काठमाडौं-नेपाल इन्फ्रस्ट्रक्चर बैंकले मंसिर ३ गते दोस्रो वार्षिक साधारणसभा डाकेको छ। बैंकले पहिलो वार्षिक साधारणसभाबाटै प्राथमिक शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसके पनि अहिलेसम्म प्रकृया अगाडि नबढेकाले यस विषयमा पनि छलफल गरिने बैंकले जनाएको छ।
बैंकले जारी पुँजीको ४० प्रतिशत सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गर्ने छ। बैंकको हालको चुक्ता पुँजी १२ अर्ब रुपैयाँ रहेको छ। ८ अर्ब रुपैयाँको प्राथमिक शेयर निष्काशनपछि बैंकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुग्ने छ। बैंकले भर्चुअल माध्यमबाट साधारणसभा आयोजना गर्ने जनाएको छ।
साधारणसभाले बाल मन्दिर नक्साल र कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको सहयोग रकम क्रमश एक लाख ५० हजार रुपैयाँ र २५ लाख रुपैयाँ अनुमोदनका लागि साधारणसभामा पेश गर्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।