• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन १२, २०८३ Tue, Jul 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

नेपाल एयरलाइन्सको हङकङ व्यापार खोसेर 'सेटिङ'मा गेटजेटलाई अनुमति

64x64
उत्तम काप्री शुक्रबार, कात्तिक १४, २०७७  १८:००
1140x725

काठमाडौं- अक्टोबर ४ (असोज १९ गते) हङकङले नेपाल एयरलाइन्सलाई उडान गर्न प्रतिबन्ध लगायो। उक्त प्रतिबन्ध १७ अक्टोबरसम्म जारी रह्यो। १७ अक्टोबरमा प्रतिबन्ध फुकुवा भएसँगै पुनः नेपाल एयरलाइन्सले २ वटा काठमाडौं-हङकङ उडान गर्‍यो। तर, फेरि हङकङले नेपाल एयरलाइन्समा आएका यात्रुमा कोरोना देखिएको भन्दै २० अक्टोबरबाट उडानमा प्रतिबिन्ध लगाएको छ। यो प्रतिबन्ध नोभेम्बर ३ सम्मका लागि जारी रहनेछ। 

अक्टोबर ४ मा नेपाल एयरलाइन्सलाई उडानमा प्रतिबन्ध लगाउँदा पनि नेपाल एयरलाइन्सबाट हङकङ पुगेका यात्रुमा कोरोना देखिएको भनिएको थियो। यात्रुमा कोरोना संक्रमणको कारण देखाएर नेपाल एयरलाइन्सको हङकङ उडान नखुलेका अवस्थामा विदेशी एयरलाइन्सलाई फाइदा पुग्ने गरी सेटिङ भएको पाइएको छ। 

संकटको मौकामा कोरोना संक्रमित यात्रु ल्याएको बहाना पारेर नेपाल एयरालाइन्सको व्यापारमा असर पर्ने गरी गेटजेट एयरलाइन्सलाई हङकङ–काठमाडौं–हङकङ, सारजा–काठमाडौं–हङकङ र हङकङ–काठमाडौं–सारजाका लागि चार्टर उडान गर्न दिइएको अनुमतिपत्र नेपाल लाइभले प्राप्त गरेका छ। नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल कार्यालयले २७ अक्टोबरमा दिएको कार्गो उडानको अनुमतिपत्र नेपाललाइभले प्राप्त गरेका हो।

विमानस्थल स्रोतका अनुसार यसअघि पनि गेटजेट एयरलाइन्स १७, १८ र २१ अक्टोबरमा काठमाडौं आएको थियो। उक्त समयमा गेटजेटले हङकङ–काठमाडौं–हङकङ उडान गरेको विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्रलाल कर्णले बताए। 

गेटजेट एयरलाइन्सले हङकङ–काठमाडौं–सारजा र सारजा–काठमाडौं–हङकङ उडान गरेको विषयमा भने आफूहरूलाई जानकारी नभएको कर्ण बताउँछन्। तर, विमानस्थल कार्यालयले पछिल्लाे पटक दिएको कार्गो उडान अनुमतिपत्रमा सारजा–काठमाडौं–हङकङ, हङकङ–काठमाडौं–हङकङ र हङकङ–काठमाडौं–सारजा उल्लेख गरिएको छ। 

गेटजेट एयरलाइन्सले चार्टर उडानका नाममा नेपाल एयरलाइन्सको हङकङ उडानको व्यापार खोसेको २० दिनभन्दा बढी भइसकेको छ। नेपाल एयरलाइन्सको उडान बन्द हुने र विदेशी एयरलाइन्सले काठमाडौंलाई नै बेस बनाएर चार्टर उडान गरिरहेको विषयमा प्रश्न गर्दा भने सरकारी निकाय भने मौन छन्। नेपाल एयरलाइन्सको व्यापार खोसेर विदेशीलाई दिने काममा सेटिङ भएको प्राधिकरणकै कर्मचारीहरूको भनाइ छ। 

नेपाल एयरलाइन्सले हङकङ उडानमा कार्गोमा समान बोकिरहेका थियो। नेपाल एयरलाइन्सले सातामा ५ वटा उडानमा कार्गो उडान भर्दै आएको थियो। तर, उडान बन्द भएसँगै गेटजेट एयरलाइन्सले अहिले चार्टर उडान गरिरहेको हो।

nimb
nimb
Ncell 2
Ncell 2

यस विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च पदस्थ कर्मचारीलाई सोध्दा यो विमानस्थल कार्यालयको भएको र उताबाटै चार्टर उडान अनुमति दिइएको हुने सक्ने बताए। प्राधिकरणका उच्च पदस्थ कर्मचारीले भनेको जस्तै गेटजेट एयरलाइन्सलाई कार्गो उडान अनुमति विमानस्थल कार्यालयले नै दिएको पनि देखिएको छ।

