• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

आत्मस्वीकृति : कविता लेख्नु नग्‍न हुनु हो

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख २१, २०७५  ००:४०
1140x725

म आफू संगीतप्रेमी हुँ। कविताले भने मलाई प्रेम गरेको छ। मसँग त्यस्ता विशेष कुरा केही छैन, न त फाल्तु कुरा नै छन्, जसका लागि कविताको प्रेमलाई म छाडिदिऊँ। 

जीवनमा घरि–घरि मसँग गर्नका लागि अरु कुनै काम नै हुँदैन। यस्तो बेकामको मान्छेलाई केही कुराको प्रेम पनि ठूलो हुँदो रहेछ। चरम अभावमा पनि जीवनलाई केही कुराले मीठो बनाएको छ भने त्यो कविता नै हो। पढ्न, लेख्न कविता अनि अन्य साहित्यक र दर्शनका पुस्तक अनि सुन्नलाई संगीत हुँदैन थियो भने के गर्थेँ होला म? कहिले–कहिले प्रश्न गर्छु। सायद कतै पर एकान्त पहाडतिर खेतमा काम गरिरहेको हुन्थेँ कि त!

असलमा थुप्रै कुराले छोइन्छु। मेरा इन्द्रियहरु थुप्रै थोकहरुको सम्बन्धले छोइन्छन्। ती छुवाइहरु हृदयमा जान्छन्। म उही हृदयमा लेखिएको छुवाइलाई ‘फोटोकपी’ गर्छु। यसरी हेर्दा म कविता लेख्दिनँ।

मलाई कतिपयलाई साना लाग्ने मानिसहरु, उनीहरुको बीच हुने, बन्ने, भत्किने, अनि फेरि नयाँ बन्ने सम्बन्ध अनि सपनाहरुमा रुचि छ। उसैगरी रुचि छ साना शहरहरु, नचिनिएका ठाउँहरु अनि त्यहाँ देखिएका जीवनप्रति।

कविता मात्र छुवाइ हो

संगीतमा मेलोडी भएन भने के होला? कवितामा अभिव्यक्त गर्ने ढंग भएन भने के होला? पानीमा चञ्चलता, युवतीमा यौवन, जूनमा शीतल प्रकाश अनि घाममा न्यानो प्रकाश भएन भने के होला? कविताको बारेमा सोच्दा यस्तो सोच्ने गर्छु।

लालुपाते नुघ्यो भुइँतिर
कि लाऊ माया मैतिर 
कि लाऊ उहीतिर
ए निर नलाऊ दुईतिर ।

यसरी सरल तरिकाले गहन कुरा भन्ने लोकगीतको शैलीदेखि कायल हुन्छु म। 

Ncell 2
Ncell 2
nimb
nimb

‘यसपाली सुन्तला खुवाउनुभएन नि मिस!’ केही कुरा बिर्सिएर हामीमध्ये कोही एकले भन्यो। मिसको अनुहार एकाएक बदलिन्छ अनि सानो स्वर निस्कन्छ– ‘यसपाली आमा रहनुभएन। अब कसरी सुन्तला आइपुग्छ त?’

माथिका दुई पंक्ति कथाकार गणेश श्रमणका हुन्। उनको लघुकथाबाट लिएको हुँ। त्यो यथार्थ घटना पनि हो। अनि त्यो कविता पनि हो। यसरी सम्बन्ध र संवेदना गाँसिएका हरेक पंक्तिहरु कविता हुन्। असलमा कविता केही पनि होइन, मात्र छुवाइ हो। आक्रोशले छोएको छ, आक्रोश आउँछ। कुण्ठाले छोएको छ कुण्ठा आउँछ। रुवाबासीले छोएको छ, रुवाबासी आउँछ। गालीले छोएको छ गाली अनि प्यारोडीले छोएको छ, उही प्यारोडी नै आउँछ। ‘एक्टिभिजम’ले छोएमा ‘एक्टिभिजम’ र राजनीतिले छोएमा राजनीति नै। नछोइएको कुरा कहाँबाट आउला? त्यसैले कविता लेख्नु नग्न हुनु हो। पाठक कवितासँग अभ्यस्त छ भने कविको फट्याइँ अनि ढोङ पनि कविता पढ्दा पाठकले थाहा पाउँछ।

