काठमाडौं- केन्याकी पेरेस जेपचेयचरले पोल्यान्डमा भएको वल्र्ड एथ्लेट हाल्फ म्याराथनमा विश्व कीर्तिमान बनाएकी छिन्। उनले आफ्नै पुरानो कीर्तिमानमा सुधार गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन्।
विश्व च्याम्पियनसिपमा २७ वर्षकी उनले १ घन्टा ५ मिनेट १६ सेकेन्डमा दुरी पूरा गरेकी हुन्। दोस्रो भएकी जर्मनीकी मेलेट केजेटा दुई सेकेन्डले मात्र पछि परिन्। इथियोपियाकी एलेमजर्फ एहुलाओ तेस्रो भइन्।
यसअघि पेरेसको नाममा नै रहेको कीर्तिमान १ घन्टा ५ मिनेट ३४ सेकेन्डको थियो। पेरेसको वल्र्ड एथ्लेट हाल्फ म्याराथनमा यो दोस्रो उपाधि हो। उनले यसअघि २०१६ मा पनि स्वर्ण पदक जितेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।