• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

रिक्त सवैधानिक आयोगहरु : राजनीतिक सहमति खोज्ने कि सक्षम?

64x64
दुर्गा दुलाल मंगलबार, कात्तिक ११, २०७७  ०७:१६
1140x725

काठमाडौं–२०७५ चैत ७ मा सरकारले समावेशी आयोगको अध्यक्षमा पूर्व अर्थसचिव शान्तराज सुवेदीलाई नियुक्ति गर्ने निर्णय गर्‍यो। संसदीय सुनुवाइबाट उनी अनुमोदित पनि भए। तर उनले २०७६ साउन १० गते राजीनामा दिए। आयोगमा बस्नुको औचित्य नदेखेपछि उनले चार महिनामै आयोगबाट अलग हुने निर्णय गरे। उनी अलग भएपछि रिक्त रहेको आयोगको अध्यक्षमा अहिलेसम्म अर्को व्यक्ति नियुक्त हुन सकेको छैन।

केही समयअघि अख्तियारका प्रमुख आयुक्त नवीनप्रसाद घिमिरेले अवकाश पाए। अख्तियारमा रहँदा सत्ता अनुकूल काम गरेका घिमिरेले अवकाश पाएसँगै उनको कमजोर कार्यशैलीमाथि मात्रै होइन, आयोगकै औचित्यमाथि प्रश्न उठ्यो।

मानव अधिकार आयोग कातिक २ गतेदेखि रिक्त  भएको छ। ६ वर्षको कार्यकाल समाप्त गर्दै आयोग पदाधिकारीहरुले अवकाश पाउनुभन्दा दुई दिनअघि अर्थात् असोज २९ गते मानव अधिकार उल्लंघनकर्ताको एकमुष्ट सूची सार्वजनिक गरे।
 
सधैं सरकारको विपक्षीजस्तो देखिएको राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षसहित सबै पदाधिकारीले कात्तिक २ गते अवकाश पाएकाले त्यहाँ नयाँ नियुक्तिको बाटो खुलेको छ। मानव अधिकार हननदेखि द्वन्द्वकालीन मुद्दासम्ममा सरकारसँग टकराव गरेको आयोग सरकारका लागि टाउको दुखाइको विषय नै बनेको थियो। कुमार पौडेलको इन्काउन्टरदेखि सरकारका तर्फबाट हुने बल प्रयोगमा मानव अधिकार आयोगको कडा टिप्पणीले सरकारले उसलाई प्रतिपक्ष जस्तो व्यवहार गर्दै आएको थियो। यही कारणले सरकारले आयोगको ऐन आयोगलाई नै पत्तो नदिएर संशोधन प्रयाससमेत गर्‍यो। सरकारले संवैधानिक आयोगको अधिकार कटौती गर्न नमिल्ने भन्दै विरोध भएपछि उक्त ऐन अहिले संसदमा विचाराधीन छ।

हाल विभिन्न आयोगहरुमा  गरी ५० भन्दा धेरै पद रिक्त छन्।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्तसमेत रिक्त भएको छ। राष्ट्रिय मानव अधिकार आयोगमा सबै पद रिक्त भएको  छ।

महिला आयोग, दलित आयोग, आदिबासी जनजाति आयोगहरुमा अध्यक्षसहित सबै पदाधिकारी रिक्त छन्। अन्य केही आयोगहरुमध्ये कुनैमा अध्यक्ष छन् भने कुनैमा सदस्यमात्र छन्।

अख्तियार भ्रष्टाचारविरुद्ध काम गर्ने निकाय हो भने मानव अधिकार आयोग जनताको मानव अधिकार रक्षा र अनुगमन गर्ने निकाय । यी निकायमा योग्य मान्छे लैजानेभन्दा आफू निकट व्यक्ति लगेर आफू अनुकूल काम गराउने मनसाय राखिने गरिएको छ।

सत्तारुढ दलले आफू अनुकूल मान्छे लैजाने र प्रतिपक्षले पनि भाग खोज्ने भएकाले अख्तियारको नियुक्ति रोकिँदै आएको छ। भ्रष्टाचारविरुद्ध काम गर्ने र कुनै न कुनै रुपमा ठोक्किने भएपछि नेताहरुले यो आयोगलाई बन्धक बनाउँदै आएका थिए। विगतमा अख्तियारमा नियुक्त भएका व्यक्तिले पदको दुरुपयोग गरेपछि त झन् राजनीतिक दलहरुका बीचमा यो आयोगप्रति झन् आकर्षण बढेको छ। वा, थप सचेत हुन थालेका छन्।