धुनमा आजभोलि गीतकारले शब्द लेखे जस्तै हृदयमा आएको छुवाइलाई शैली र शब्द दिने गर्छु आजभोलि म। योभन्दा अरु केही गर्न मन लाग्दैन आजभोलि कवितामा। उपयुक्त शब्द अनि उपयुक्त शैली मात्र दिन सकियो भने हृदयको छुवाइ यसरी देखिन्छ नि, जसरी पानीमा परेको घामको किरण सिक्का–सिक्का भएर खेलिरहेको देखिन्छ। यस्तो मीठो देखिएपछि बेकारमा किन कस्मेटिक प्रयोग गर्ने, यसरी सोच्छु आजभोलि, पहिले त सोच्दिनथेँ।

राष्ट्रकवि घिमिरेसँगको कविता–कनेक्सन

Xtrem

Xtrem

काठमाडौं ठूलो शहर, मलाई रुचि लाग्दैन। ठूला शहरका ठूला मानिसहरु अनि कुरासँग पनि म अक्सर सम्बन्ध बनाउन सक्दिनँ। मेरो ठूलोबुबा हुनुहुन्छ माधवप्रसाद घिमिरे। उहाँ मलाई ठूलो लाग्छ। म उहाँलाई आफ्नो कविता देखाउन पनि सक्दिनँ, मलाई असाध्यै धक लाग्छ। 

एकपटक गुरुकुलमा कवि मनु मञ्जिलको कविता वाचन कार्यक्रममा उहाँ (ठूलोबुवा) पनि आउनुभएको थियो। शेखर खरेल, सञ्जीव उप्रेती दाजुहरुको कुरा छेउमा बसेर सुनिरहेको थिएँ। उहाँले भनिदिनुभयो, ‘यो मेरो भतिज हो, राम्रो कविता लेख्छ।’ 

मलाई आफ्नो अनुहार कहाँ लुकाऊँ, कता राखूँ भन्ने लाग्यो। त्यसपछि यस्ता साहित्यक कार्यक्रममा म उहाँको अगाडि पर्नै छाडेँ। एक प्रकारले भागेँ। मैले आफ्नो पहिलो पुस्तक ‘र निःशब्द’(२०६९) र दोस्रो पुस्तक ‘एकात्म’(संयुक्त कविताकृति, २०७३) आफ्नै हातले उहाँलाई कहिल्यै दिन सकिनँ। पछि दाजु राजीव घिमिरेले घरमा आएको बेलामा मागेर लगिदिनुभयो।

पछिल्लो केही समयदेखि ठूलोबुवासँग लाग्ने धक कम हुँदै गएको छ। उहाँले सजिलोसँग कुरा गरिदिएर मलाई नजिक बनाउनुभएको छ। आफ्नो बनाउनुभएको छ। जसले मलाई सजिलो हुन थालेको छ। 

उहाँ सय वर्ष पुग्दै हुनुहुन्छ। मलाई आफ्नो नयाँ कविताको पुस्तकको विमोचन उहाँकै हातबाट गर्छु भन्ने थियो। ‘मिझोर’ प्रेसमा हुँदै गर्दा थाहा भयो, उहाँ बिरामी हुनुहुन्छ। म उहाँलाई भेट्न गएँ। कुरा गर्न सके पनि हिँडडुल राम्ररी गर्न नसक्ने हुनुभएको रहेछ।

‘मिझोर’ प्रेसबाट आयो। उहाँको हातमा राख्न मलाई हतार थियो। उहाँले मेरा लागि पहिले भनेका कुराको सम्मान गर्न सके/नसकेको जान्नु थियो मलाई। घरमा फोन गरेँ। भाउजूले एक्लै आउनू भन्नुभयो। तब थाहा भयो, उहाँलाई अझै राम्ररी निको भएको छैन। तैपनि केही कविता सुनाउन सक्छु कि? कवितामाथि केही कुरा गर्न सक्छु कि? यस्तै सोच्दै गएको थिएँ। मैले बल थप्दै गएँ उहाँको अगाडि उभिन। तर, उहाँ त झन् बढी बिरामी पर्नुभएको रहेछ। दिदी डाक्टर हुनुभएकाले घरमा नै केही उपचार चलिरहेको थियो। ‘आज अलि राम्रो भएको छ’ भन्नुभयो दिदीले। तर पुस्तकमाथि, कवितामाथि कुरा गर्न सक्ने स्थिति थिएन उहाँको। 

