• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

अबधी लोककथा : पाँचौं चोर

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख २१, २०७५  ००:५९
1140x725

राजा विक्रमादित्य असाध्यै वीर थिए। उनी जति वीर थिए, त्यत्तिकै दानी पनि थिए। विद्वान् र ज्ञानीहरूलाई त उनले दान गर्ने नै भए, गरिबहरूलाई पनि खुब दान गर्थे। जो उनीसित जान्थ्यो, खुस भएर नै आउँथ्यो। जसलाई जे इच्छा हुन्थ्यो, त्यसलाई पूरा गर्नमा राज्यको तर्फबाट कुनै कसर बाँकी राखिँदैनथ्यो। 

यस्ता राजाका प्रजा किन दुःखी हुन्थे र? यसैकारण नगरमा सुख नै सुख थियो। मानिसहरू कमाउँथे खान्थे र सुखको जीवन बिताउँथे।

राजा विक्रमादित्य आफ्नो प्रजाको भलाइका लागि सदैव चिन्तित रहन्थे। एक समयको कुरा हो, राजाले आफ्ना प्रजाहरूको सुख–दुःख हेर्नका लागि भेष परिवर्तन गरेर घुम्ने विचार गरे। विचारको मात्रै कमी थियो। रातिको समयमा उनले आफ्नो राजसी पोसाक फुकालेर पुरानो च्यातिएको लुगा लगाए। घोडा, गाडी र सिपाहीलाई साथमा राखेनन्। चुपचाप महलबाट बाहिर निस्के र नगरतिर हिँडे।

संयोगको कुरा, जब बिक्रमादित्य नगरमा पुगे, उनको भेट चोरहरूसँग भयो। चोरहरू चार जना थिए। उनीहरु चोरी गर्न निस्केका थिए र त्यो बेला बाटोको छेउमा उभिएर सरसल्लाह गरिरहेका थिए।

एउटा चोरले भन्यो, ‘ल भन्नुस्, आज हामी कुन घरमा चोरी गर्न जाने?’ 

दोस्रो चोरले भन्यो, ‘अरे शुभ समयको विचार गरेर चोरी गर्न गयौं भने त धन अवश्य नै पाइन्छ, चाहे जहाँ चोरी गरौं।’

तेस्रो चोरले भन्यो, ‘जब चोरी गर्न नै निस्केका छौं भने के शुभ के अशुभ? जसको घरमा इच्छा भयो, त्यहीँ पसौंला।’

‘अरु के?’, चौथो चोरले भन्यो, ‘हिम्मत हुनुपर्‍यो, बस। हिम्मत छ भने मानिस एकचोटि यमराजसँग पनि लड्न सक्छ। जाऔं, कतै चोरी गरौं। अगाडि जे हुन्छ, देखाजाला।’

Ncell 2
Ncell 2
nimb
nimb

राजा विक्रमादित्य लुकेर चोरहरुको कुरा सुनिरहेका थिए। उनीहरुको कुरा सुनेर उनलाई धेरै दुःख लाग्यो। 

उनी सोच्न थाले– ‘धिक्कार छ मेरो दान र धर्मलाई! धिक्कार छ, मैले राजा हुनुमा! यदि मेरो नगरका सारा प्रजा सुखी हुन्थे भने यी चार जना चोर किन बन्थे र? यी चारै जना गरिब छन्। पेट पाल्ने अन्य कुनै उपाय नभएर नै चोरी गर्न हिँडेका हुन्।’

अरु कुनै समयमा भएको भए राजा आफ्ना सिपाहीहरूलाई ती चोरलाई तुरुन्त समात्न लगाउँथे होलान्। तर, त्यसबेला त राजा आफूले आफैंलाई मनमनै झपारिरहेका थिए। 

उनी सोचिरहेका थिए– ‘यदि मैले प्रजाको सुखदुःखको ध्यान राखेको भए त प्रजा किन गरिब हुन्थे? प्रजा गरिब नभएको भए उनीहरू चोरी किन गर्थे? गल्ती त मेरो नै छ। प्रजा दुःखी र म मस्त निद्रामा छु।’

Xtrem

Xtrem

अन्तमा उनले निधो के गरे, यी चारै जनालाई सजाय दिनु उचित छैन। बरु यिनीहरूलाई केही धन दिनु उचित हुन्छ, जसले गर्दा उनीहरूले पछि चोरी नगरुन्। तर, यिनीहरूलाई धन दिने पो कसरी?

