काठमाडौं- कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारी सेवा निवृत भएका छन्। गत चैत १८ गते संघिय मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका भारीले उमेरहदका कारण अनिवार्य अवकास पाएका हुन्।
प्राविधिक सेवातर्फका भारीलाई गत चैत १६ गतेको मन्त्रिपरिषद बैठकले सहसचिवबाट सचिव बढुवा गरी कर्णाली प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट बोलाएर संघिय मन्त्रालयमा सचिवको जिम्मेवारी दिएको थियो।
कृषि मन्त्रालयमा प्राविधिक सेवातर्फका कर्मचारी सचिव हुने प्रावधानअनुसार अबको सचिवका रुपमा डा योगेन्द्र कुमार कार्कीलाई हेरिएको छ। वरिष्ठताका आधारमा पहिलो नम्बरमा रहेका कार्की यसअघि बागमती प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा सचिवका रुपमा कायरत रहेकोमा अघिल्लो केहि समयअघि मात्र उनलाई सरकारले संघीय मन्त्रालयमा तानिसकेको छ।
मन्त्रालयका एक उच्च अधिकारीका अनुसार सचिवको दावेदारका रुपमा कार्की नै पहिलो स्थानमा छन भने कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले पनि कार्कीलाई नै रोज्ने सम्भावना बढी देखिएको छ।
राष्ट्रिय सतर्कता केन्द्रले कारबाहीको सिफारिस गरेको थियो भने केहि समयअघि मात्र उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अर्को उजुरीसमेत परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।