अख्तियार आयुक्तहरुको नियुक्तिमा विपक्षी दलका नेता शेरबहादुर देउवाले पनि भाग माग्दै आएका छन्। नेकपाभित्र भागबण्डाका लागि पहिल्यै केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड छँदैछन्। यसरी हेर्दा आयोगमा ओली, प्रचण्ड र देउवाबीच भागबण्डा हुने देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

समावेशीताको मुद्दा चर्किएसँगै बनेका संवैधानिक आयोगको संख्या बढाइएको थियो। सीमान्तकृत समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउने गरी गठन भएका आयोगले भने उद्देश्य अनुरुप कार्य गर्न सकेको छैनन्।   संवैधानिक व्यवस्था अनुसार बनेका आयोगमध्ये अधिकांशमा पदाधिकारी नियुक्त हुन सकेका छैनन्। महिला, समावेशी, आदिवासी र दलित आयोगमा अध्यक्ष समेत नियुक्त हुन सकेका छैनन्।

संविधान जारी भएको पाँच वर्ष बितिसक्दा पनि नयाँ संविधानले परिकल्पना गरेका यी आयोगले पूर्णता पाएका छैनन्। लैंगिक, जातीय, समावेशीता लगायत अधिकारका लागि संवैधानिक रुपमै पहल गर्नका लागि संविधानले आयोगहरुको परिकल्पना गरेको थियो। त्यसअनुसार महिला, दलित, आदिवासी जनजाती, मधेसी, मुस्लिम, समावेशी आयोगहरु संविधानमै उल्लेख छन्।

पदाधिकारी अभाव रहे पनि खर्च गर्नमा भने आयोग अघि नै छन्। बजेट सक्नकै लागि आयोगले वर्षको अन्त्यमा कार्यक्रम बढाउने गरेका छन्। अर्कोतर्फ नियुक्त नभएका पदाधिकारीलाई पनि गाडी खरिद गरेर खर्च सकेका छन्। वार्षिक प्रतिवेदन तयार गर्न नसकेका आयोगले गाडी खरिद गर्न भने सकेका छन्।

रिक्त संवैधानिक निकाय 

Xtrem

Xtrem
  • अख्तियार- प्रमुखसहित ३  सदस्य 
  • मानव अधिकार आयोग- ५ सदस्य
  • निर्वाचन आयोग- २ सदस्य 
  • राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग-  ४ सदस्य 
  • राष्ट्रिय महिला आयोग- अध्यक्षसहित ५ सदस्य
  • दलित आयोग- अध्यक्षसहित  ५ सदस्य
  • समावेशी आयोग- अध्यक्ष र ५ सदस्य
  • आदीवासी जनजाति आयोग-  ५ सदस्य
  • मधेश आयोग- ४ सदस्य 
  • थारु आयोग- ४ सदस्य 
  • मुस्लिम आयोग- ४ सदस्य 
  • भाषा आयोग- ५ सदस्य

किन हुदैन नियुक्ति?
राज्यका सेवा सुविधा र अवसरबाट वञ्चित पारिएका समुदायको हक, हित, उत्थान र सशक्तीकरण गर्ने उद्देश्यले ७ वटा आयोग संविधानमा व्यवस्था गरिएको थियो। पदाधिकारी नियुक्त नगरिएका दैनिक प्रशासन बाहेक कार्ययोजना निर्माण र नीतिगत निर्णय हुन सकेको छैन।

समितिले पदाधिकारीको शून्यतामा नीतिगत निर्णयहरु हुन नसकेको उल्लेख गर्दै शीघ्र नियुक्ति गर्न सरकारको ध्यानाकर्षण गराएको छ। आयोगहरूको गठन र पूर्णता प्रदान गर्न सरकार उदासीन हुँदा आयोगलाई कानुनी रूपमा कमजोर बनाइएको छ।

दलीय भागबण्डाका आधारमा चयन हुने आयोगका पदाधिकारी सत्तारुढ दल नेकपा र कांग्रेसबीच सहमति हुन नसक्दा पदपूर्ति हुन सकेको छैन। संवैधानिका आयोगहरुमा नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पटकपटक बैठक भए पनि सहमति हुन सकेको थिएन।

सर्वोच्चमा मुद्दा विचाराधीन?
संवैधानिक आयोग रिक्तता पूर्तिको माग अब सर्वोच्च अदालतमा विचाराधिन रहेको छ। सर्वोच्च अदालतले पहिलो सुनुवाइ गर्दै आयोगमा नियुक्तिको विषयमा सरकारसँग जवाफ माग गरेको छ। सर्वोच्चले आयोगमा नियुक्ति किन नभएको हो र नियुक्तमा अवरोध भएको विषयमा लिखित जवाफ पेश गर्न भनेको छ।