यत्तिकैमा राजाको दिमागमा एउटा उपाय आयो। उनी पनि लुकेर चोरहरूकै साथमा लागे। चोरहरू आफूसित अपरिचित मानिस देखेर डराए। उनीहरूले राजासँग सोधे, ‘भाइ, तिमी कहाँ जान्छौ?’

राजा विक्रमादित्यले भने, ‘तपाईंहरू जहाँ जानुहुन्छ, म पनि त्यहीँ जान्छु।’

अब त चोरहरूलाई अझै डर लाग्यो। उनीहरूले डराउँदै सोधे, ‘तिमीलाई के मतलब? तिमी को हौ?’ 

राजाले हाँसेर भने, ‘तिमीहरू जे हौ, म पनि त्यही हुँ।’

‘तिमी पनि चोर हौ?’, एउटा चोरले हाँसेर भन्यो।

‘हो’, राजा विक्रमादित्यले टाउको हल्लाएर भने।

राजा विक्रमादित्यले त भेष बदलेका थिए, चोरहरूले उनलाई चिन्न सकेनन्। उनीहरूले उनको कुरामा तुरुन्तै विश्वास गरे। 

त्यसपछि चोरहरुले परीक्षा लिनका लागि उनलाई सोधे, ‘तिमीलाई चोरी गर्न डर लाग्दैन? थाहा छ कि छैन? कतै गिरफ्तार भइयो भने राजाले हातखुट्टा काट्न लगाएर नगर बाहिर फालिदिन्छन्।’

राजा विक्रमादित्यले हाँसेर भने, ‘जब चोरी गर्न निस्केको छु भने डराएर काम चल्छ र!’

‘चोरी किन गर्छौ?’ तेस्रो चोरले सोध्यो।

राजाले प्रतिप्रश्न गरे, ‘तिमीहरू किन गर्छौ?’

‘हामी त गरिब छौं’, चौथो चोरले भन्यो, ‘जब कुनै पनि तरिकाले खाने व्यवस्था हुँदैन, अनि बाध्य भएर चोरी गर्छौं।’

राजा विक्रमादित्यलाई यो कुरा सुनेर धेरै दुःख लाग्यो, तर उनी चुप लागेर बसे। त्यसबेला त उनले केही गर्न सक्ने अवस्थै थिएन, किनभने उनी राजाको रुपमा थिएनन्। उनी त आफैं पनि चोर थिए।  

एकछिन सोचेर उनले भने, ‘बडो अनौठो कुरा छ। राजाले यति धेरै दानपुण्य गर्छन्, तैपनि प्रजा गरिब छ। कति गरिब छ भने, चोरी गरेर पेट पालिरहेका छन्।’

चारै जना चोरले निस्फ्रिक्री ढंगले भने, ‘तिमी आफू पनि चोर हौ, तिमी नै बताऊ, किन?’

‘त्यही त म पनि भनिरहेको छु’, केही सोचेर विक्रमादित्यले भने, ‘आखिरमा यसको के कारण हुन सक्छ?’

‘कारण म बताउँछु’, एउटा चोरले भन्यो।

राजाले आश्चर्यचकित भएर भने, ‘ल, ल बताऊ।’

‘कारण के हो भने, यी राजा तिनीहरूलाई मात्र दान गर्छन्, जो उनीकहाँ माग्न जान्छन्। अब सम्पूर्ण प्रजा त भीखमंगा छैनन्। हामीलाई नै हेर्नुस् न, हामी मोटाघाटा र स्वस्थ छौं। भन्नुहोस्, राजाकहाँ हामी किन भिक्षा माग्न जाने? अब कुनै काम नै पाइँदैन भने के गर्ने? बाध्य भएर चोरी गर्नुपर्छ।’

