काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहित नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू:
१) कोभिडपछिको अवस्थामा संसदीय समितिका निर्देशनहरुप्रति सरकारको वेवास्ता, संसदीय समितिलाई हेपेको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीको टिप्पणी । ( सरकारले संसदीय समितिलाई हेपेको टिप्पणी )
२) नेपालमा थप १७ कोरोना संक्रमितको मृत्यु, ९३७ पुगे मृतक, काठमाडौं उपत्यकामा १ हजार ३५७ सहित २ हजार ५०८ जनामा संक्रमण, १ लाख ७० हजार ७४३ पुगे संक्रमित । ( नेपालमा ९३७ पुगे मृतक )
३) क्लिन फिड पूर्णरुपमा कार्यान्वयन भएपछि शुल्क बढ्ने टेलिभिजन वितरकहरुको दाबी, विज्ञापन नीति लागू भएपछि विज्ञापन बजारको व्यवस्थापन तथा नियमनको लागि चुनौति बढेको विज्ञहरुको भनाइ । ( क्लिन फिड लागू भए शुल्क बढ्ने )
४) फ्रान्समा भएको आतंककारी हमलाको राष्ट्रसंघद्वारा निन्दा, आतंककारीविरुद्धको संघर्षमा राष्ट्रसंघ सधैं फ्रान्सेली सरकारको साथमा रहेको प्रतिक्रिया, आक्रमणकारी यही महिनामात्र टियूनिसियाबाट फ्रान्स आइपुगेको खुलासा । ( फ्रान्सको आतंककारी हमलामा राष्ट्रसंघद्वारा निन्दा )
५) र, इन्डियन प्रिमियर लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा राजस्थान रोयल्सको जित, किंग्स इलाभेन पञ्जाबलाई सात विकेटले पराजित, क्रिस गेलको ९९ रनले पनि जिताएन पञ्जाबलाई । ( राजस्थानसँग पञ्जाव पराजित )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।