काठमाडौं- नेपाल फाइनान्सले चुक्ता पुँजीको १२५ प्रतिशत हकप्रद सेयर मंसिर ४ गतेदेखि निष्काशन गर्ने भएको छ। कम्पनीले चुक्ता पुँजी १३ करोड ५८ लाख रुपैयाँको १२५ प्रतिशत अर्थात् १६ करोड ९७ लाख रुपैयाँ हकप्रद सेयर निष्काशन गर्नेछ।
कात्तिक ६ गतेसम्म कायम सेयरधनीले प्रस्तावित हकप्रद सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। संस्थाले मंसिर २४ गतेसम्म हकप्रद सेयर निष्काशन गर्नेछ। हकप्रद सेयर निष्काशन पछि संस्थाको पुँजी ३० करोड ५५ लाख रुपैयाँ पुग्नेछ।
नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थाले आगामी आर्थिक वर्ष भित्रमा ८४ करोड रुपैयाँ पुँजी पुर्याउने लक्ष्य लिएको छ। आस्वा प्रणालीबाट सेयरधनीले हकप्रदका लागि आवेदन दिन सक्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।