कुरो त एकदमै सत्य थियो। राजा विक्रमादित्यले आफ्नो गल्ती स्विकारे। उनले के बुझे भने, एउटा मानिसलाई सुन नै सुनको भारी दिएर पनि सम्पूर्ण जनताको त त्यसबाट भलो हुन सक्दैन। सम्पूर्ण जनताको भलो त त्यही बेला मात्र हुनसक्छ, जुन बेला सबैले कुनै न कुनै काम गर्न पाऊन्।

चोरहरूको कुरा सुनेर राजा अति नै खुसी भए। उनले के सोच्न थाले भने, यस्ताहरूलाई त इनाम दिनुपर्छ। तर, त्यो बेला उनी चुप लागे। किनभने राजालाई के थाहा थियो भने, उनले उनीहरूको सामु आफ्नो सच्चा परिचय प्रकट गरे भने चोरहरू डरका कारण नगर छाडेर गइहाल्छन्। केही यस्तो गर्नुपर्छ जसले... ...।

यत्तिकैमा एउटा चोरले सोधिहाल्यो, ‘के सोचिरहेका छौ भाइ?’

राजा विक्रमादित्यले छिटोछिटो कुरा बनाएर भने, ‘केही होइन... केही होइन...। लौ त आज कता चोरी गर्ने विचार गर्नुभएको छ?’

‘तिमी कता चोरी गर्न हिँडेका थियौ?’, दोस्रो चोरले सोध्यो।

राजाले भने, ‘मेरो के? म जहाँ मौका पाउँथेँ, त्यहीँ पस्थेँ। म एक्लै भएकाले कसैसित राय लिनु–दिनु थिएन नि।’

‘एक्लै किन हिँड्छौ भाइ?’, तेस्रो चोरले भन्यो, ‘यसो गर, हामीसँग नै हिँड। अहिलेसम्म चार थियौं, अब पाँच हुन्छौं।’

‘हो, कुरो त ठीकै हो। तर, तिमीहरूमा चोरी गर्नसक्ने केही विशेषता पनि छ कि त्यसै हिँडेका छौ?’, राजा विक्रमादित्यले भने।

‘विशेषता? विशेषताबिना नै हामी चोरी गर्न हिँडेका छौं त?’, पहिलो चोरले भन्यो, ‘थाहा छ? म एउटा ठूलो ज्योतिषी हुँ। शुभ मुहूर्त विचार गरेर निस्कन्छु। धेरै धन लिएर फर्किने गरेको छु। अशुभ समयमा म कहिल्यै पनि चोरी गर्न निस्किन्नँ। यही कारण हो, मलाई कहिल्यै पनि कसैले समात्न सकेन।’

‘साँच्चै, यो त वास्तवमा नै ठूलो गुण हो’, राजा विक्रमादित्यले भने र प्रशंसा गर्दै अर्को चोरसँग सोधे, ‘तिमीसँग पनि यस प्रकारको कुनै विशेषता छ?’

दोस्रो चोरले सानसँग भन्यो, ‘अवश्य छ।’

‘अच्छा, तिमी पनि आफ्नो विशेषता बताऊ।’

तब अर्को चोरले भन्यो, ‘मलाई एउटा मन्त्र थाहा छ। म सबैलाई देख्न सक्छु, तर मलाई कसैले देख्न सक्दैन। भन्नुहुन्छ भने म राजाको अगाडिबाट धन उठाएर ल्याउन सक्छु। जब कसैले मलाई देख्न नै सक्दैन भने समात्छ कसले?’

‘हो, यो त झन् ठूलो विशेषता हो’, राजा विक्रमादित्यले भने। उनले तेस्रो चोरसँग सोधे, ‘लौ त अब तपाईं पनि भन्नुस्, तपाईंसँग कुन विशेषता छ?’

‘म विश्वभरिका पशुपक्षीहरूको बोली बोल्न सक्छु र बुझ्न पनि सक्छु’, उसले भन्यो।

‘यो त झनै ठूलो विशेषता हो’, अब राजा विक्रमादित्यले चौथो चोरसँग सोधे, ‘अच्छा, अब तपाईं पनि आफ्नो विशेषता बताउनुस्।’

चौथो चोरले आफ्नो पाखुरा ठोक्दै भन्यो, ‘थाहा छ? मलाई जसले जुन हतियारले मार्न खोजे पनि मार्न सक्दैन।’

‘हो र?’, राजालाई एकदमै आश्चर्य लाग्यो। उनी भन्न थाले, ‘तिमीहरूभित्र त वास्तवमा नै गुणको भण्डार रहेछ।’

‘त्यो त हामी छौं नै’, चारै जना चोरले एकसाथ भने, ‘तर तिमीसँग पनि कुनै गुण छ कि छैन?’