प्राधिकरण उच्च पदस्थ कर्मचारीको जवाफपछि हामीले विमानस्थल कार्यालयका प्रमुख देवेन्द्र केसीलाई गेटजेटले पाएको चार्टर उडान अनुमतिका विषयमा जिज्ञासा राखेका थियौं। तर उनले सो विषयमा आफूलाई थाहा नभएको जवाफ दिएर पन्छिए।

केसीले चार्टर उडानमा हेडअफिस (नेपाल नागरिक उड्डयन प्राधिकरण)ले क–कसलाई दिएको हुन्छ सबै आफूहरूलाई थाहा नहुने दाबी गरे। साथै उनले विमानस्थल कार्यालयका प्रवक्तासँग सूचना लिन पनि सुझाव दिए।

त्यसपछि हामीले विमानस्थल प्रवक्ता देवचन्द्र लाल कर्णसँग सम्पर्क गर्दा उनले गेटजेट एयरलाइन्सले हङकङ–काठमाडौं–हङकङ उडान गर्दै आएको बताए। 

तर, गेटजेटले भने २० दिनदेखि हङकङ–काठमाडौं र काठमाडौं–सारजा (दबुई) कार्गो उडान गरिरहेको विमानस्थल टावरले जनाएको छ। टावर स्रोतले भन्यो, ‘गेटजेटको उडान अनुमतिमा सेटिङ भएको छ। नेपाल एयरलाइन्सको हङकङ उडान बन्द गराएर केही व्यक्तिले चार्टर उडानको नाममा हङकङ–काठमाडौं र काठमाडौं–सारजा कार्गो उडान गरिरहेका सत्य हो। माथिको निर्देशन बमोजिम हामीले त उडान आनुमति पाएका जहाजहरूका लागि उडान गर्न दिने मात्र हो।’

विमानस्थल कार्यालयका अनुसार अहिले गेटजेटले काठमाडौंलाई ने बेस बनाएर कार्गो उडान गरिरहेको छ। गेटजेटले हङकङ–काठमाडौं, काठमाडौं–सारजा, सारजा– काठमाडौं र काठमाडौं–हङकङ उडान गरिरहेको छ। जसका कारण नेपाल एयरलाइन्सको व्यापारमा सिधै असर परेको छ। गेटजेटको चार्टर पार्टीको विषयमा न त प्राधिरणले सूचना दिएको छ न त विमानस्थल कार्यालयले नै। सबै निकाय अहिले आफूहरूलाई थाहा नभएको भन्दै पन्छिएका छन्।

गेटजेट एयरलाइन्सको चार्टर उडानका लागि नेपाली एजेन्ट भने नेपाल एभिएसन रहेको छ। एभिएसन नेपाल फाउन्डर पर्यटन व्यवसायी विक्रम पाँडेकाजी हुन्। उनको कम्पनीसँग गेटजेटले कसरी अहिले उडान गरिरहेको हो भनेर प्रश्न गर्दा कम्पनीका प्रतिनिधिहरुले आफूहरु बिदामा रहेकाले कुनै जानकारी नभएको जवाफ दिए।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०७७  १८:००
  • #गेटजेट
  • #हङकङ-काठमाडौं

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
आर्थिक वर्ष २०८२/८३ मा १२ लाखभन्दा बढी पर्यटकले गरे नेपाल भ्रमण नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय पर्यटक आगमनको तथ्यांकअनुसार भारत नेपालको सबैभन्दा ठूलो स्रोत बजार बनेको छ । कुल... शनिबार, साउन ९, २०८३
बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० बुध्द एयरले कल साइन ९ एन–एओएस विमान फ्रान्सको तुलुसबाट ल्याएको हो । शनिबार, साउन ९, २०८३
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण विमानले करिब ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको थियो। विमान उडानका क्रममा ककपिटमा धुवाँ देखिएपछि चालक दलले तत्का... आइतबार, असार १४, २०८३
ताजा समाचारसबै
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा मंगलबार, साउन १२, २०८३
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका मंगलबहादुर शाहीको दाबी पेस मंगलबार, साउन १२, २०८३
सुनसरी घटनामा रास्वपाले भन्यो  : सरकारले दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ मंगलबार, साउन १२, २०८३
काँग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन मंगलबार, साउन १२, २०८३
समस्याग्रस्त सहकारी : हालसम्म ११ हजार बचतकर्ताको ७१ करोड फिर्ता मंगलबार, साउन १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्