• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २, २०८२ Fri, Jan 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

सुधीर बस्नेतको ओरियन्टलमा बचतकर्ताको दायित्व २ अर्ब ३४ करोड मात्र आँकलन! ५४ सय सदस्यको मागदाबी

१ महिना म्याद थप्ने तयारी
64x64
हेमन्त जोशी आइतबार, कात्तिक २, २०७७  १८:४८
1140x725

काठमाडौं- सुधीर बस्नेत संचालक रहेको समस्याग्रस्त ओरियन्टल बचत तथा ऋण सहकारी संस्थाबाट आफ्नो निक्षेप फिर्ता लिन करिब ५ हजार ४ सय सदस्यले हकदाबीको निवेदन दिएका छन्। ओरियन्टलका बचतकर्तालाई निक्षेप दाबी गर्न दिइएको ६० दिने समयसीमा असोज २९ गते सकिएको छ। यो अवधिमा झन्डै ५ हजार ४ सय सदस्यले निक्षेप फिर्ताका लागि निवेदन दिएको बस्नेतका कानुन व्यवसायी मधुप्रसाद चौलागाईंले नेपाल लाइभलाई जानकारी दिए।

कानुन व्यवसायी चौंलागाईंका अनुसार अझै करिब डेढ सय सदस्यबाट निक्षेप फिर्ताका लागि आवेदन आउन बाँकी छ। ओरियन्टलबाट बचतकर्ताले फिर्ता पाउनुपर्ने रकम समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले निर्धारण गरेको रकमभन्दा निकै कम देखिएको उनको दाबी छ।

‘करिब २ अर्ब ३४ करोड रुपैयाँ बराबर निक्षेपकर्ताको दायित्व देखियो। धेरैजसो सदस्यले आफ्नो बचत फिर्ता लिइसकेको र हिसाब मिलान गरिसकेकाले पहिले अनुमान गरेभन्दा कम देखिएको हो,’ उनले भने। थुनामुक्त भइसकेपछि बस्नेतले धेरैजसो बचतकर्ताको हिसाब मिलान गरेकाले कम देखिएको चौलागाईंको भनाइ छ। 

ओरियन्टलको दायित्व फरफारक गर्ने जिम्मा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले नभई सुधीर बस्नेत आफैले लिनुपर्ने भन्दै सर्वोच्च अदालतले गत फागुन ११ गते फैसला सुनाएको थियो। सर्वोच्चको उक्त फैसलापछि गत साउन १६ गते बस्नेतले आफ्नो नामबाट सार्वजनिक सूचना निकाल्दै ओरियन्टलका बचतकर्तालाई साउन २९ गतेबाट ६० दिनभित्र निक्षेप दाबी गर्न भनेको थियो। 

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले भने ओरियन्टलको दायित्व करिब १६ अर्ब रुपैयाँ बराबर रहेको आँकलन गरेको थियो। तर बस्नेतका कानुन व्यवसायी चौलागाँईका अनुसार निक्षेपकर्ताको बचत रकम, ओरियन्टल सहकारीले लगानी गरेका विभिन्न ठाउँका जग्गा तथा हाउजिङ र बैंकको कर्जासमेत गरेर दायित्व धेरै देखिएपनि बचतकर्ताको दायित्व भने २ अर्ब ३४ करोड मात्रै छ। 

‘हाउजिङतर्फको पाटो हामीले यसमा ल्याएका छैनौं। किनभने त्यो धेरैजसो सेटल पनि भइसक्यो। बैंकको कर्जा पनि अधिकांश लिलाम बिक्रीबाट सल्टिएको हुनाले ओरियन्टलका सदस्यहरुको निक्षेप फिर्ता गर्नुपर्ने रकम मात्र यति यकिन भएको हो,’ उनले भने।  

निक्षेप फिर्ताको दाबी गर्ने म्याद एक महिना थप्ने तयारी
त्यस्तै निक्षेप फिर्ता लिनका लागि निवेदन दिन बाँकी सदस्यहरुलाई थप एक महिनाको समय दिएर अन्तिम सूचना प्रकाशित गर्न लागिएको पनि बस्नेतका कानुन व्यवसायी चौलागाईंको भनाइ छ। ‘पहिलो पटकको सूचनामा सबै बचतकर्ताले निक्षेप फिर्ताका लागि हक दाबीको निवेदन हालेनन्। सहकारी विभागसँगको समन्वयपछि एक महिना समय थपेर अन्तिम सूचना प्रकाशित गर्न लागिएको छ,’ चौलागाँईले भने।

यो पनि पढ्नुहोस्

ब्युँतियो ओरियन्टल सहकारी : निक्षेप फिर्ताका लागि निवेदन दिन सुधीर बस्नेतले जारी गरे ६० दिने सूचनाशनिबार, साउन १७, २०७७

सहकारी विभागका रजिष्ट्रार डा टोकराज पाण्डेले पनि ओरियन्टल आफ्नो समस्या लिएर विभागमा आएको र विभागसँग छलफल गरेको पुष्टि गरे।
यसअघि ओरियन्टल सहकारीसँग सम्बन्धित सबै विषय समस्याग्रस्त सहकारी व्यस्थापन समितिले हेरिरहेको भएपनि सर्वोच्चको फैसलापछि यो विषयबाट समिति बाहिरिइसकेको छ। समिति अध्यक्ष कुमार प्रसाद पोखरेलले अब ओरियन्टलको सम्पत्ति व्यवस्थापनको कुरा सुधीर बस्नेत स्वयं र राज्यका अरु नियामक निकायले टुंगाउने बताए।