राजाले टाउको हल्लाउँदै भने, ‘एउटा गुण मसँग पनि छ।’

‘त्यो के हो?’, एउटा चोरले सोध्यो। 

‘सिपाहीको के तागत, चाहे सेनापतिले समातेको किन नहोस्, मेरो एउटै इसारामा छाडिदिन्छन्’, राजा विक्रमादित्यले हाँसेर भने। उनले कुरा लुकाएर भने, ‘मलाई यस्तो मन्त्र थाहा छ, जसलाई पढेर कसैलाई इसारा गरेपछि उसले छाडिहाल्छ।’

‘तब त तिमी हामीमध्ये सबभन्दा गुणी रहेछौ’, एउटा चोरले खुसी हुँदै भन्यो, ‘अब त हामीलाई के को डर! यदि समातिए पनि तिमी छुटाइहाल्छौ, होइन?’

‘हो, हो....अवश्य नै छुटाइदिन्छु’, विक्रमादित्यले वाचा गर्दै भने।

‘त्यसो भए जाऔं र आज राजाको महलमा नै चोरी गरौं’, एउटा चोरले भन्यो।

‘हो’, ज्योतिषी चोरले खुसी हुँदै भन्यो, ‘आजको साइत एकदम राम्रो छ। हामीलाई धेरै धन मिल्छ।’

अब सबै चोरहरू राजमहलतिर अघि बढे। राजा विक्रमादित्य पनि उनीहरूकै साथमा हिँडे। पाँचै जना महलको छेउमा पुगे। एउटा चोरले अगाडि उभिएर भन्यो, ‘भाइहरू, पहिला म भित्र जान्छु। यदि कुनै किसिमको समस्या देखियो भने तुरुन्तै मन्त्र पढ्छु। त्यसपछि म सबैलाई हेर्छु, मलाई कसैले देख्दैन।’

‘ठीक छ’, पशुको बोली बुझ्ने चोरले भन्यो, ‘म यहीँ बसेर पहरा दिन्छु। यदि कोही आउँदै गरेको देखियो भने स्यालको जस्तो आवाज निकाल्छु, त्यसपछि सजग हुनु।’ 

उनीहरू यति कुरा गरिरहँदा एउटा कुकुर भुक्न थाल्यो। पशुको बोली बुझ्ने चोर कुकुरको भुकाइ सुनेर एकदमै डरायो। उसले भन्यो, ‘यो त एकदमै नराम्रो भयो। थाहा छ? यो कुकुरले के भनिरहेको छ भने चोरहरू चोरी गर्न गइरहेका छन् र राजा हेरिरहेको छ...।’

उसको भनाइ सकिएको पनि थिएन, पचासौं सिपाहीहरू आएर उनीहरूलाई समातिहाले। तैपनि उनीहरू डराएनन्। उनीहरू के सोचिरहेका थिए भने, हाम्रो नयाँ साथीले त हामीलाई अवश्य छुटाइहाल्छ। उसलाई त्यस्तो मन्त्र थाहा छ।

तर यो के? पाँचौं चोर त त्यहाँबाट बेपत्ता भइसकेको थियो। उनीहरूले कतै न कतै अवश्य धोका भयो भन्ने बुझिहाले।

वास्तवमा भएको के थियो भने, महलको नजिकै पुग्दापुग्दै राजाले आफ्ना सिपाहीहरूलाई इसारा गरिसकेका थिए र सिपाहीले चोरहरूलाई समात्न लागेका बेला राजा सुटुक्क त्यहाँबाट निस्किसकेका थिए। 

भोलिपल्ट दरबारमा राजा विक्रमादित्यले आदेश दिए, ‘चारै जना चोरलाई दरबारमा हाजिर गरियोस्।

