• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

नेपाल एयरलाइन्सको हङकङ व्यापार खोसेर 'सेटिङ'मा गेटजेटलाई अनुमति

64x64
उत्तम काप्री शुक्रबार, कात्तिक १४, २०७७  १८:००
1140x725

काठमाडौं- अक्टोबर ४ (असोज १९ गते) हङकङले नेपाल एयरलाइन्सलाई उडान गर्न प्रतिबन्ध लगायो। उक्त प्रतिबन्ध १७ अक्टोबरसम्म जारी रह्यो। १७ अक्टोबरमा प्रतिबन्ध फुकुवा भएसँगै पुनः नेपाल एयरलाइन्सले २ वटा काठमाडौं-हङकङ उडान गर्‍यो। तर, फेरि हङकङले नेपाल एयरलाइन्समा आएका यात्रुमा कोरोना देखिएको भन्दै २० अक्टोबरबाट उडानमा प्रतिबिन्ध लगाएको छ। यो प्रतिबन्ध नोभेम्बर ३ सम्मका लागि जारी रहनेछ। 

अक्टोबर ४ मा नेपाल एयरलाइन्सलाई उडानमा प्रतिबन्ध लगाउँदा पनि नेपाल एयरलाइन्सबाट हङकङ पुगेका यात्रुमा कोरोना देखिएको भनिएको थियो। यात्रुमा कोरोना संक्रमणको कारण देखाएर नेपाल एयरलाइन्सको हङकङ उडान नखुलेका अवस्थामा विदेशी एयरलाइन्सलाई फाइदा पुग्ने गरी सेटिङ भएको पाइएको छ। 

संकटको मौकामा कोरोना संक्रमित यात्रु ल्याएको बहाना पारेर नेपाल एयरालाइन्सको व्यापारमा असर पर्ने गरी गेटजेट एयरलाइन्सलाई हङकङ–काठमाडौं–हङकङ, सारजा–काठमाडौं–हङकङ र हङकङ–काठमाडौं–सारजाका लागि चार्टर उडान गर्न दिइएको अनुमतिपत्र नेपाल लाइभले प्राप्त गरेका छ। नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल कार्यालयले २७ अक्टोबरमा दिएको कार्गो उडानको अनुमतिपत्र नेपाललाइभले प्राप्त गरेका हो।

विमानस्थल स्रोतका अनुसार यसअघि पनि गेटजेट एयरलाइन्स १७, १८ र २१ अक्टोबरमा काठमाडौं आएको थियो। उक्त समयमा गेटजेटले हङकङ–काठमाडौं–हङकङ उडान गरेको विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्रलाल कर्णले बताए। 

गेटजेट एयरलाइन्सले हङकङ–काठमाडौं–सारजा र सारजा–काठमाडौं–हङकङ उडान गरेको विषयमा भने आफूहरूलाई जानकारी नभएको कर्ण बताउँछन्। तर, विमानस्थल कार्यालयले पछिल्लाे पटक दिएको कार्गो उडान अनुमतिपत्रमा सारजा–काठमाडौं–हङकङ, हङकङ–काठमाडौं–हङकङ र हङकङ–काठमाडौं–सारजा उल्लेख गरिएको छ। 

गेटजेट एयरलाइन्सले चार्टर उडानका नाममा नेपाल एयरलाइन्सको हङकङ उडानको व्यापार खोसेको २० दिनभन्दा बढी भइसकेको छ। नेपाल एयरलाइन्सको उडान बन्द हुने र विदेशी एयरलाइन्सले काठमाडौंलाई नै बेस बनाएर चार्टर उडान गरिरहेको विषयमा प्रश्न गर्दा भने सरकारी निकाय भने मौन छन्। नेपाल एयरलाइन्सको व्यापार खोसेर विदेशीलाई दिने काममा सेटिङ भएको प्राधिकरणकै कर्मचारीहरूको भनाइ छ। 

नेपाल एयरलाइन्सले हङकङ उडानमा कार्गोमा समान बोकिरहेका थियो। नेपाल एयरलाइन्सले सातामा ५ वटा उडानमा कार्गो उडान भर्दै आएको थियो। तर, उडान बन्द भएसँगै गेटजेट एयरलाइन्सले अहिले चार्टर उडान गरिरहेको हो।