Ncell 2
Ncell 2

‘सर्वोच्चको फैसलापछि समितिले गर्न सक्ने केही भएन। तर मन्त्रालय र सहकारी विभागलगायत नियामक निकायले यसलाई हेर्नुपर्छ। ओरियन्टलसँग सम्बन्धित समितिमा भएका कागजात र विवरण हामी सहकारी विभागलाई जिम्मा लगाउने तयारीमा छौं,’ पोखरेलले भने। 

तीन खेमामा निक्षेपकर्ता
ओरियन्टलको समस्या सुधीर बस्नेत आफैले समाधान गर्ने सर्वोच्चको फैसलापछि केही बचतकर्ता भने आफ्नो रकम फिर्ता नपाइने हो कि भनेर थप सशंकित भएका छन्। ‘ओरियन्टलमा डुबेको पैसा फिर्ता गर्न सहयोग गर्छ कि भनेर राज्यसँग आस थियो। तर अब त्यो पनि मर्‍यो। सुधीर बस्नेतले पैसा फिर्ता गर्ने भए पहिले नै गरिसक्थे। अब हाम्रो बचत डुबेकै बराबर भयो,’ ओरियन्टल पीडित एक बचतकर्ताले नेपाल लाइभसँग भने। 

लामो समयसम्म न्याय नपाएका ओरियन्टल पीडित अहिले खासगरी तीन खेमामा बाँडिएका छन्। केही टाठाबाठा व्यक्तिहरुले आफ्नो पैसा फिर्ता पनि लगिसकेका छन् भने केही बचतकर्ताहरु सुधीर बस्नेतले नै पैसा फिर्ता गर्ने आशमा छन्। अर्का एकथरि बचतकर्ता भने सुधीर बस्नेतले आफूहरुलाई अल्झाउन मात्र खोजेको र फेरि धोका पाइने सोचेर मन्त्रालय, विभाग, प्रहरी प्रशासनलगायत विभिन्न निकाय धाउन थालेका छन्। 

पीडित सदस्यहरुको एक खेमाको नेतृत्व गर्ने ओरियन्टल कोअपरेटिभका निक्षेपकर्ताको हकहित संरक्षण समिति अध्यक्ष कुन्तीदेवी पोखरेल सुधीर बस्नेतले निक्षेप फिर्ता गर्नेमा आफू आशावादी रहेको तर केही व्यक्तिहरुले फेरि यो विषयलाई बल्झाउन खोजेको बताउँछिन्। ‘अहिले केही व्यक्तिले आफ्नो रकम फिर्ता पाइसकेका छन्। केही पाउने क्रममा छन्। तर केही भने अझै यो विषय नसल्टिदिए हुन्थ्यो भनेर लागि परेका छन्,’ पोखेरलले भनिन्, ‘मिलिराखेको काममा भाँजो हाल्ने एक दुई जना व्यक्ति जहाँबाट पनि आइहाल्छन्।’

के अब ओरियन्टलका बचतकर्ताले अब आफ्नो साँवा ब्याज रकम फिर्ता पाउँछन् भन्नेमा तपाईलाई विश्वास छ भन्ने नेपाल लाइभको प्रश्नको जवाफमा पोखरेलले जति सम्पत्ति छ, त्यसलाई दामासाही तरिकाले सदस्यहरुमा बाँढ्ने र सावाभन्दा बढीको सम्पत्ति मूल्यांकन भएमा ब्याज पनि पाइने बताइन्।

‘सुधीर बस्नेत वा ओरियन्टल कोअपरेटिभको सम्पत्ति भनेको बचतकर्ताको सम्पत्ति हो। त्यसबाट जति रकम आउँछ, त्यो सदस्यहरुमा दामासाही तरिकाले बाँढिन्छ,’ उनले भनिन्।

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७  १८:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
पाँच अंकले बढ्यो नेप्से मंगलबार कारोबारमा आएकामध्ये ११८ कम्पनीको सेयर मूल्य बढ्यो भने १३४ कम्पनीको मूल्य घट्यो। ८ कम्पनीको सेयर मूल्य स्थिर रह्यो। सेयर मूल्... मंगलबार, पुस २९, २०८२
बढ्यो सेयर बजार, खुम्चियो कारोबार रकम १२९ कम्पनीको मूल्य बढ्दा ११५ को घट्यो भने १५ को स्थिर रह्यो । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.३०, विका... बिहीबार, पुस २४, २०८२
सामान्य अंकले बढ्यो नेप्से सोमबारको तुलनामा मंगलबार शून्य दशमलव शून्य तीन प्रतिशतले बढेर नेप्से २५ सय ८२ दशमलव २३ विन्दुमा बन्द भएको छ । मंगलबार, पुस ८, २०८२
ताजा समाचारसबै
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’ बिहीबार, माघ १, २०८२
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस कार्यसमितिले आयोगमा बुझायो विवरण बिहीबार, माघ १, २०८२
कांग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त बिहीबार, माघ १, २०८२
देउवाको हस्ताक्षर हटाउने र नवनिर्वाचित टीम आयोगमा अद्यावधिक गर्ने गगन नेतृत्वको कांग्रेसको निर्णय बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’ बुधबार, पुस ३०, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्