काठमाडौं–अपि पावर कम्पनीले ४७.६ प्रतिशत हकप्रद शेयर आजदेखि निष्काशन गरेको छ। कम्पनीले ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर आजदेखि मंसिर ४ गतेसम्म निष्काशन गर्ने छ।
कम्पनीको हालको चुक्ता पुँजी एक अर्ब १९ करोड रुपैयाँ रहेको छ। हकप्रद शेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ७५ करोड रुपैयाँ हुनेछ।
कम्पनीले ४० मेगावाट क्षमताको तेस्रो आयोजना निर्माणका लागि स्रोत जुटाउन हकप्रद शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले अपर चमेलिया माइ हाइड्रोपावर निर्माण गर्न लागेको छ। उक्त आयोजना निर्माणका लागि ७ अर्ब ४० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। उक्त लागतको ३० प्रतिशत शेयर पुँजी र ७० प्रतिशत बैंक कर्जाबाट जुटाउने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।