चोरहरू राजाका सामुन्ने हाजिर गराइए। उनीहरूले राजालाई देखेपछि स्तब्ध भए। उनीहरूले तुरुन्तै चिनिहाले, राजा नै चोर बनेर उनीहरूसँग चोरी गर्न आएका रहेछन्। अब उनीहरू मूर्तिवत् भइसकेका थिए। उनीहरूलार्ई राजाले हातखुट्टा काट्न लाउँछन् र नगर बाहिर फ्याँक्न लगाउँछन् भन्ने थाहा भयो।

डरले चोरहरू कामेको देखेर राजा विक्रमादित्य हाँस्न थाले र मुख बनाउँदै ज्योतिष विद्या जान्ने चोरसँग भने, ‘तिमी त शुभ मुहूर्त हेरेर चोरी गर्न निस्केका थियौ, कसरी पक्राउ पर्यौ ? तिमीलाई त खुब धन मिल्नेवाला थियो होइन र?’ 

आफूलाई ज्योतिषी बताउने चोरले आफ्नो शिर झुकायो।

राजाले दोस्रो चोरतिर हेरेर भने, ‘तिमी त पशुको बोली बुझ्छौ होइन...।’

‘हो, महाराज !’, दोस्रो चोरले साहस गरेर भन्यो, ‘कुकुर भुकेर भनिरहेको थियो, चोरहरू चोरी गर्न गइरहेका छन्, राजा हेरिरहेको छ....।’

‘तैपनि पक्राउ परियो, होइन?’ राजा विक्रमादित्यले हाँसेर भने। त्यसपछि उनले तेस्रो चोरसँग सोधे, ‘तिमी त मन्त्र पढेर गायब हुन सक्थ्यौ, कसरी पक्राउ पर्‍यौ?’
तेस्रो चोर नाजवाफ थियो। 

राजाले फेरि चौथो चोरसँग सोधे, ‘तिमी त कुनै किसिमले मार्न खोजिए पनि मर्दैनौ, तर जेलमा अवश्य नै सड्छौ।’

बिचरा चोरले के जवाफ दिने, चुप लाग्यो।

राजा विक्रमादित्यले टाउको हल्लाएर भने, ‘हेर, तिमीहरूका सबै गुण यस बेला बेकार छन्।’

‘होइन महाराज यस्तो कुरा होइन’, एक्कासी पहिलो चोरले टाउको उठाएर भन्यो।

राजा आश्चर्यमा परे, ‘तिमीहरू अहिले पनि बाँच्ने आशा गरिरहेका छौ?’

चोरले एकदमै साहस गरेर भन्यो, ‘हो महाराज, हामी अझै पनि बाँच्न सक्छौं।’

‘त्यो कसरी?’, राजाले सोधे।

चोरले त पहिला नै सोचिसकेको थियो। त्यसलाई के थाहा थियो भने पाँचौं चोर राजा नै थिए। त्यसैकारण राजाले चोरको भेषमा त्यसबेला के भनेका थिए भने, मेरो एक संकेतमा सबै छुट्न सक्छौ, उनले ठीकै भनेका थिए। राजाको हुकुमलाई कसले अटेर गर्न सक्छ?

चोरले सोच्यो– राजाले त सजाय गर्छन् नै अनि डर केको? जहाँसम्म हुनसक्छ, राजाले दिएको वचन पूरा गराउने प्रयास गर्नुप¥यो। त्यो चोरले भन्यो, ‘हामीसँग एउटा पाँचौं साथी थियो। ऊ अहिलेसम्म समातिएको छैन।’

‘के भयो त? त्यो पनि समातिन्छ’, राजा विक्रमादित्यले हाँसेर भने। चोरले भन्यो, ‘महाराज, त्यसलाई कस्तो मन्त्र थाहा छ भने, त्यसको एउटा संकेतमा हामी सबै छुटिहाल्छौं।’

‘हा... हा... हा...’, राजा जोडले हाँसे र सोधे, ‘तिमीहरू के सोच्छौ? पाँचौं चोर अहिले पनि तिमीहरूलाई छुटाउन आउला?’

