काठमाडौं- युरोपको स्पेनमा मुख्यालय रहेको अन्तराष्ट्रिय पर्यटन संस्था स्कल इन्टरनेसनलले नेपाल पर्यटन बोर्डलाई सन् २०२० को प्रेसिडेन्ट अवार्ड प्रदान गर्ने निर्णय गरेको छ। कर्पोरेट विधा अन्तर्गत यो सम्मान वर्षकै गन्तव्यका रुपमा नेपाललाई घोषणा गरिएकाले यो सम्मान दिइएको बताइएको छ।
पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले सम्मानले नेपाल प्रवर्द्धन गर्ने अभियानलाई अझ उर्जा थपेको प्रतिक्रिया दिए।
सार्वजनिक नीजि साझेदारी अवधारणा अन्तर्गत स्थापित बोर्डले अघि बढाइरहेको अभियान र नीजि क्षेत्रको सक्रियता तथा निरन्तर उत्प्रेरणाबाट स्कल प्रेसिडेन्ट अवार्ड हात पार्न संभव भएको उनको भनाइ छ।
१९८३ बाट वार्षिक रुपमा यो सम्मान प्रदान गरिदैं आएको छ। पर्यटन क्षेत्रमा संस्थागत अभियान मार्फत सकरात्मक उर्जा निर्माण गर्न सघाउने संस्थालाई यो सम्मान प्रदान गरिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।