• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

रहस्यमै कलंकी गोलीकाण्ड: सेनाले बोक्ने हतियारबाट कसले चलाएको थियो गोली?

64x64
नारायण अधिकारी मंगलबार, कात्तिक ११, २०७७  २०:२६
1140x725

काठमाडौं– हाइड्रो इन्जिनियर डा विष्णु शर्मा नेपालको कलंकीस्थित घरमा गोली चलेको एक वर्ष बितिसक्यो। २०७६ साउन १४ गते राति सबा ८ बजे शर्माको घरको माथिल्लो तलाको झ्यालबाट गोली कोठाभित्र छिरेको थियो।

कोठामा गोली छिरे पनि त्यसबाट कुनै मानवीय क्षति भने भएको थिएन। शर्माले त्यसबेला भनेका थिए, ‘गोली झ्यालको सिसा छेड्दै ग्रिलमा ठोक्किएर शक्तिहीन भएपछि कोठाभित्र प्रवेश गरेको थियो। जसकारण कुनै मानवीय क्षति भएन।’

कक्षा १२ मा अध्ययन गर्ने शर्माकी छोरी गोली चलेको बेला कोठामै थिइन्।

गोली चलेपछि शर्माले फेसबुकमा स्ट्याटस समेत लेखेका थिए, ‘कसैले टार्गेट गरेर मार्ने उद्देश्यले नै हानेको गोली हो, यसमा कसैको दुईमत छैन। ग्रिलमा लागेर शक्ति क्षीण भैसकेपछि मात्र जाली छेड्दै घरभित्र पसेकोले मानवीय क्षति हुनबाट बालबाल बाँचियो।’

उनले यो स्टाटस लेखेको एक वर्ष नाघिसक्दा समेत उक्त गोली काण्ड भने अझै रहस्यमै छ। विभिन्न पाटाबाट अनुसन्धान गरिरहेको प्रहरीले बताए पनि उक्त काण्डको गुत्थी अहिलेसम्म बाहिर आउन सकेको छैन।

राजधानीमै गोली चलेको खबर बाहिरिएपछि महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखाको टोली लगत्तै घटनास्थल पुगेको थियो।

झ्यालको सिसा उघारेर छेस्किनी लगाएको अवस्थामा गोली सिसा छेड्दै झ्यालको चौकसमा लाग्दै कोठाभित्र छिरेको निष्कर्ष त्यसबेला अनुसन्धानमा खटिएका प्रहरीले निकालेका थिए।

उक्त झ्यालबाट गोलीभित्र प्रवेश गर्न शर्माकै छिमेकी शोभाकर खनालको घरबाट गोली हानेको हुनसक्ने प्रहरीले आशंका गरेको थियो। प्रहरीले आशंका गर्नु र शर्मा र खनालको बोलचाल बन्द हुनुले समेत अनुसन्धान नजिक पुगेको प्रहरीले विश्लेषण गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

अझ सोही राति उनको घर खानतलासी गर्दा १२ बोर र २२ बोरको दुई थान राइफल र ५० थान गोली फेला पर्नुले अनुसन्धान सफल नजिक पुगेको विश्लेषण प्रहरीको थियो। सो क्रममा खनालको घरबाट गोली प्रहार हुनसक्ने ठाउँ र घटनास्थलको दूरी समेत प्रहरीले नाप्दा १६.२३ मिटरको टाढा भएको पाइएको थियो। ‘यति नजिकैको दूरीबाट ४५ डिग्रीको कोणमा गोली प्रहार गरेपछि खोका भेटिएको ठाउँमा गोली पुग्न सक्छ’, अनुसन्धानमा खटिएका प्रहरीले विश्लेषण गरेका थिए।

तर ती हतियार लाइसेन्स लिएर राखिएको हुनु र बरामद हतियारबाट गोली नचलेको विधि विज्ञानले रिपोर्ट दिएपछि भने प्रहरी अनुसन्धान शून्यमा झर्‍यो। अहिले पनि प्रहरी अनुसन्धान जहाँको त्यहीँ छ।

प्रहरीको विधि विज्ञानको रिपोर्ट: एम–१६ र इन्सासमध्ये एकको गोली
प्रहरीले खनालको घरबाट बरामद हतियार र घटनास्थमा भेटिएको गोलीको खोका त्यसबेला परीक्षण गर्न विधि विज्ञानको रिपोर्टले बरामद हतियारबाट उक्त गोली नचलेको देखाएको थियो। अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार उक्त गोली एम–१६ र इन्सासमध्ये एकबाट चलेको उल्लेख थियो। यी दुवै हतियार नेपाली सेनासँग मात्रै छ।