ठूलो आमालाई मेरो नयाँ पुस्तक भनेर हातमा राखिदिएँ। आमाले नै पुस्तक देखाइदिनुभयो। ठूलोबुवा मुस्कुराउनुभयो। किताबलाई केहीबेर मुसारेपछि उहाँले मेरो शिरमा हात राख्नुभयो र भन्नुभयो, ‘केही दिनमा अलि राम्रो भयो भने अलि–अलि गर्दै पढ्छु।’ 

केहीबेरमा सोध्नुभयो, ‘सार्वजनिक कहिले गर्ने?

‘सार्वजनिक त हजुरबाट गर्ने भनेको हो। अब नगर्ने, अन्तरसंवाद केही समयपछि गर्ने’, यसरी उहाँसँग भन्न सकिनँ। आफ्नै मनसँग भने। 

सायद आमा मेरो मनसम्म पुग्नुभएछ कि, भन्नुभयो– ‘खबर गर्नू, म आउन नसके पनि आशीर्वाद दिन दाजु आउँछ।’ आडैमा भर्खर अफिसबाट फर्कनुभएको राजीव दाइ हुनुहुन्थ्यो।

बाबा अनि आमाले पुस्तक लिनुभएको केही तस्बिर खिचेँ, अनि त्यसैलाई विमोचन मानेर निस्किएँ म। त्यही नै विमोचन भयो ‘मिझोर’को। त्यही नै विमोचन मान्यो मेरो हृदयले। फोन गरेर प्रकाशक सांग्रिला बुक्सका मणि शर्मालाई पुस्तक बजारमा पठाउन भनिदिएँ।

मभित्र कविता

मेरो सास फेर्ने तरिका नै हो मेरो कवितामा आएको। म सँगसँगै एउटा सानो दुनियाँ हिँड्छ। तब त मेरो हेराइ, मेरो बुझाइ, मेरो भोगाइमा पूरै एउटा शहर आउँछ, गाउँ आउँछ, देश आउँछ, त्यहाँका मानिसहरु अनि ठाउँहरु पनि आउँछन्। नलेखेरै पनि 8 लेखिन्छ यसरी, 8 लेख्ने अरु तरिका होलान्, कहिल्यै आएन त्यस्तो तरिका। जे जस्तो छ, हृदयमा राख्न सकिने खालको होस् भन्ने सोच्छु, सोचेर हुने त होइन, तैपनि। 

बुझ्न नसकिने अनि हृदयमा राख्न नसकिने भयो भने कविता छाप्नुको अर्थ छैन। यही दुइटा कुरा भयो भन्ने पाठक मेरो सामु आए भने म कविता छाप्न छाडिदिनेछु। आफ्नै लागि मात्र कवि हुनेछु, लेख्नेछु, बस्नेछु, समय आएपछि सबै–सबै यत्तिकै छाडेर चुपचाप जानेछु। त्यसै पनि आजभोलि चुपचाप आऊँ, चुपचाप जाऊँ जस्तो लाग्छ। हेरेर आनन्द लिन छाडेर किन फोटो खिचेको होला मैले, कहिलेकाहीँ यात्रामा यस्तो सोच्ने गर्छु। 

मेरा कविताहरुमा अनेक सम्बन्ध देखिन्छन्। जीवनका यत्तिका वर्षहरुमा मैले भेटेका, देखेका मानिसहरुको प्रभाव छ, जुन मैले प्राप्त गरेँ जीवनकै हिँडाइमा। कविता मसँग हिँडिरहेको छ, अनि उत्ति नै रुचिले म पनि हिँडिरहेछु। तब त यो यात्रा चलिरहेको छ, यी पदचापहरु बनेका छन्। आफूसँग हिँडिरहेको कवितालाई मैले कोसिस गरेको छु, राम्रोसँग देखाउने। तपार्इंले देख्नुभयो भने तपाईंलाई लाग्न पनि हुन्छ। 

कहिलेकाँही लाग्छ, कविता बेच्ने कुरा नै होइन। यो त बतास जस्तो यसै छाडिदिनुपर्छ, जताततै हुनुपर्छ। अनि फेरि सोच्छु, यस्तो पनि होइन। नदी अनि तलाउमा पानी सित्तैमा भए जस्तो कतै कविता सित्तैमा हुनुपर्छ। अनि बोतलमा हुँदा जस्तो उही पानी धेरै मूल्यमा हुनुपर्छ। यसबारेमा म यस्तै दुविधामा छु, तपाईंहरुलाई के लाग्छ खै?

