काठमाडौं- अपि पावर कम्पनीले एकैपटक दुई आर्थिक वर्षको साधारणसभा डाकेको छ। कम्पनीले मंसिर ८ गते अनलाइनबाटै साधारणसभा सम्पन्न गर्ने भएको छ। कम्पनीले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को नाफाबाट क्रमशः ५ प्रतिशत र ९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव साधारणसभामा लैजान लागेको हो।
कम्पनीले प्रस्ताव गरेको बोनस सेयर हाल निष्काशन भइरहेको हकप्रद सेयरधनीले भने प्राप्त गर्न सक्ने छैनन्। यो बोनस सेयर हाल कायम चुक्ता पुँजी १ अर्ब १९ करोड रुपैयाँको लागि मात्र हो।
हाल कम्पनीले एक सय सेयर बराबर ४६.६१ प्रतिशतका दरले बोनस सेयर जारी गरिरहेको छ।
दुई आर्थिक वर्षको बोनस सेयर र हकप्रद सेयरपछि कायम हुने चुक्ता पुँजी १ अर्ब ९२ करोड रुपैयाँको ८५.६५ प्रतिशत हपक्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पनि साधारणसभामा लैजान लागिएको छ।
कम्पनीले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माण गर्नका लागि पुँजीवृद्धि गर्न लागिएको जानकारी दिएको छ। उक्त आयोजना निर्माणका लागि हकप्रद तथा बोनस सेयर मार्फत पुँजी संकलन गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।