काठमाडौं- सोमबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) दसैँभत्ता बाड्दा राज्यकोषमा २१ करोड ३३ लाखको भार, सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसद्वारा सांसदको भत्ता फिर्ता गर्ने निर्णय । ( दसैं भत्ताले राज्यकोषमा करोडौंको भार )
२) नेपालमा थप १८ कोरोना संक्रमितको मृत्यु, ७५७ पुगे मृतक, काठमाडौं उपत्यकामा २ हजार ३८८ सहित ३ हजार ७९० जनामा संक्रमण, ४० हजारभन्दा बढी पुगे सक्रिय संक्रमित । ( नेपालमा ७५७ पुगे मृतक )
३) असोजसम्ममा ३ खर्ब २३ अर्ब ३० करोड रूपैयाँको वैदेशिक व्यापार, २ खर्ब ६१ अर्ब व्यापार घाटा, आयात र राजस्व घट्यो, निर्यात बढ्यो । ( आयात र राजस्व घट्यो )
४) ’भारत–चीन सीमामा शान्ति र स्थिरता नराम्ररी बिथोलिएको भारतीय विदेशमन्त्री एस जयशङ्करको भनाइ, विवादास्पद हिमाली सीमाक्षेत्रमा दुवै देशका ५० हजार बढी सैनिक तैनाथ । ( जटिलतातर्फ भारत–चीन सीमा विवाद )
५) र, इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमको वेष्टहामसँग ३–३ गोलको बराबरी, अर्को खेलमा लेस्टर सिटी एस्टन भिल्लासँग १–० गोलले पराजित । ( टोटेनहम र वेष्टहामको बराबरी )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।