म सबै प्रकारका कविता मन पराउँछु। प्यारोडीदेखि बर्बराहट, नरमदेखि आक्रोशित। यस्तो, उस्तो सबै। उपन्यासभित्र भएको पनि। पानीमा तैरिरहेको फूलहरुले लेखिएको पनि, सर्टको टाँकमा ताराको प्रयोग गरेर सर्ट लगाउने आकाशको पनि।

सरलता, पानी जस्तो नरम तर चट्टान काट्ने शैलीको जीवनको पदचाप, अग्रजहरुको सुन्दर पेन्टिङ, लेखन, कविता अनि मानिसहरु, उनीहरुको जीवन, जीवनले बनाएका अनेक स्वादका सम्बन्ध आदि कुराले अक्सर कविताको छुवाइको अनुभूति दिएको हुन्छ मलाई।

परिवार अनि घर, सायद मेरो लागि होइन कि? मौका पाउनेबित्तिकै मलाई घुम्न कतै निस्कन मनपर्छ, त्यो पनि पैदल यात्रा। अन्तै कतै जान नसक्दा एक्लै–एक्लै पनि काठमाडौंको डाँडाकाँडा म पुगिरहन्छु। पुस्तक त घरमा हुँदा मात्र हो मैले संगत गर्ने। भुस्याहा कुकुरहरु अनि धूलो नहुँदो हो त, काठमाडांैका गल्लीहरुमा रातमा हिँड्नु पनि गज्जबको मीठो हुन्छ, कुनै समय हिँडेको हो, अहिले धूलोले दिँदैन।

फर्केर हेर्दा

जीवनमा पहिलो काम कलेजमा पढाउने गरेँ। अनि केही वर्षमा लाग्यो, यार! यो पढाउने काम त ५० वर्षपछि गर्ने हो अनुभव थुप्रै भएपछि। तब छाडिदिएँ। अनि पर्यटकको गाइड भएर हिँडे, वेटर भएँ, होटलको मेनेजर, त्यसपछि दूध डेरी खोलेर दूध–घ्यू बेचेर बसेँ, अनि कन्सल्टेन्सी पनि गरेँ छोटो समय, आइटीको काम गरें, अनि फेरि स्कुलमा साना नानीहरुलाई पढाएँ। कविता लेख्न यस्तो घुमन्ते जनावर जस्तो हुनुपर्छ जस्तो त लाग्दैन। तर, हृदयदेखि यस्तै छु कि म, खै!

विवाह त ४० वर्षपछि गर्दा पनि हुन्छ। किनकि मसँग यो यस्तो यही गर्नुपर्छ भन्ने केही–केही रहेन। आफूलाई व्यस्त राख्न पढ्ने, लेख्ने गरिरहेको छु। खान अनि बस्नका लागि केही पैसा चाहिने, त्यसका लागि डिजिटल मार्केटिङको काम गरिरहेको छु। अब केही वर्ष डोल्पामा भोलेन्टियर टिचर भएर काम गरी बस्न मन छ। उतै बसेर अधुरो भई बसेका तीन उपन्यास पूरा गरेर आऊँ जस्तो लागिरहेछ। थाहा छैन, उता भोलेन्टियरको काम गर्दै–गर्दा उपन्यासमाथि काम गर्न सक्छु–सक्दिनँ। 

