काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहित नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू:
१) सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको बैठक एक महिना पर धकेलियो, कात्तिक १५ देखि १७ गतेलाई तय बैठक कोरोनाका कारण मंसिर १५ मा बोलाइयो । ( बैठक एक महिना पर धकेलियो )
२) देशभर ११ कोरोना संक्रमितको मृत्यु, ८८७ पुगे मृतक, पछिल्लो काठमाडौं उपत्यकामा ८४३ सहित १ हजार ९५४ जनामा संक्रमण, १ लाख ६२ हजार ३५४ पुगे संक्रमित । ( नेपालमा ८८७ पुगे मृतक )
३) सरकारद्वारा बहुवर्षे ठेक्कासम्बन्धी मापदण्ड परिमार्जन, १० वटा क्षेत्रमा ठेक्का लगाउन सकिने उल्लेख, बहुवर्षे ठेक्का लगाउने आयोजनाको प्रस्ताव सम्बन्धित मन्त्रालयले साउनमै गर्नुपर्ने । ( बहुवर्षे ठेक्कासम्बन्धी मापदण्ड परिमार्जन )
४) भारत भ्रमणको क्रममा अमेरिकी विदेशमन्त्री माइक पम्पियोले दिएको अभिव्यक्तिप्रति चिनियाँ दूतावासको आपत्ति, लद्दाखको सीमा विवादमा वार्ता भइरहेको समयमा अमेरिकी प्रतिक्रिया गलत भएको टिप्पणी । ( अमेरिकालाई चीनको चेतावनी )
५) र, च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटीको विजयी यात्रा कायमै, समूह सीअन्तर्गत मंगलबार राति भएको खेलमा मार्सेइली ३–० गोल अन्तरले पराजित । ( म्यानचेस्टर सिटीको विजयी यात्रा कायमै )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।