काठमाडौं-विश्व बैंकले कोरोना महामारीको पुनरुत्थान तथा नेपालको कृषि क्षेत्रको विकासका लागि ग्रामीण उद्यम र आर्थिक विकासका लागि ८ कराेड डलर सहयोग गर्ने भएको छ।
उक्त सहयोग कोभिडले अर्थतन्त्रमा पारेको असरलाई कम गर्न पनि सहयोगी हुनेछ। उक्त परियाेजना प्रदेश १, २, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा लक्षित हुनेछ। हाल नेपालमा विश्व बैंकको सहयोगमा २४ वटा परियाेजना सञ्चालित छन्। जसमा ३ अर्ब डलरको सहयोग प्राप्त भएको छ।
विश्व बैंकले दिएको ८ कराेड डलर अर्थात् करिब ९ अर्ब ४४ करोड रुपैयाँ बराबरको रकम ६ वटा प्रदेशमा खर्च हुनेछ। विश्व बैंकले सञ्चालन गरेको परियाेजना नेपाल सरकारका लागि एउटा अवसर भएको तथा निजी क्षेत्रसँग मिलेर काम गर्नका लागि भएको विश्व बैंकले जनाएको छ। यसले कृषि क्षेत्रको विकासका लागि सहयोगी भूमिका खेल्ने विश्व बैंकको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।