• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस २४, २०८२ Thu, Jan 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

रहस्यमै कलंकी गोलीकाण्ड: सेनाले बोक्ने हतियारबाट कसले चलाएको थियो गोली?

64x64
नारायण अधिकारी मंगलबार, कात्तिक ११, २०७७  २०:२६
1140x725

काठमाडौं– हाइड्रो इन्जिनियर डा विष्णु शर्मा नेपालको कलंकीस्थित घरमा गोली चलेको एक वर्ष बितिसक्यो। २०७६ साउन १४ गते राति सबा ८ बजे शर्माको घरको माथिल्लो तलाको झ्यालबाट गोली कोठाभित्र छिरेको थियो।

कोठामा गोली छिरे पनि त्यसबाट कुनै मानवीय क्षति भने भएको थिएन। शर्माले त्यसबेला भनेका थिए, ‘गोली झ्यालको सिसा छेड्दै ग्रिलमा ठोक्किएर शक्तिहीन भएपछि कोठाभित्र प्रवेश गरेको थियो। जसकारण कुनै मानवीय क्षति भएन।’

कक्षा १२ मा अध्ययन गर्ने शर्माकी छोरी गोली चलेको बेला कोठामै थिइन्।

गोली चलेपछि शर्माले फेसबुकमा स्ट्याटस समेत लेखेका थिए, ‘कसैले टार्गेट गरेर मार्ने उद्देश्यले नै हानेको गोली हो, यसमा कसैको दुईमत छैन। ग्रिलमा लागेर शक्ति क्षीण भैसकेपछि मात्र जाली छेड्दै घरभित्र पसेकोले मानवीय क्षति हुनबाट बालबाल बाँचियो।’

उनले यो स्टाटस लेखेको एक वर्ष नाघिसक्दा समेत उक्त गोली काण्ड भने अझै रहस्यमै छ। विभिन्न पाटाबाट अनुसन्धान गरिरहेको प्रहरीले बताए पनि उक्त काण्डको गुत्थी अहिलेसम्म बाहिर आउन सकेको छैन।

राजधानीमै गोली चलेको खबर बाहिरिएपछि महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखाको टोली लगत्तै घटनास्थल पुगेको थियो।

झ्यालको सिसा उघारेर छेस्किनी लगाएको अवस्थामा गोली सिसा छेड्दै झ्यालको चौकसमा लाग्दै कोठाभित्र छिरेको निष्कर्ष त्यसबेला अनुसन्धानमा खटिएका प्रहरीले निकालेका थिए।

उक्त झ्यालबाट गोलीभित्र प्रवेश गर्न शर्माकै छिमेकी शोभाकर खनालको घरबाट गोली हानेको हुनसक्ने प्रहरीले आशंका गरेको थियो। प्रहरीले आशंका गर्नु र शर्मा र खनालको बोलचाल बन्द हुनुले समेत अनुसन्धान नजिक पुगेको प्रहरीले विश्लेषण गरेको थियो।

Ncell 2
Ncell 2

अझ सोही राति उनको घर खानतलासी गर्दा १२ बोर र २२ बोरको दुई थान राइफल र ५० थान गोली फेला पर्नुले अनुसन्धान सफल नजिक पुगेको विश्लेषण प्रहरीको थियो। सो क्रममा खनालको घरबाट गोली प्रहार हुनसक्ने ठाउँ र घटनास्थलको दूरी समेत प्रहरीले नाप्दा १६.२३ मिटरको टाढा भएको पाइएको थियो। ‘यति नजिकैको दूरीबाट ४५ डिग्रीको कोणमा गोली प्रहार गरेपछि खोका भेटिएको ठाउँमा गोली पुग्न सक्छ’, अनुसन्धानमा खटिएका प्रहरीले विश्लेषण गरेका थिए।

तर ती हतियार लाइसेन्स लिएर राखिएको हुनु र बरामद हतियारबाट गोली नचलेको विधि विज्ञानले रिपोर्ट दिएपछि भने प्रहरी अनुसन्धान शून्यमा झर्‍यो। अहिले पनि प्रहरी अनुसन्धान जहाँको त्यहीँ छ।

प्रहरीको विधि विज्ञानको रिपोर्ट: एम–१६ र इन्सासमध्ये एकको गोली
प्रहरीले खनालको घरबाट बरामद हतियार र घटनास्थमा भेटिएको गोलीको खोका त्यसबेला परीक्षण गर्न विधि विज्ञानको रिपोर्टले बरामद हतियारबाट उक्त गोली नचलेको देखाएको थियो। अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार उक्त गोली एम–१६ र इन्सासमध्ये एकबाट चलेको उल्लेख थियो। यी दुवै हतियार नेपाली सेनासँग मात्रै छ।

