• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ ७, २०८३ Sun, Aug 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

कर्जा विस्तारमा बैंकहरू आक्रामक‚ पहिलो त्रैमासमै एक खर्ब २९ अर्ब लगानी

ब्याजको किस्तालाई पुँजीकरण गरेर कर्जाको आकार बढाउदै बैंकहरू
64x64
अरुण सापकोटा सोमबार, कात्तिक ३, २०७७  १८:१३
1140x725

काठमाडौं- कोभिड- १९ को महामारीकै अवधिमा वाणिज्य बैंकहरुले आक्रामक रुपमा कर्जा विस्तार गरेका छन्। चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा वाणिज्य बैंकहरुले एक खर्ब २९ अर्ब रुपैयाँले कर्जा विस्तार गरेका छन्।

बैंकहरुले पुरानै कर्जालाई व्याज पुँजीकरण गर्दा कर्जा विस्तार धेरै देखिएको हो। पहिलो त्रैमाशिक अवधिमा भएको कर्जा विस्तार मध्ये पछिलो एक साताको हिस्सा ५४ प्रतिशत छ। पहिलो त्रैमाशको अन्तिम सातामा बैंकहरुले कर्जाको व्याज तथा किस्तालाई पुँजीकरण गर्दा बैंकहरुको कर्जा विस्तार बढेको हिमालयन बैंकका प्रमुख कार्यकारि अधिकृत अशोक राणाले बताए।

ब्याज र किस्ता पुँजीकरण गर्दा बैंकहरुको नाफामा पनि उल्लेख सुधार हुने अपेक्षा गरिएको छ। नेपाल राष्ट्र बैंकले कोभिड प्रभावित ऋणीको ब्याज र किस्तालाई पुनर्तालिकीकरण गर्ने सुविधा प्रदान गरेसँगै बैंकहरुले यसको उचित फाइदा उठाउँदै आएका हुन्। 

चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा बाणिज्य बैंकहरुले ३० खर्ब ३४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। पहिलो त्रैमाशमा मात्रै बैंकहरुले एक खर्ब २९ अर्ब रुपैयाँले कर्जा विस्तार गरेका हुन्। साथै पहिलो त्रैमाशको अन्तिम सातामा मात्रै ७० अर्ब १५ करोड रुपैयाँ छ। 

कर्जा विस्तारमा सबैभन्दा धेरै एनआईसी एशिया बैंकको रहेको छ। बैंकले पहिलो एक त्रैमाशमा मात्रै २९ अर्ब रुपैयाँको कर्जा विस्तार गरेको हो। कतिपय बैंकहरुले अन्य बैंकहरुको कर्जा खोसिरहेका छन्। अन्य वाणिज्य बैंकबाट लिइरहेको कर्जालाई आफ्नो बैंकमा सार्ने अस्वस्थ प्रतिस्पर्धा पछिल्लो समय भइरहेको छ। ठुला बैंकहरु नै यस्तो काममा लागिरहेका छन्। 

केही बैंकहरुले अन्य बैंकका ऋणीलाई खोसेर कर्जा बढाउदै गर्दा कतिपय बैंकहरुको कर्जाको पोर्टफेलियो नै घटिरहेको छ। कर्जाको पोर्टफेलियो नै घट्नेमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल बंगलादेश बैंक, हिमालयन बैंक, लक्ष्मी बैंक, नेपाल एसबिआई बैंक रहेको छ। कर्जा विस्तारमा सबैभन्दा धेरै आक्रामक एनआईसी एशिया बैंक, प्रभु बैंक, एनएमबी बैंक, नविल बैंक रहेका छन्। कोभिड- १९ को रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले ५ महिनादेखि लगाउदै आएको निषेधाज्ञालाई कम गर्दै गर्दा बैंकहरुको कर्जा विस्तार पनि बढिरहेको छ। 

कर्जा विस्तारसँगै पहिलो त्रैमाशिक अवधिमा बैंकहरुको निक्षेप संकलनमा पनि उल्लेख्य सुधार आएको छ। निक्षेप संकलनमा सबैभन्दा धेरै योगदान रेमिट्यान्स रहेको नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अलिल शर्माले जानकारी दिए। त्यस्तै कर्मचारीको तलब भत्ता खातामा आउदा पनि बैंकहरुको निक्षेप बढेको हो।

