काठमाडौं-सानिमा जनरल इन्स्योरेन्स कम्पनीको प्राथमिक शेयरमा ५ लाख ९० हजार ५४५ आवेदककाे हात खाली भएको छ। शुक्रबार भएको बाँडफाँडमा कम्पनीको प्राथमिक शेयर २ लाख ७३ हजारले १० कित्ताका दरले प्राप्त गरेका छन्।
कम्पनीले गत साता आह्वान गरेको प्राथमिक शेयरमा ८ लाख ६६ हजार ९०५ जनाले आवेदन दिएका थिए। लगानीकर्ताले एक करोड ८५ लाख ९१ हजार कित्ताका लागि आवेदन दिएका थिए। मागभन्दा ६.८१ गुणा बढी आवेदन परेको थियो।
तीन लाख कित्तामध्ये एक लाख २० हजार कित्ता कम्पनीका कर्मचारीले प्राप्त गरेका छन् भने म्युचुअल फण्डले एक लाख ५० हजार कित्ता प्राप्त गरेका छन्।
प्राथमिक शेयर निष्काशनसँगै कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुगेको छ। जसमा संस्थापक तर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत कायम भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।