काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहित नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू:
१) थप १७ कोरोना संक्रमितको मृत्यु, ९०४ पुगे मृतक, काठमाडौं उपत्यकामा १ हजार ६१५ सहित २ हजार ३६४ जनामा संक्रमण, १ लाख २४ हजार ८६२ पुगे संक्रमित । ( नेपालमा ९ सय नाघे मृतक )
२) काठमाडौबाट सुर्खेत फर्किएलगत्तै मन्त्रिपरिषद पुनर्गठन गर्ने कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको प्रतिक्रिया, प्रचण्ड र नेपाल पक्षबाट तीनदेखि चार जनामन्त्री बन्ने सम्भावना । ( मन्त्री मण्डल पुनर्गठनको तयारी )
३) १ अर्ब २७ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाले १६ गते बजेसम्म ब्याजदर तोकेर राष्ट्र बैंकमा पेश गर्नुपर्ने । ( मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक )
४) अमेरिकामा कोरोना महामारीको रोकथाम हेर्ने वरिष्ठ स्वास्थ्य अधिकारी डा. फाउचीको राष्ट्रपति ट्रम्पको चुनावी प्रचारप्रति आलोचना, ट्रम्पको चुनावी र्यालीले कोरोना फैलने चेतावनी । ( ट्रम्पको चुनावी ¥यालीले कोरोना फैलने चेतावनी )
५) र, इन्डियन प्रिमियर लिगमा विराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध मुम्बई इन्डियन्सको जित, बैंग्लोर ५ विकेटले पराजित, मुम्बईकोे जितमा सूर्यकुमार यादवको उत्कृष्ट प्रदर्शन । ( मुम्बईसँग बैंग्लोर ५ विकेटले पराजित )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।