• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

सुधीर बस्नेतको ओरियन्टलमा बचतकर्ताको दायित्व २ अर्ब ३४ करोड मात्र आँकलन! ५४ सय सदस्यको मागदाबी

१ महिना म्याद थप्ने तयारी
64x64
हेमन्त जोशी आइतबार, कात्तिक २, २०७७  १८:४८
1140x725

काठमाडौं- सुधीर बस्नेत संचालक रहेको समस्याग्रस्त ओरियन्टल बचत तथा ऋण सहकारी संस्थाबाट आफ्नो निक्षेप फिर्ता लिन करिब ५ हजार ४ सय सदस्यले हकदाबीको निवेदन दिएका छन्। ओरियन्टलका बचतकर्तालाई निक्षेप दाबी गर्न दिइएको ६० दिने समयसीमा असोज २९ गते सकिएको छ। यो अवधिमा झन्डै ५ हजार ४ सय सदस्यले निक्षेप फिर्ताका लागि निवेदन दिएको बस्नेतका कानुन व्यवसायी मधुप्रसाद चौलागाईंले नेपाल लाइभलाई जानकारी दिए।

कानुन व्यवसायी चौंलागाईंका अनुसार अझै करिब डेढ सय सदस्यबाट निक्षेप फिर्ताका लागि आवेदन आउन बाँकी छ। ओरियन्टलबाट बचतकर्ताले फिर्ता पाउनुपर्ने रकम समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले निर्धारण गरेको रकमभन्दा निकै कम देखिएको उनको दाबी छ।

‘करिब २ अर्ब ३४ करोड रुपैयाँ बराबर निक्षेपकर्ताको दायित्व देखियो। धेरैजसो सदस्यले आफ्नो बचत फिर्ता लिइसकेको र हिसाब मिलान गरिसकेकाले पहिले अनुमान गरेभन्दा कम देखिएको हो,’ उनले भने। थुनामुक्त भइसकेपछि बस्नेतले धेरैजसो बचतकर्ताको हिसाब मिलान गरेकाले कम देखिएको चौलागाईंको भनाइ छ। 

ओरियन्टलको दायित्व फरफारक गर्ने जिम्मा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले नभई सुधीर बस्नेत आफैले लिनुपर्ने भन्दै सर्वोच्च अदालतले गत फागुन ११ गते फैसला सुनाएको थियो। सर्वोच्चको उक्त फैसलापछि गत साउन १६ गते बस्नेतले आफ्नो नामबाट सार्वजनिक सूचना निकाल्दै ओरियन्टलका बचतकर्तालाई साउन २९ गतेबाट ६० दिनभित्र निक्षेप दाबी गर्न भनेको थियो। 

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले भने ओरियन्टलको दायित्व करिब १६ अर्ब रुपैयाँ बराबर रहेको आँकलन गरेको थियो। तर बस्नेतका कानुन व्यवसायी चौलागाँईका अनुसार निक्षेपकर्ताको बचत रकम, ओरियन्टल सहकारीले लगानी गरेका विभिन्न ठाउँका जग्गा तथा हाउजिङ र बैंकको कर्जासमेत गरेर दायित्व धेरै देखिएपनि बचतकर्ताको दायित्व भने २ अर्ब ३४ करोड मात्रै छ। 

‘हाउजिङतर्फको पाटो हामीले यसमा ल्याएका छैनौं। किनभने त्यो धेरैजसो सेटल पनि भइसक्यो। बैंकको कर्जा पनि अधिकांश लिलाम बिक्रीबाट सल्टिएको हुनाले ओरियन्टलका सदस्यहरुको निक्षेप फिर्ता गर्नुपर्ने रकम मात्र यति यकिन भएको हो,’ उनले भने।  

निक्षेप फिर्ताको दाबी गर्ने म्याद एक महिना थप्ने तयारी
त्यस्तै निक्षेप फिर्ता लिनका लागि निवेदन दिन बाँकी सदस्यहरुलाई थप एक महिनाको समय दिएर अन्तिम सूचना प्रकाशित गर्न लागिएको पनि बस्नेतका कानुन व्यवसायी चौलागाईंको भनाइ छ। ‘पहिलो पटकको सूचनामा सबै बचतकर्ताले निक्षेप फिर्ताका लागि हक दाबीको निवेदन हालेनन्। सहकारी विभागसँगको समन्वयपछि एक महिना समय थपेर अन्तिम सूचना प्रकाशित गर्न लागिएको छ,’ चौलागाँईले भने।

यो पनि पढ्नुहोस्

ब्युँतियो ओरियन्टल सहकारी : निक्षेप फिर्ताका लागि निवेदन दिन सुधीर बस्नेतले जारी गरे ६० दिने सूचनाशनिबार, साउन १७, २०७७