सेनासँग मात्रै भएको हतियाबाट कसरी गोली चल्यो विषय भने अहिलेसम्म खुल्न सकेको छैन। ‘विधि विज्ञानले सेनासँग मात्रै भएको हतियारबाट गोली चलेको देखाउँछ। त्यसपछि त अनुसन्धान झनै पेचिलो बन्यो। यसबारे सेनासँग अनौचारिक रुपमा पनि बुझियो तर कुनै क्लु फेला परेन’, महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकारीले नेपाल लाइभसँग भने।

यो हतियारको रेञ्ज क्षमता ५ सय ५० मिटर प्वाइन्ट टार्गेट हो भने ८ सय मिटरसम्म एरिया टार्गेटको रूपमा प्रयोग गर्न सकिन्छ। ३६ सय मिटरसम्म यसले मार हान्न सक्छ।

एम—१६ बाट त्यति नजिकैबाट गोली चलाएको त्यसको क्षति ठूलो हुनुपर्ने तर त्यहाँ सिसामात्रै फुटेकाले गोली टाढाबाट चलेको हुनसक्ने प्रहरीको आशंका थियो।

ठूलो क्षति नभएकाले शोभाकरको घरबाटै गोली नचलेको निष्कर्षमा प्रहरी त्यसबेलै पुगेको हो। त्यसो भए कहाँबाट चल्यो त गोली? यो प्रश्नको जवाफ प्रहरीले अहिलेसम्म पाउन सकेको छैन।

कुरो संसदसम्म उठ्यो, घटना शंकास्पद देखिएपछि फाइल बन्द
उक्त गोलीका काण्डको कुरा त्यसबेला संसदसम्म पुगेको थियो। प्रतिनिधिसभा सदस्य सांसद नारायणप्रसाद मरासिनीले गोलीकाण्डबारे त्यसबेला संसदको ध्यानाकर्षण गराएका थिए। कलंकी क्षेत्रकी प्रतिनिधिसभा सदस्य सांसद बिनाकुमारी श्रेष्ठले पनि संसदको शून्य समयमा यसबारे छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग राखेकी थिइन्।

तर पीडित भनिएका व्यक्तिले आरोपमा लगाएको व्यक्तिको घरबाट र उनको हतियारबाट गोली नचलेको पाइएपछि घटना शंकास्पद देखिएको थियो। अझ अनुसन्धानको क्रममा घटना बनावटी देखिएपछि नयाँ ट्वीस्ट आएको र यसको अनुसन्धान अघि बढ्नै नसकेको बताउँछन्।

तर महानरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवाली भने उक्त प्रकरण अनुसन्धानमै रहेको बताउँछन्।

प्रहरीले अनुसन्धानमै रहेको बताए पनि सडकदेखि संसदसम्म पुगेको यो गोलीकाण्ड भने अझै रहस्यमय नै छ। गोली चलेको भन्नु तर वरपर सोधपुछ गर्ला भने कसैले पनि आवाज नसुन्नु, सेनासँग मात्रै हुने हतियारबाट गोली चलेको रिपोर्ट आउनु, वरपर सेनाको ब्यारेक नहुनु, ठूलो क्षति हुनसक्ने हतियारबाट गोली चलेको रिपोर्ट आए पनि क्षति न्यून हुनुले घटना बनावटी रहेको देखिएको एक अनुसन्धान अधिकारीले बताए।

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०७७  २०:२६
  • #Dasain_2077
  • #दसैं_२०७७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो त्यसलगत्तै सुनसरीका साहयक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी चन्द्रबहादुर खड... शुक्रबार, पुस १८, २०८२
एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद आइतबार राति केराबारी गाउँपालिका–५ मा प्रहरीले ५ सय २१ किलो गाँजा बरामद गर्नुका साथै तस्करीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो। सोमबार, पुस १४, २०८२
७५० केजी गाँजासहित दुई जना पक्राउ को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए । शनिबार, पुस १२, २०८२
ताजा समाचारसबै
राष्ट्रियसभा निर्वाचन : कोशीबाट सुनिल थापा निर्विरोध बुधबार, पुस २३, २०८२
कांग्रेसको विशेष महाधिवेशन आह्वान बुधबार, पुस २३, २०८२
चुनाव उठ्नेबारे कुनै निर्णय गरेको छैन : सञ्चारमन्त्री खरेल बुधबार, पुस २३, २०८२
सुनसरी-१ बाट उम्मेदवारी दिने हर्क साम्पाङको घोषणा बुधबार, पुस २३, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सुनको मूल्य तोलामा ३१०० रुपैयाँ बढ्यो मंगलबार, पुस २२, २०८२
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा मंगलबार, पुस २२, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
एमालेले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्