एजेन्सी- कालो हरिण (कृष्णसार) शिकार मुद्दामा तल्लो अदालतबाट दोषी ठहर भई माथिल्लो अदालतबाट धरौटीमा रिहा भएका बलिउड अभिनेता सलमान खानले अर्को एक मुद्दामा भने सफाइ पाएका छन्।
जातिवादी टिप्पणीसम्बन्धी मुद्दामा लुधियाना हाइकोर्टले खानसहित अभिनेत्री शिल्पा शेट्टीलाई सफाइ दिएको हो। अल्पसंख्यक जातिलाई होच्याएको आरोपमा सलमानसहित अभिनेत्री सेट्टीविरुद्ध परेको रिट निवेदन लुधियाना कोर्टले खारेज गरिदिएको छ।
समाचार संस्था एएनआईका अनुसार अनुसूचित जाति एवं जनजाति (अत्याचार निरोधक) ऐन अन्तर्गत दुवै कलाकारविरुद्ध कारबाहीको मागसहित उजुरी परेको थियो।
सलमानले फिल्म ‘टाइगर जिन्दा है’को प्रचार-प्रसारका क्रममा एक टेलिभिजन कार्यक्रममा ‘भंगी’ शब्द प्रयोग गरेका थिए। त्यस्तै, शिल्पाले आफ्नो फेसन च्वाइसबारे बताउने क्रममा ‘भंगी’ शब्दको प्रयोग गरेकी थिइन्। आफ्नो खराबी चरित्रलाई दुबै कलाकारले ‘भंगी’ शब्दसँग तुलना गरेका थिए।
तर, वाल्मिकी 8ले यो शब्दलाई खराबीसँग तुलना गरेकोमा कडा आपत्ति जनायो। यो जातिसूचक शब्दको गलत प्रयोग गरेको भन्दै वाल्मिकी 8ले दुवैजना विरुद्ध मुद्दा दायर गरेको थियो। जसलाई अदालतले खारेज गरिदिएको छ।
दुर्लभ जनावर कृष्णसारको शिकार मुद्दामा दोषी ठहर भई जमानतमा रिहा भएका सलमान खान अहिले फिल्म ‘रेस ३’ को सुटिङमा व्यस्त छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।