Ncell 2
Ncell 2
nimb
nimb

यस विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च पदस्थ कर्मचारीलाई सोध्दा यो विमानस्थल कार्यालयको भएको र उताबाटै चार्टर उडान अनुमति दिइएको हुने सक्ने बताए। प्राधिकरणका उच्च पदस्थ कर्मचारीले भनेको जस्तै गेटजेट एयरलाइन्सलाई कार्गो उडान अनुमति विमानस्थल कार्यालयले नै दिएको पनि देखिएको छ।

प्राधिकरण उच्च पदस्थ कर्मचारीको जवाफपछि हामीले विमानस्थल कार्यालयका प्रमुख देवेन्द्र केसीलाई गेटजेटले पाएको चार्टर उडान अनुमतिका विषयमा जिज्ञासा राखेका थियौं। तर उनले सो विषयमा आफूलाई थाहा नभएको जवाफ दिएर पन्छिए।

केसीले चार्टर उडानमा हेडअफिस (नेपाल नागरिक उड्डयन प्राधिकरण)ले क–कसलाई दिएको हुन्छ सबै आफूहरूलाई थाहा नहुने दाबी गरे। साथै उनले विमानस्थल कार्यालयका प्रवक्तासँग सूचना लिन पनि सुझाव दिए।

त्यसपछि हामीले विमानस्थल प्रवक्ता देवचन्द्र लाल कर्णसँग सम्पर्क गर्दा उनले गेटजेट एयरलाइन्सले हङकङ–काठमाडौं–हङकङ उडान गर्दै आएको बताए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर, गेटजेटले भने २० दिनदेखि हङकङ–काठमाडौं र काठमाडौं–सारजा (दबुई) कार्गो उडान गरिरहेको विमानस्थल टावरले जनाएको छ। टावर स्रोतले भन्यो, ‘गेटजेटको उडान अनुमतिमा सेटिङ भएको छ। नेपाल एयरलाइन्सको हङकङ उडान बन्द गराएर केही व्यक्तिले चार्टर उडानको नाममा हङकङ–काठमाडौं र काठमाडौं–सारजा कार्गो उडान गरिरहेका सत्य हो। माथिको निर्देशन बमोजिम हामीले त उडान आनुमति पाएका जहाजहरूका लागि उडान गर्न दिने मात्र हो।’

विमानस्थल कार्यालयका अनुसार अहिले गेटजेटले काठमाडौंलाई ने बेस बनाएर कार्गो उडान गरिरहेको छ। गेटजेटले हङकङ–काठमाडौं, काठमाडौं–सारजा, सारजा– काठमाडौं र काठमाडौं–हङकङ उडान गरिरहेको छ। जसका कारण नेपाल एयरलाइन्सको व्यापारमा सिधै असर परेको छ। गेटजेटको चार्टर पार्टीको विषयमा न त प्राधिरणले सूचना दिएको छ न त विमानस्थल कार्यालयले नै। सबै निकाय अहिले आफूहरूलाई थाहा नभएको भन्दै पन्छिएका छन्।

गेटजेट एयरलाइन्सको चार्टर उडानका लागि नेपाली एजेन्ट भने नेपाल एभिएसन रहेको छ। एभिएसन नेपाल फाउन्डर पर्यटन व्यवसायी विक्रम पाँडेकाजी हुन्। उनको कम्पनीसँग गेटजेटले कसरी अहिले उडान गरिरहेको हो भनेर प्रश्न गर्दा कम्पनीका प्रतिनिधिहरुले आफूहरु बिदामा रहेकाले कुनै जानकारी नभएको जवाफ दिए।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०७७  १८:००
  • #गेटजेट
  • #हङकङ-काठमाडौं

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आरएनपी–एआर (RNP-AR) अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो। प्रारम्भिक... बिहीबार, असोज २९, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला लामो अवधिसम्म बुकिङ खुल्नुले पोखरा–दुबई हवाई सेवाको निरन्तरताप्रति आशा जगाएको छ भने पोखराको पर्यटन क्षेत्रले समेत यसलाई सकारात्मक रू... बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइले पर्यटन... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्