काठमाडौं–राष्ट्रिय ध्वजवाहक नेपाल एयरलाइन्सले पूर्वको पहाडी जिल्ला ताप्लेजुङमा बुधबार (आज) बाट नियमित उडान सुरु गरेको छ।
एयरलाइन्सले सातामा बुधबार र शनिबार गरी २ उडान थालेको हो। लकडाउनका कारण बन्द भएको काठमाडौं–ताप्लेजुङ उडान सुरु भएको नेपाल एयरलाईन्सले जनाएको छ ।
नेपाल एयरलाईन्सको जहाज बुधबार ३ यात्रु लिएर ताप्लेजुङ गएको थियो। फर्कदा कुनै पनि यात्रु नलगेको नेपाल एयरलाईन्सका ताप्लेजुङ ईन्चार्ज लोकेन्द्र लिम्बुले बताए। ताप्लेजुङबाट काठमाडौं ६ हजार ७ सय ४०, काठमाडौंबाट ताप्लेजुङ ६ हजार ८ सय ४० रुपैयाँ भाडा दर कायम नेपाल एयरलाईन्सले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।