काठमाडौं- ललितपुरबाट साढे ११ लाख रुपैयाँसहित १७ जना जुवाडे पक्राउ परेका छन्। ललितपुरको महालक्ष्मी नगरपालिका–७ चागाथलीबाट १७ जुवाडे पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले नेपाल लाइभलाई जानकारी दिए।
पक्राउ पर्नेहरुमा भक्तपुरको सूर्यविनायक नगरपालिका–२ का ४९ वर्षीय सुरेश पौडेल, ३६ वर्षीय विकास श्रेष्ठ, ४३ वर्षीय पूर्णकृष्ण श्रेष्ठ, ४३ वर्षीय केशव बस्नेत, ४३ वर्षीय पवन खत्री, ५४ वषीय श्याम कायस्थ, ५७ वर्षीय मधुसुदन महत छन्।
यस्तै ललितपुरको महालक्ष्मी नगरपालिका–५ का ५४ वर्षीय भुवन राना, बेलबहादुर बुढाथोकी, ४६ वर्षीय शिबबहादुर बुढाथोकी, ४३ वर्षीय सन्तोष रानामगर, ४३ वर्षीय दीप श्रेष्ठ, ५४ वर्षीय शंकर बस्नेत, ४५ वर्षीय भरत थापा, ४० वर्षीय राजाराम बस्नेत, ५० वर्षीय राजन महर्जन र काठमाडौं–३२ का ४९ वर्षीय गोकुल खड्का पनि पक्राउ परेका छन्।
चागाथलीमा रहेको शंखर बस्नेतको घरमा उनीहरु जुवातास खेलिरहेका थिए।
महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी निरीक्षक श्याम कटुवाल नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट ११ लाख ५४ हजार ५ सय ७५ रुपैयाँ नगद बरामद गरिएको एसएस्पी राईले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।