जीवनका सुरुवातका दिनहरु। सात–आठ वर्षदेखि १७/१८ वर्षसम्म मैले खेतमा काम गरेँ। धान, गहुँ, तरकारीको उब्जनीका लागि आमाबुवालाई सघाएँ। मलाई खेतमा काम गरेको त्यो बाल्यकालमा फेरि फर्किन मन छ। फूल खेती गर्न मन छ। कविता? यो सब त मेरो बेरोजगारीको उपज हो जस्तो लाग्छ। तैपनि कविताले मलाई बचाएको छ। कविताको सदैब ऋणी छु म। म अलि अल्छी जस्तो भएँ। आफ्नै सपना गाँसिएको काम मात्र गर्न खोजेँ। तैपनि थुप्रै काम गरेँ। त्यत्ति साधारण पनि भइनँ। हुनुपर्ने त साधारण रहेछ, अनि जे गर्दा पनि हुँदो रहेछ। काम छानिरहनु बेकार रहेछ।

मेरो चाहनाको कुराले हुने भए, मेरो कोसिसले हुने भए त ३ वटै उपन्यास बीचैमा छाडेर कविताको पुस्तक ल्याउँथे र! कविता त मलाई यत्तिकै इन्टरनेटमा पिडिएफ बनाएर राखिदिन मन थियो। उपन्यास लेख्नसके त्यसलाई चाहिँ चाउचाउ जसरी बेच्ने सोच थियो। अहिले भने मलाई महसुस भएको छ, भगवानले मलाई कविताभन्दा अरु केही दिन चाहेका छैनन् कि! यहीँनेर भ्यान गगलाई सम्झन्छु, जीवनकालमा एकदम असफल पेन्टर। उनी यति अभावमा थिए, जीवनकालमा उनले पत्रकारलाई खुसी पार्न कहिल्यै सकेनन्। सुन्दर मञ्चमा पहुँच बनाउन कहिल्यै सकेनन्। आफ्नो कलाको बारेमा हल्ला चलाउन कहिल्यै सकेनन्। जीवनकालमा असफल रहे।

हामी हरेक आफ्नै जीवनको क्रान्तिमा हुन्छौं। हामी हरेकसँगै आफ्नै फरक खालको गन्ध हुन्छ, फ्लेवर हुन्छ। त्यो गन्धलाई महसुस गर्नु अनि त्यसमा आफूलाई जीवन्त पार्नु हाम्रो काम सायद यत्ति नै होला। बाँकी काम अदृश्य शक्तिको हातमा हुन्छ। 

‘शिक्षक वा पुस्तकले भनेको कुरामा सन्देह गर।’ बुद्घले यसो किन भन्नुभयो, पहिले त मैले बुझिनँ। विश्वास के कुरालाई गर्ने त उसो भए? आफैंलाई प्रश्न गरेर थुप्रै वर्ष हिँडेँ म। अनि केही वर्षअघि विपस्याना ध्यानमा बसेको समयमा महसुस भयो, सुन्नुपर्ने, विश्वास गर्नुपर्ने त आफूभित्रको आवाजलाई रहेछ। पानी सङ्लो बनाउन भनेर नदीमा पौडी खेल्ने खालको ‘एक्टिभिस्ट’ थिए नि म त पहिले। धन्न विपस्यनामा पुगेँ, अनि किनारमा बसेर पानीलाई सङ्लो हुँदै गएको हेरेर आनन्दित हुन जाने। 

कविता, कला, पेन्टिङ किन ?

उहिल्यै–उहिल्यैदेखि लोकगीत थियो, संगीत थियो, नृत्य थियो। खैँजडी बजाएर भजनमा कसरी नाच्थे मानिसहरु। चुट्का, सालैजो भाकामा रातभर रोदीमा बिताउँथे। पुराणहरु लगाएको बेलामा भजन–कीर्तन हुन्थ्यो। उता पूर्वका पहाडहरुमा च्याबु्रङ बज्थ्यो, साकेला नाच्थे। मानिसले उहिल्यैदेखि यो कुरा सिर्जना गरेको थियो, फेरि पनि प्रश्न गर्छौं किन? खानाले पेट मात्रै भर्दाे रहेछ, भर्नुपर्ने अरु थुप्रै कुरा हुँदा रहेछन् मानिससँग। आर्ट सिर्जना गर्नु, कविता लेख्नुलाई खाना बनाउनु अनि मानिसहरुलाई पस्कनु जस्तो महसुस गर्छु। आफ्ना केटाकेटीले खानासँग रमाएको देखेर आमालाई तृप्ति महसुस हुन्छ, कविता पाठकहरुको माझमा राख्दा मलाई यस्तै हुन्छ। 

