• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ १९, २०८२ Mon, Feb 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

‘मेस्सीले योभन्दा राम्रो खेल्नेछन्’

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक ४, २०७७  ०९:२१
1140x725

काठमाडौं- स्पेनिस फुटबल क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीको खेल यो सिजन सोचेजस्तो भइरहेको छैन। गोलमा बढ्ने मेस्सीको पुरानो शैली हराइरहे जस्तो देखिन्छ। ला लिगामा पछिल्ला सेभिया र गेटाफेसँगको खेलमा पनि मेस्सी पहिले जस्तो देखिएनन्।

गएको सिजन सकिएपछि मेस्सी बार्सिलोना छाड्ने तयारीमा लागेका थिए। तर क्लबले उनको महँगो रिलिज क्लज देखाएर बाहिरिने बाटो बन्द गरिदियो, जसले उनी एक सिजन बार्सिलोनामा रहन बाध्य देखिए। जस्तो परिस्थितिहरु आएको भए पनि आफू सम्पूर्ण रुपले खेलमा ध्यान दिने मेस्सीले बताउँदै आइरहेका छन्। 

नयाँ सिजन च्याम्पियन्स लिगको पहिलो खेलमा फेरेन्सभारोसी टिसीसँग बार्सिलोनाले मंगलबार राति पौने १ बजे प्रतिस्पर्धा गर्दैछ। जसमा मुख्य ध्यान लियोनल मेस्सीमाथि नै हुनेछ। यो सिजन अहिलेसम्म एक गोल मात्र गरेका मेस्सीले मैदानमा के गर्नेछन् भन्ने विशेष चासो सधैँ रहन्छ नै। 

अहिले ३३ वर्षको उमेरमा मेस्सीसँग पुरानै खेलको अपेक्षा गरिरहनु त धेरै उपयुक्त नहोला तर उनले अहिले जति गरिरहेका छन् त्यो भन्दा राम्रो गर्ने ठाउँ भने देखिन्छ नै। गएको सिजन सबै प्रतिस्पर्धामा गरेर मेस्सीले ३१ गोल गरेका थिए। अन्य खेलाडीसँगको तुलनामा मेस्सीको गएको सिजन उत्कृष्ट नै हो, तर उनीसँग अपेक्षा त्योभन्दा बढी रहन्छ। 

गएको सिजन ला लिगामा सर्वाधिक गोलकर्ता मेस्सीले २५ गोल गरेका थिए। जुन पछिल्लो दशकमा नै मेस्सीको कमजोर गोल आँकडामा देखिन्छ। गएको सिजन ला लिगामा मेस्सीले गरेका २१ असिस्ट भने कीतिमानि रह्यो। 

Ncell 2
Ncell 2

ला लिगामा गएको सिजन ३३ खेल खेलेका मेस्सीले १७ खेलमा मात्र गोल गरेका थिए। अझ गएको सिजन उनले च्याम्पियन्स लिगमा ३ गोल मात्र गर्न सकेका थिए, जुन पछिल्ला १५ वर्षमा नै सबैभन्दा कम हो। 

गएको सिजनमा नै कमजोर देखिएको मेस्सीको गोल संख्या यो सिजनमा अझ कमजोर हुने देखिन्छ। अहिले चार खेलमा उनले पेनाल्टीमार्फत एक गोल मात्र गरेका छन्। अहिले उनी ‘प्लेमेकर’ को रुपमा मिडफिल्डमा नै बढी देखिन्छन्। हुन त यो सिजनमा अझ लामो बाटो बाँकी नै छ, त्यसैले मेस्सीले केही गर्ने नै छन् भन्ने आशमा समर्थक रहिरहेकै छन्। 

बार्सिलोनामा यसै सिजन आएका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले पनि मेस्सीले अझै राम्रो खेल्नेछन् र गोलमा बढ्नेछन् भन्ने विश्वासमा आफू रहेको बताएका छन्। च्याम्पियन्स लिगमा फेरेन्सभारोसिसँग खेलबारे कुरा गर्दा कोम्यानले भनेका छन्, ‘मेस्सीले खेलमा लगाएको मेहनतमा मेरो कुनै प्रश्न र दुविधा छैन। उनले पूरा मेहनत गरिरहेका छन्। अब अगाडि राम्रो हुनेछ भन्ने आश गरौँ।’

‘अहिलेको भन्दा उनको खेल राम्रो हुन सक्ने ठाउँ देखिन्छ। हरेक दिन सुधार गर्दै गएर राम्रो गर्ने मनस्थिति उनमा पनि देखिन्छ। उनी बार्सिलोना कप्तानका रुपमा राम्रो खेलेर नै अगाडि बढ्न चाहन्छन्’ उनले भनेका छन्। 

च्याम्पियन्स लिगमा यो सिजन बार्सिलोना फेरेन्सभारोसि, युभेन्टस र डायनामो किभसँगै समूह जीमा रहेका छ। जसमा क्रिष्टियानो रोनाल्डो र मेस्सीको प्रतिस्पर्धा पुनः देख्न पाउने भन्दै समर्थकका लागि यो सिजन अझ विशेष बनेको छ। पछिल्लो दशकभन्दा बढी नै फुटबलको केन्द्रमा यी दुई खेलाडी देखिइरहेका छन्। 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७  ०९:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिकाले आक्रमण गरे क्षेत्रीय युद्ध सुरु हुने खामेनीको चेतावनी
यूएईले दियो दुई सय ६७ नेपाली कैदीलाई आममाफी
राष्ट्रपति रामचन्द्र पौडेल जापानमा
सम्बन्धित सामग्री
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । सोमबार, माघ १९, २०८२
साफ यु-१९ महिला च्याम्पियनसिप : उद्धाटन खेलमा आज नेपाल र भारत भिड्दै साफको समन्वय तथा एन्फाको आयोजनामा हुने ‘राउण्ड रोबिन लिग’ प्रणाली अन्तर्रगतको प्रतियोगिता प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल... शनिबार, माघ १७, २०८२
एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश उच्चले अन्तरिम आदेशका बारेमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश पनि गरेको छ । उच्चले अन्तरिम आदेश छलफलका लागि माघ ६ गते पेसी तोकेको... सोमबार, पुस २८, २०८२
ताजा समाचारसबै
अमेरिकाले आक्रमण गरे क्षेत्रीय युद्ध सुरु हुने खामेनीको चेतावनी सोमबार, माघ १९, २०८२
यूएईले दियो दुई सय ६७ नेपाली कैदीलाई आममाफी सोमबार, माघ १९, २०८२
राष्ट्रपति रामचन्द्र पौडेल जापानमा सोमबार, माघ १९, २०८२
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै सोमबार, माघ १९, २०८२
आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश आइतबार, माघ १८, २०८२
भारतले नेपाललाई ८ सय करोड भारु अनुदान दिने आइतबार, माघ १८, २०८२
पत्रकार दिनेश सिटौलाको निधन आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्