सहकारी विभागका रजिष्ट्रार डा टोकराज पाण्डेले पनि ओरियन्टल आफ्नो समस्या लिएर विभागमा आएको र विभागसँग छलफल गरेको पुष्टि गरे।
यसअघि ओरियन्टल सहकारीसँग सम्बन्धित सबै विषय समस्याग्रस्त सहकारी व्यस्थापन समितिले हेरिरहेको भएपनि सर्वोच्चको फैसलापछि यो विषयबाट समिति बाहिरिइसकेको छ। समिति अध्यक्ष कुमार प्रसाद पोखरेलले अब ओरियन्टलको सम्पत्ति व्यवस्थापनको कुरा सुधीर बस्नेत स्वयं र राज्यका अरु नियामक निकायले टुंगाउने बताए।

Ncell 2
Ncell 2
nimb
nimb

‘सर्वोच्चको फैसलापछि समितिले गर्न सक्ने केही भएन। तर मन्त्रालय र सहकारी विभागलगायत नियामक निकायले यसलाई हेर्नुपर्छ। ओरियन्टलसँग सम्बन्धित समितिमा भएका कागजात र विवरण हामी सहकारी विभागलाई जिम्मा लगाउने तयारीमा छौं,’ पोखरेलले भने। 

तीन खेमामा निक्षेपकर्ता
ओरियन्टलको समस्या सुधीर बस्नेत आफैले समाधान गर्ने सर्वोच्चको फैसलापछि केही बचतकर्ता भने आफ्नो रकम फिर्ता नपाइने हो कि भनेर थप सशंकित भएका छन्। ‘ओरियन्टलमा डुबेको पैसा फिर्ता गर्न सहयोग गर्छ कि भनेर राज्यसँग आस थियो। तर अब त्यो पनि मर्‍यो। सुधीर बस्नेतले पैसा फिर्ता गर्ने भए पहिले नै गरिसक्थे। अब हाम्रो बचत डुबेकै बराबर भयो,’ ओरियन्टल पीडित एक बचतकर्ताले नेपाल लाइभसँग भने। 

लामो समयसम्म न्याय नपाएका ओरियन्टल पीडित अहिले खासगरी तीन खेमामा बाँडिएका छन्। केही टाठाबाठा व्यक्तिहरुले आफ्नो पैसा फिर्ता पनि लगिसकेका छन् भने केही बचतकर्ताहरु सुधीर बस्नेतले नै पैसा फिर्ता गर्ने आशमा छन्। अर्का एकथरि बचतकर्ता भने सुधीर बस्नेतले आफूहरुलाई अल्झाउन मात्र खोजेको र फेरि धोका पाइने सोचेर मन्त्रालय, विभाग, प्रहरी प्रशासनलगायत विभिन्न निकाय धाउन थालेका छन्। 

पीडित सदस्यहरुको एक खेमाको नेतृत्व गर्ने ओरियन्टल कोअपरेटिभका निक्षेपकर्ताको हकहित संरक्षण समिति अध्यक्ष कुन्तीदेवी पोखरेल सुधीर बस्नेतले निक्षेप फिर्ता गर्नेमा आफू आशावादी रहेको तर केही व्यक्तिहरुले फेरि यो विषयलाई बल्झाउन खोजेको बताउँछिन्। ‘अहिले केही व्यक्तिले आफ्नो रकम फिर्ता पाइसकेका छन्। केही पाउने क्रममा छन्। तर केही भने अझै यो विषय नसल्टिदिए हुन्थ्यो भनेर लागि परेका छन्,’ पोखेरलले भनिन्, ‘मिलिराखेको काममा भाँजो हाल्ने एक दुई जना व्यक्ति जहाँबाट पनि आइहाल्छन्।’

Xtrem

Xtrem

के अब ओरियन्टलका बचतकर्ताले अब आफ्नो साँवा ब्याज रकम फिर्ता पाउँछन् भन्नेमा तपाईलाई विश्वास छ भन्ने नेपाल लाइभको प्रश्नको जवाफमा पोखरेलले जति सम्पत्ति छ, त्यसलाई दामासाही तरिकाले सदस्यहरुमा बाँढ्ने र सावाभन्दा बढीको सम्पत्ति मूल्यांकन भएमा ब्याज पनि पाइने बताइन्।

‘सुधीर बस्नेत वा ओरियन्टल कोअपरेटिभको सम्पत्ति भनेको बचतकर्ताको सम्पत्ति हो। त्यसबाट जति रकम आउँछ, त्यो सदस्यहरुमा दामासाही तरिकाले बाँढिन्छ,’ उनले भनिन्।

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७  १८:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्