काठमाडौं–कोरोना महामारीसँगै बन्द भएको बर्दिया राष्ट्रिय निुकन्ज पर्यटकका लागि आंशिक रुपमा खुला भएको छ।
निकुन्ज व्यवस्थापनले दसैं तथा तिहारमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने भन्दै आंशिक रुपमा खुल्ला गरेको हो।
पर्यटन व्यवसायीले पनि स्वास्थ्य मापदण्ड तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सुरक्षा निर्देशिका पालना गर्दै निकुुन्ज खुला गर्नु पर्ने माग राख्दै आएका थिए।
व्यवसायीको मागअनुसार निकुन्ज व्यवस्थापनले पनि तत्कालका लागि आंशिक रुपमा निकुन्ज खुला गरेको जनाएको छ।
तत्कालका लागि जंगल ड्राइभ तथा जंगल वाकमात्रै खुला गरिएको छ। तर, हात्तीसफारी, र्याफ्टिङ तथा फिसिङ भने खुला गरिएको छैन।
साथै निकुन्जले पर्यटकले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने र जिपमा ६० प्रतिशतभन्दा बढी पर्यटक राख्न नपाउने गरी खुला गरेको छ।
यसैगरी पैदल अवलोकनमा आउने पर्यटकको हकमा भने ३ जनाको साथमा एक जना गाइडमात्रै हिडन पाउने छन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।