ : विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने
भोलिबाट एनपिएल–३ः चम्कदै विदेशी ‘स्टार', कता जाँदैछ नेपालका उदीयमान युवाहरूको भविष्य ?
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु
सम्बन्धित सामग्री
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल प्रदेश सरकारका दुई कार्यकाल पूरा हुन लाग्दासमेत आठ स्थानीय तहका केन्द्र सडक पहुँचबाहिर रहनुले दुर्गम क्षेत्रको पूर्वाधार विकासमा राज... शनिबार, कात्तिक ७, २०८३
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै आयोजनाअन्तर्गत अहिले साँगादेखि महादेवखोलासम्मको सडकमा कालोपत्रे गर्ने काम भइरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएक... बिहीबार, असोज ८, २०८३
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा भारी वर्षाको सम्भावित अवस्था, जोखिममा रहेका जिल्लामा अपनाउनुपर्ने सतर्कता तथा विपद्... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
एनपीएल ३ : विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने आइतबार, कात्तिक ८, २०८३
भोलिबाट एनपिएल–३ः चम्कदै विदेशी ‘स्टार', कता जाँदैछ नेपालका उदीयमान युवाहरूको भविष्य ? आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
दशैंको अन्तिम दिन राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना आइतबार, कात्तिक ८, २०८३
हुथी आक्रमणपछि दुई सातादेखि बन्द रियाद विमानस्थलमा उडान फेरि सञ्चालनमा, तर अझै आक्रमणको चेतावनी आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्