अर्कोतर्फ बैंकहरुले पहिलो त्रैमाशको व्याज रकम निक्षेपकर्ताको खातामा थपिदिदा पनि निक्षेप बढेको हो। 

nimb
nimb
Ncell 2
Ncell 2

वाणिज्य बैंकहरुले पहिलो त्रैमाशमा एक खर्ब ६४ अर्ब रुपैयाँले निक्षेप बढाएका छन्। पहिलो त्रैमाशको अन्तिम सातामा मात्रै भने ७४ अर्ब ८८ करोड रुपैयाँले बढेको छ। निक्षेप बढाउनेमा पनि एनआइसी एसिया पहिलो नम्बरमा छ। एनआइसी एशियाले मात्रै ३५ अर्ब ३६ करोड रुपैयाँले निक्षेप बढाएको छ।

यसका साथै सबैभन्दा धेरै निक्षेप संकलन गर्नेमा एनआइसी पहिलो भएको छ। एनआईसी एक्लैको २ खर्ब ४६ अर्ब रुपैयाँ नाघेको छ। 

आधार ब्याज कम भएका बाणिज्य बैंकहरुले अन्य बैंकको महंगो व्याजरको कर्जा खोज्ने क्रम पनि बढेको देखिन्छ। यसै अवधिमा एनआईसी एशियाले आफ्नो आधार ब्याजदरमा उल्लेख्य मात्रामा घटाउन सफल भयो। आधार व्याजदर घटाउने वित्तीकै उसले सस्तो व्याजदरमा अन्य बैंकको कर्जा खोस्न सफल भएको हो।

बजारमा अधिक तरलता हुँदा दोहोरो अंक रहेको ब्याजदर लकडाउन सुरु भएसँगै एक अंकमा झारिरहेको छ। आधार ब्याजदर एकल अंकमा आउने बित्तिकै बैंकले आफूलाई बजारमा खरो सँग उतार्न सफल भयो। यसले गर्दा बजारमा ऋण खोसाखोसको अस्वस्थ प्रतिस्पर्धामै उत्रिन भ्यायो। यसै विषयले बैंकर्स संघमा केही समय लामै छलफल पनि भयो। नविल बैंकले पनि यसै अवधिमा राम्रो फाइदा लियो। आधार ब्याजदर तल्लो बिन्दुमा झार्दै ऋण खोस्ने गतल प्रवृत्तिका कारण कतिपय विदेशी साझेदार बैंकहरु समस्यामा पनि परेको देखिएको छ। 

ती बैंकहरु यस्तो अवस्थामा कर्जा विस्तार गर्नु घातक भएको भन्दै बजारमा उत्रिएनन्। बजारमा खरोसँग नउत्रिदै गर्दा ति बैंकहरुले आफ्नो कर्जाको पोर्टफेलियो नै गुमाउनु परेको हो। यसले केही समयका लागि बजार विस्तार नभएको देखिए पनि अन्तरालमा गएर खराब कर्जाको सिकार हुनु नपर्ने राणा बताउँछन्।

No description available.

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७  १८:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
नेप्सेमा गिरावट कायमै, ५ अर्ब ७ करोडको कारोबार नेप्सेमा दोहोरो अंकको गिरवाट आएसँगै आज २६२२ विन्दुमा कायम भएको छ। मंगलबार, भदौ २, २०८३
तरलता व्यवस्थापनको दबाबमा बैंकहरू, भदौमा पनि निक्षेपको ब्याजदर घट्यो बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिने क्रम जारी छ। यसको प्रभाव वाणिज्य बैंकहर... आइतबार, साउन ३१, २०८३
निरन्तर एक सातादेखि अमेरिकी डलरको मूल्य स्थिर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैय... शनिबार, साउन ३०, २०८३
ताजा समाचारसबै
पूर्वराजा ज्ञानेन्द्रसँग धवल शमशेरबीच ‘वान टु वान’ दुई घण्टा कुराकानी, के–के विषयमा भयो छलफल? आइतबार, भदौ ७, २०८३
तीन वर्षीया बालिका मृत फेला घटनामा शंकास्पद ‘घरभित्रकै व्यक्ति’ पक्राउ आइतबार, भदौ ७, २०८३
रवि लामिछानेको चीन भ्रमण स्थगित आइतबार, भदौ ७, २०८३
नेपाली आरोहीलाई नेपालमै अवसर दिनुपर्छ : सांसद शेर्पा आइतबार, भदौ ७, २०८३
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घमा ओली निर्वाचित आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गरिमा चौधरी प्रकरणमा गृहमन्त्रीले भने– सरकार मौन छैन, दोषीलाई मृत्युदण्ड दिन सकिँदैन शनिबार, भदौ ६, २०८३
सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति शनिबार, भदौ ६, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्