‘आउँछ महाराज, अवश्य नै आउँछ। हामी पाँचै जना साथी बनेका थियौं’, चोरले चतुर्‍याइँपूर्वक भन्यो, ‘उसले हामीलाई वचन दिएको छ र जुन मानिसले वचन दिएर पूरा गर्दैन, त्यो धोखेवाज कहलाउँछ। मलाई पूरा विश्वास छ, मेरो पाँचौं साथी धोकेवाज निस्कँदैन। हामीलाई छुटाउन अवश्य आउँछ।’

चोरको कुरा सुनेर राजा अत्यन्त खुसी भए। उनले त चोरहरूको बुद्धिको परीक्षा लिइरहेका थिए। राजाले तुरुन्तै संकेत गरे र चारै चोरलाई छाडियो। उनले भने, ‘तिमीहरूको पाँचौं साथी धोकेवाज छैन। उसले आफ्नो वचन पूरा गर्‍यो। तिमीहरू पहिले जस्तै स्वतन्त्र छौ।’

चारै जना राजाको अगाडि लम्पसार परे र माफी माग्न थाले, ‘हामी पनि वचन दिन्छौं महाराज, अब कहिल्यै पनि चोरी गर्दैनौं।’

राजाले उनीहरूलाई उठाउँदै भने, ‘वास्तवमा गल्ती मेरो छ। अब म त्यस्तो काम गर्छु, जसले नगरका सबैलाई कुनै न कुनै काम मिलोस्, कोही खाली बस्नु नपरोस्।’

राजाको यो वचन सुनेर चोरहरू खुसीले भावविभोर भए र भन्न थाले, ‘त्यसो भएमा नगरमा कसैले पनि चोरी गर्दैन महाराज।’

‘तिमीहरू चारै जना वास्तवमा नै अत्यन्त गुणी र बुद्धिमान छौं’, राजा विक्रमादित्यले सबैलाई इनाम दिँदै भने, ‘अब तिमीहरू पनि गरिब रहँदैनौ।’

इनाम पाएपछि पहिलो चोर (जुन ज्योतिषी थियो)ले भन्यो, ‘हेर्नुस् महाराज, म वास्तवमा शुभ साइत हेरेर निस्केको थिएँ कि थिइनँ? हामीलाई आखिरमा त यत्ति धन मिल्यो नै।’

‘हो, तिमी वास्तवमा ज्योतिषी हौ। म आजदेखि नै तिमीलाई राजज्योतिषी बनाउँछु।’

फेरि राजाले दोस्रो चोरतिर फर्केर भने, ‘तिमी लुकेर सम्पूर्ण नगरमा घुम्ने गर। तिमीलाई त कसैले देख्न सक्दैन र तिमी सबैलाई देख्छौ। यस प्रकार सबैको सुख–दुःख मलाई बताउँदै गर्नू।’

त्यसपछि राजा विक्रमादित्यले तेस्रो चोरलाई आफ्नो सेनापति बनाउँदै भने, ‘तिमी त कसैले मारेर पनि मर्दैनौ, वास्तवमै वीर छौ। मेरो सेनाको सेनापति कुनै वीर नै हुन सक्छ।’

‘अब मेरो लागि के आदेश छ महाराज?’, चौथो चोरले सोध्यो। 

‘तिमी पशुहरूको बोली बुझ्छौ। मसँगै बस्ने गर र पशुहरूको बोली बुझेर मलाई भन्ने गर’, राजाले भने।

त्यसपछि राजा विक्रमादित्यले आफ्ना प्रजाका लागि त्यस्तो काम गरे, जसले गर्दा नगरमा कोही पनि बेरोजगार बस्नु परेन। कमाउने/खाने कामको कमी नभएपछि कसैको जीवनमा दुःख पनि रहेन। अनि त विक्रमादित्यको राज्यमा न त कोही चोर भए, न कसैले अपराध वा गलत काम नै गर्नुपर्‍यो। प्रजाले पछिसम्म पनि सधैं राजाको गुणगान गर्न लागे– ‘राजा हुन त त्यस्तो!’

(बहुभाषिक पत्रिका ‘सयपत्री’को पूर्णांक १७ बाट)

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०७५  ००:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बिहीबार, असोज १५, २०८३
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न बिहीबार, असोज १५, २०८३
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित बिहीबार, असोज १५, २०८३
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्