न्यायाधीश सपना प्रधान मल्लको इजलाशले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संवैधानिक परिषद् लगायतलाई आयोगहरुमा पदाधिकारी नियुक्त हुन नसक्नुको कारण सहित लिखित जवाफ पेश गर्न भनेको हो। जुरी नेपालका तर्फबाट अधिवक्ता विष्णुप्रसाद पोखरेलले दायर गरेको सार्वजनिक सरोकारको रिटमा सर्वोच्चले यस्तो आदेश गरेको हो।

सर्वोच्चले संवैधानिक आयोगहरु रिक्त हुनु गम्भीर संवैधानिक विषय भएको भनेको छ। सर्वोच्चले मुद्दालाई अग्राधिकार दिएको छ। सरकारले संवैधानिक निकायमा नियुक्तिका विषयमा लिखित जवाफ पेश गर्ने तयारी गरेको छ।

किन बस्दैन संवैधानिक परिषद् ?
पछिल्लो पटक संवैधानिक परिषद्को बैठक २०७६ कात्तिकमा बसेको थियो। उक्त बैठकमा अख्तियारको नियुक्तिदेखि सातवाट आयोगका सदस्यहरुको नियुक्तिको एजेन्डा रहेको थियो। त्यसपछि विभिन्न कारणले संवैधानिक परिषदको बैठक सर्दै आएको छ।

संवैधानिक परिषद बैठक बस्न नसक्नुको मुख्य कारण भागबन्डा नमिल्नु नै हो। प्रधानमन्त्री केपी शर्मा ओलीले आयोगका नियुक्त हुने पदाधिकारी पार्टीभित्र अन्तरिक रुपमा भागबन्डा नमिलाउनु नै मुख्य रोकिनुको कारण हो। प्रतिपक्ष दलको  भाग समेत मिलाउनुपर्ने विवाद सिर्जना भएपछि नियुक्त रोकिँदै आएको छ।

केही समयअघि प्रधानमन्त्रीले यी आयोगहरुमा एकलौटी रुपमा नियुक्तका लागि संवैधानिक परिषद ऐन संशोधनका लागि अध्यादेश जारी गरेका थिए। संसद अधिवेशन अन्त्य भएपछि प्रधानमन्त्रीले प्रतिपक्ष दलको नेता नभए पनि बैठक बस्न सक्ने र निर्णय हुनसक्ने गरी संवैधानिक परिषद् बनाउने कल्पना गरेका थिए। तर उक्त अध्यादेशको विरोध भएपछि  खारेज गरिएको थियो।

प्रतिपक्ष र सत्तापक्षबीच केहीअघि संवैधानिक परिषद् बस्ने सहमति भएको थियो। तर कोरोना महामारी वढ्दै गएपछि त्यो सम्भव भएन।  सत्ता पक्ष र प्रतिपक्षका बीचमा भागबन्डा गर्ने सहमति भएको थियो।

रिक्त राख्नका लागि होइनन् आयोगहरु 
संवैधानिक कानुनका जानकारहरुले संविधानले जुन रुपमा आयोगको कल्पना गरेको छ, त्यसले बर्षौंसम्म रिक्त राख्ने कल्पना नगरेको टिप्पणी गर्छन्।  सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले मौलिक हक र जनताको अधिकारसँग जोडिएका आयोगहरु हर हालतमा रिक्त हुने परिकल्पना संविधानले नगरेको बताए। 

‘अख्तियार, मानव अधिकार आयोग, महिला आयोग जस्ता निकायहरुको काम हरेक घन्टा र समयमा भइरहेको हुन्छ’, केसीले भने, ‘यस्ता आयोगहरु कर्मचारीको भरमा चलाउनुभन्दा नचलाउनु नै ठीक हुन्छ।’

वरिष्ठ अधिवक्ता बिपिन अधिकारीले पनि आयोगको औचित्यका लागि उसलाई चाहिने सबै कुराको पूर्ति भएपछि मात्र हुने बताउँछन्। ‘भ्रष्टाचारविरुद्ध काम गर्ने अख्तियारले पदाधिकारी, कर्मचारी बजेट पाउँदैन भने कसरी अनुसन्धान गर्छ’, अधिकारीले भने, ‘मानव अधिकार आयोग पनि यस्तै हो। पदाधिकारी नै छैनन् भने कर्मचारीले मात्र कसरी निर्णय गर्दै जनताको मानव अधिकार ग्यारेन्टी गर्न सक्छन्?’