सेनासँग मात्रै भएको हतियाबाट कसरी गोली चल्यो विषय भने अहिलेसम्म खुल्न सकेको छैन। ‘विधि विज्ञानले सेनासँग मात्रै भएको हतियारबाट गोली चलेको देखाउँछ। त्यसपछि त अनुसन्धान झनै पेचिलो बन्यो। यसबारे सेनासँग अनौचारिक रुपमा पनि बुझियो तर कुनै क्लु फेला परेन’, महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकारीले नेपाल लाइभसँग भने।

Xtrem

Xtrem

यो हतियारको रेञ्ज क्षमता ५ सय ५० मिटर प्वाइन्ट टार्गेट हो भने ८ सय मिटरसम्म एरिया टार्गेटको रूपमा प्रयोग गर्न सकिन्छ। ३६ सय मिटरसम्म यसले मार हान्न सक्छ।

एम—१६ बाट त्यति नजिकैबाट गोली चलाएको त्यसको क्षति ठूलो हुनुपर्ने तर त्यहाँ सिसामात्रै फुटेकाले गोली टाढाबाट चलेको हुनसक्ने प्रहरीको आशंका थियो।

ठूलो क्षति नभएकाले शोभाकरको घरबाटै गोली नचलेको निष्कर्षमा प्रहरी त्यसबेलै पुगेको हो। त्यसो भए कहाँबाट चल्यो त गोली? यो प्रश्नको जवाफ प्रहरीले अहिलेसम्म पाउन सकेको छैन।

कुरो संसदसम्म उठ्यो, घटना शंकास्पद देखिएपछि फाइल बन्द
उक्त गोलीका काण्डको कुरा त्यसबेला संसदसम्म पुगेको थियो। प्रतिनिधिसभा सदस्य सांसद नारायणप्रसाद मरासिनीले गोलीकाण्डबारे त्यसबेला संसदको ध्यानाकर्षण गराएका थिए। कलंकी क्षेत्रकी प्रतिनिधिसभा सदस्य सांसद बिनाकुमारी श्रेष्ठले पनि संसदको शून्य समयमा यसबारे छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग राखेकी थिइन्।

तर पीडित भनिएका व्यक्तिले आरोपमा लगाएको व्यक्तिको घरबाट र उनको हतियारबाट गोली नचलेको पाइएपछि घटना शंकास्पद देखिएको थियो। अझ अनुसन्धानको क्रममा घटना बनावटी देखिएपछि नयाँ ट्वीस्ट आएको र यसको अनुसन्धान अघि बढ्नै नसकेको बताउँछन्।

तर महानरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवाली भने उक्त प्रकरण अनुसन्धानमै रहेको बताउँछन्।

प्रहरीले अनुसन्धानमै रहेको बताए पनि सडकदेखि संसदसम्म पुगेको यो गोलीकाण्ड भने अझै रहस्यमय नै छ। गोली चलेको भन्नु तर वरपर सोधपुछ गर्ला भने कसैले पनि आवाज नसुन्नु, सेनासँग मात्रै हुने हतियारबाट गोली चलेको रिपोर्ट आउनु, वरपर सेनाको ब्यारेक नहुनु, ठूलो क्षति हुनसक्ने हतियारबाट गोली चलेको रिपोर्ट आए पनि क्षति न्यून हुनुले घटना बनावटी रहेको देखिएको एक अनुसन्धान अधिकारीले बताए।

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०७७  २०:२६
  • #Dasain_2077
  • #दसैं_२०७७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
इनरुवामा काउली बोकेको ट्रकभित्र २ हजार ५६६ किलो गाँजा, चालक र सहचालक पक्राउ सुनसरी सदरमुकाम इनरुवा ३ सखुवागाछीबाट ठुलो परिणाममा गाजा बरामद भएको छ।  तरकारी (शब्जी)को आवरणमा ठुलो परिमाणमा गाँजा ओसारपसार भइरहेको... सोमबार, असोज १९, २०८३
जनकपुरधाममा एक महिलाको शंकास्पद मृत्यु, श्रीमान नियन्त्रणमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ कपिलेश्वरमा एक जना महिलाको शंकास्पद मृत्यु भएको छ। सोमबार, असोज १९, २०८३
सिरहामा ११० किलो गाँजासहित ३ जना पक्राउ सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार विशेष सूचनाका आधार... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
गणेश लामाले पनि दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै मंगलबार, असोज २०, २०८३
हिमपातले लिमी र हिल्सा सडक बन्द, पानी र रासनको समस्या मंगलबार, असोज २०, २०८३
अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबिच अमेरिकामा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता मंगलबार, असोज २०, २०८३
कांग्रेसको महाधिवेशन : केन्द्रीय कार्यसमितिको निर्वाचन हुने पद, समूह र संख्या (सूचीसहित) मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्