जसरी हामीभित्र छुट्टै गन्ध हुन्छ, स्वाद हुन्छ। हाम्रो संस्कृति, माटो, नदी, बतास अनि भाषासँग पनि त्यस्तै केही कुरा अलि अलग हुन्छ। मलाई जहिल्यै यहीँनेर आफू कमजोर लाग्छ, कवितामा त्यो गन्ध आउनुपर्ने हदसम्म आएन कि! त्यसैले ल्यापटप, मोबाइल छाडेर गाउँ गएर बस्न अनि त्यहाँका मानिसहरुको कुरा सुन्न मलाई मीठो लाग्छ। उनीहरुको जीवनको आयामले, सपना र निराशाले, दुःख र पीडाले, हाँसो र खुसीले भिज्न मन पराउँछु। त्यसका लागि काठमाडौं उपयुक्त होइन, काठमाडौं छोड्ने कोसिसमा सदैव छु।

बिहानमा अनि दिनमा भन्दा रातमा लेख्न मजा लाग्छ, आजभोलि। कहिलेकाहीँ बिहान ५ बजेसम्म लेखेर बस्ने गर्छु। अनि ६ बजेतिर सुत्ने गर्छु। अफिस हिँड्नुनपर्ने भएकाले यो सम्भव छ। 

पछिल्ला केही वर्ष म आफ्नो लागि मस्तसँग समय दिएर बाँचेँ। यसरी आफूलाई समय दिन पुग्यो जस्तो महसुस भइरहेको छ अब। मित्रहरुका लागि, आफन्तका लागि, आत्मीय भाइहरुका लागि केही गरुँ, उनीहरुको काम आउन सकूँ, उनीहरुलाई सहयोगी रहन सकूँ आजभोलि यस्तो सोचाइमा छु। छिटै त्यस्तो केही काम सुरु गर्छु होला। आफूलाई समय दिँदा मैले थुप्रैलाई समय दिएको छैन। यस्तो महसुस गर्दा सदैव पीडा हुन्छ मलाई। अन्यथा म  पीडामा सितिमिति रहन्नँ।

कविता लेख्दा होस् वा धुन गुनगुनाउँदा, जीवनबाट लिएर जीवनलाई नै फिर्ता दिइरहेको हुन्छु। 8, देश, आँगन म छाड्न सक्छु, जीवन छाड्न सक्दिनँ नि, यसैले पनि जीवनलाई नजिक राखेर हरेक अरु कुरालाई हेर्न मन पराउँछु। तपस्वीहरु जीवनलाई पनि पर राखेर हेर्न सक्छन्, त्यो बाटो मेरो हो/होइन अहिल्यै म कसरी भनूँ, त्यो बाटोमा जादिनँ म, यस्तो भने मलाई सधैँ लाग्छ। किनकि न म जीवनदेखि अघाएको छु, न त्यो तटस्थताको फल मेरो जीवनको वृक्षमा पाकेको छ।

राजनीतिको वर्तमान अवस्थाप्रति अनि सामाजिक वस्तुस्थितिप्रति कविता नलेख्नु, केही नलेख्नु। प्रेम कविता पनि नलेख्नु। यी दुई विषयमा कविता लेख्नु भनेको चलन जस्तो हो, जसले पनि लेख्छ। योभन्दा पर पनि के केही लेख्ने कुरा छ तिमीसँग? जुन नलेखी बस्न सक्दैनौ तिमी, छ भने तब लेख्नु। मेरो हृदय मलाई यसो भन्दै छ। म उसको कुरा सुनेर बसिरहेको छु अहिले चुपचाप, चुपचाप। चुपचापमा रहँदा निःशब्दलाई सुन्न सकिँदो रहेछ। 

शब्द ईश्वरको होइन, त्यो निर्मल छैन। निःशब्द ईश्वरको हो, त्यो निर्मल छ। शब्दभन्दा परको त्यो निर्मलमा रहन मजा आइरहेछ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०७५  ००:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बिहीबार, असोज १५, २०८३
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न बिहीबार, असोज १५, २०८३
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित बिहीबार, असोज १५, २०८३
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्