प्रधानमन्त्री मुख्य जिम्मेवार- बलराम केसी
संवैधानिक निकाय रिक्त रहेको जिम्मेवारी र दोष अरुलाई होइन, प्रधानमन्त्रीलाई जान्छ। मन्त्रिपरिषद् वा प्रतिपक्षलाई देखाएर उम्कन मिल्दैन। संवैधानिक परिषद्को अध्यक्ष पनि प्रधानमन्त्री नै हुन्छन्। त्यसलै उनी नै मुख्य जिम्मेवार हुन्छन्। हरेक नियुक्ति प्रधानमन्त्री भएर आउनुपर्छ। राज्य सञ्चालन गर्ने जिम्मामा उनै भएकाले  उहाँ अक्षम हुदाँ नियुक्त हुन सकेन।  आयोगमा नियुक्त मात्र होइन, सक्षम र विवादरहित नियुक्त गर्ने जिम्मेवारी प्रधानमन्त्रीको हो।

अख्तियारले काम नगर्ने हो भने म तपाईंहरुलाई कारबाही गर्छु भन्न सक्नुपर्छ। मानव अधिकार आयोगले जनताको मानव अधिकार हनन हुँदा बोलेन भने किन बोलेन भनेर उहाँले सोध्ने अधिकार राख्नुहुन्छ। तर उहाँले यो भन्न सक्नु भएको छ कि छैन भन्ने अहिलेको प्रश्न हो।

हाम्रो संविधानमा धेरै राम्रा व्यवस्था छन्। संवैधानिक परिषद् जस्ता संरचना बनाएका छन्। जसले स्वतन्त्र रुपमा नियुक्ति र कामको कल्पना गरेको हुन्छ। पाँच वर्ष जनताले अधिकार दिएको प्रधानमन्त्रीले राम्रो गर्दैन भनेर कसरी सोच्न सकिन्छ? तर, अहिले भागबन्डा भइरहेको छ। संविधानले दिएको अधिकारभन्दा बाहिरको व्यक्ति समेत राखेर भागबन्डा गर्ने गरिएको छ।

विपक्षी दल, प्रधानमन्त्री र नेकपाको अध्यक्ष बसेको हुन्छ। फुल कोरम बस्दैन। हामीले यी छानिसक्यौं, सही गर्नुहोस् भनेर भनिन्छ। विपक्षीको आफ्नै स्वार्थ हुन्छ। प्रधानन्यायाधीशले यसमा म सही गर्न सक्दिनँ भन्न सक्नुपर्छ। प्रधानमन्त्रीले तामेलीको विरोध गर्न सक्नुपर्छ।

स्वतन्त्र रुपमा काम गर्ने मानिस चाहिएको छ- बिपिन अधिकारी
पूर्ण नहुँदा समस्या भएको छ। आयोगको क्षेत्राधिकार र उसले गर्ने कामका आधारमा आयोगहरु छन्। हरेक आयोगको आ-आफ्नो क्षेत्राधिकार छ। सबै सदस्य मिलेर आयोग बन्ने हो।

स्रोत र साधनको समस्या छ। पदाधिकारी छैन। कर्मचारी छैन। बजेट छैन। आयोगहरु संविधानमा मात्र भयो। आयोगहरुलाई बजेट व्यवस्था छैन। यति धेरै आयोग भए, उनीहरुको भूमिका धेरै संविधानमा छ। तर आयोगका कर्मचारीको सरुवा बढुवाकै लागि विशेष व्यवस्था चाहिएको छ। सरकारका कर्मचारी अख्तियार र निर्वाचनमा असर पर्ने देखिएको छ। स्वतन्त्र रुपमा काम गर्ने मानिस चाहिएको छ। 

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०७७  ०७:१६
  • #Dasain_2077
  • #दसैं_२०७७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
गणेश लामाले पनि दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी कांग्रेसको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका लामाले आफूले लामो समयदेखि पार्टीमा काम गरेको अनुभवका आधार... मंगलबार, असोज २०, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समिति, सार्वजनिक नीति तथा प्रत्यायोज... मंगलबार, असोज २०, २०८३
अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबिच अमेरिकामा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ। मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
गणेश लामाले पनि दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै मंगलबार, असोज २०, २०८३
हिमपातले लिमी र हिल्सा सडक बन्द, पानी र रासनको समस्या मंगलबार, असोज २०, २०८३
अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबिच अमेरिकामा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता मंगलबार, असोज २०, २०८३
कांग्रेसको महाधिवेशन : केन्द्रीय कार्यसमितिको निर्वाचन हुने पद, समूह र संख्या (सूचीसहित) मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्