काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहित नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू:
१) प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय गुप्तचर संस्था रअका प्रमुख सामान्तकुमार गोयललको भेट, नेपाल भारतबीच मैत्री सम्बन्ध खल्बलिन नदिने विषयमा कुराकानी, भेटलाई लिएर प्रधानमन्त्रीको चौतर्फी आलोचना (संशयपूर्ण भेट)
२) नेपालमा एकै दिन २१ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या पुग्यो ८ सय १२, २४ घण्टामा ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण भएसँगै संक्रमितको संख्या पुग्यो १ लाख ४८ हजार ५०९ (कोरोना कहर)
३) सरकारले विदेशी च्यानलको क्लिन फिड प्रसारण नीति कडाइका साथ लागु गर्ने, निर्णय ऐतिहासिक भएको भन्दै सरकार यसबाटपछि नहट्ने सञ्चार मन्त्री गुरुङको स्पष्टोक्ति (क्लिनफिडमा कडाइ)
४) संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले यमनमा युद्धविरामका लागि विशेष आग्रह, मानवीय सहायताको खाँचो परेको भन्दै राष्ट्रव्यापी रुपमा युद्धविराम गर्नुपर्ने धारणा (यमनमा युद्धविरामका लागि आग्रह)
५) र, इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात, अर्को खेलमा ओलम्पियाकोसबाट मार्सेली एक–शून्य गोलअन्तरले पराजित (सिटीको विजयी सुरुवात)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।