काठमाडौं- शुक्रबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) भगवान शिव र ब्रम्हा आएपनि पाँचलाख मेट्रिकटन मल ल्याउन सम्भव नभएको कृषि मन्त्री भुसालको टिप्पणी, अहिलेकै अवस्थामा दैनिक एउटा डेडिकेटेड ट्रेनको व्यवस्था गर्नुपर्ने सुझाव । ( मलबारे कृषि मन्त्रीको टिप्पणी )
२) नेपालमा थप २१ कोरोना संक्रमितको मृत्यु, ७१५ पुगे मृतक, उपत्यकामा २ हजार ४०२ सहित ४ हजार ३९२ जनामा संक्रमण, १ लाख २६ हजार १३७ पुगे संक्रमित । ( नेपालमा ७१५ पुगे मृतक )
३) वस्तुको प्रत्यक्ष बिक्रीका नाममा नेटवर्किङ धन्दा ः इजाजत पाएका कम्पनीलाई काम गर्न दिन संसदीय समितिको अनुमति, थप डेढ दर्जन कम्पनीलाई इजाजत दिइँदै । ( नेटवर्किङ धन्दामा इजाजत पाएकालाई उन्मुक्ति )
४) थाई नरेश जर्मनीबाट फर्किने क्रममा प्रजातान्त्रिक अधिकारका लागि भन्दै आन्दोलनरत विद्यार्थी समूहद्वारा राजाविरूद्ध नाराबाजी, देशभर सङ्कटकालको घोषणा, केही प्रभावशाली नेतासहित २२ जना पक्राउ । ( थाइल्याण्डमा संकटकाल घोषणा )
५) र, कोलकाता नाइट राइडर्सले राम्रो नतिजा नआएको भन्दै दिनेश कार्थिकलाई कप्तानबाट हटायो, कप्तानको भूमिकामा इयोन मोर्गन, शुक्रबार राती कोलकाताले साविक विजेता मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्दै । ( कोलकाताले दिनेशलाई कप्तानबाट हटायो )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।