एजेन्सी- अक्षय कुमारको प्रदर्शनको तयारीमा रहेको फिल्म 'लक्ष्मी बम्ब' विवादमा तानिएको छ। ट्रेलर रिलिज भएपछि कतिपय व्यक्ति र समुदाय फिल्मको नाम र कहानीलाई लिएर आन्दोलिन भइरहेका छन्।
पछिल्लो समय हिन्दु सेना नामक संगठनले पनि फिल्मको विरुद्धमा मोर्चाबन्दी गर्न थालेको छ। संगठनले फिल्मले धार्मिक भावनामा ठेस पुर्यामएको आरोप लगाउँदै नाम नै परिवर्तन गर्न माग गरेको छ।
हिन्दु सेनाले भारतका केन्द्रीय मन्त्री प्रकाश जावडेकरलाई पत्र नै लेखेको छ। यही पत्रमार्फत फिल्मको नाम बदल्न माग गरिएको छ। उक्त संगठनले फिल्मको नाम परिवर्तन गरिएन भने रिलिजको समयमा संगठनका कार्यकर्ताले विरोध प्रदर्शन गर्ने चेतावनी समेत दिएको छ।
पत्रमा फिल्म मेकर्सले हिन्दु समुदायलाई उक्साउने प्रयास गरिएको बताइएको छ। हिन्दु सेनाले भनेको छ- लक्ष्मीको साथमा बमको प्रयोग गर्नु गलत हो, यो कदापि स्वीकार्य हुने छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।