• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

सेयर लगानीकर्ताको बायोमेट्रिक विवरण हत्याउने निजी कम्पनीको प्रयास असफल

64x64
अरुण सापकोटा बिहीबार, असोज २९, २०७७  १६:४२
1140x725

काठमाडौं- सेयर बजारका लगानीकर्ताको व्यक्तिगत विवरण निजी कम्पनीलाई सुम्पिने प्रयास असफल भएको छ। प्रावधिक साझेदारका नाममा निजी कम्पनीलाई सम्पूर्ण लगानीकर्ताको व्यक्तिगत विवरण तयार पार्न दिने नीतिगत प्रयास चौतर्फी विरोधपछि असफल भएको हो। 

निजी कम्पनीलाई लगानीकर्ताका व्यक्तिगत विवरण दिन लागिएको प्रति नेपाल लाइभले समाचार प्रकाशन गरेपछि यो विषयमा धितोपत्र बोर्डले अध्ययन थालेको थियो। बोर्डले निजी कम्पनीलाई लगानीकर्ताको विवरण दिने गरी कानुनी व्यवस्था भइसकेकाले आफूहरूले सच्याउन पहल गर्ने बताएको थियो।  

सिडिएससीले नेपाल धितोपत्र बोर्डमा प्रस्तुत गरेको केन्द्रीकृत ग्राहक पहिचान विवरण 'केवाइसी' सेवासम्बन्धी कार्य सञ्चालन निर्देशिका २०७७ को मस्यौदामा ग्राहक पहिचानको जिम्मेवारी निजी कम्पनीलाई दिनेगरी साझेदार भित्र्याउन सक्ने व्यवस्था गरिएको थियो। 

यो पनि पढ्नुहोस्

केन्द्रीकृत केवाइसी : तयार भइसकेको सफ्टवेयरका लागि किन चाहियो निजी साझेदार?सोमबार, भदौ १५, २०७७

उक्त निर्देशिकाको नियम ५ मा प्रणालीको विकास गर्ने भन्दै 'सिडिएससीले ग्राहकको पहिचान विवरण केन्द्रीकृत रूपमा राख्नका लागि केन्द्रीकृत केवाइसी प्रणाली सार्वजनिक निजी साझेदारीमा प्रावधिक साझेदार नियुक्त गरी लागू गर्नेछ' भनिएको थियो।

यस्तो व्यवस्थाले सेयर बजारका लगानीकर्ताको बायोमेट्रिक सहितको व्यक्तिगत विवरण माफियाको हातमा पुग्ने जोखिम उच्च भए पछि यो व्यवस्था हटाइएको नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए। उनले भने‚ 'सिडिएससीले प्रस्तुत गरेको मस्यौदाको दफा ५ को व्यवस्थालाई हटाएको छ।'

Ncell 2
Ncell 2
nimb
nimb

सिडिएससीले नेपाल धितोपत्र बोर्डमा प्रस्तुत गरेको उक्त मस्यौदालाई बोर्डले मन्त्रालयमा स्वीकृतका लागि पठाएको थियो। मन्त्रालय बोर्डको सुझावका आधारमा उक्त व्यवस्थालाई हटाएर 'केन्द्रिकृत ग्राहक पहिचान विवरण 'केवाइसी' सेवा सम्बन्धी कार्य सञ्चालन निर्देशिका २०७७' स्वीकृत गरेको छ। मन्त्रालयले मंगलबार उक्त मस्यौदालाई स्वीकृति प्रदान गरेको हो। 

यो पनि पढ्नुहोस्

शेयर लगानीकर्ताको विवरण माफियालाई दिने गरी संरचना तयारबुधबार, असोज २१, २०७७

सिडिएसी आफैंले यसका आवश्यक सफ्टवेयर निर्माण गर्न सक्ने अवस्था रहँदारहँदै अर्थ मन्त्रालयले उक्त दफालाई घुसाएको थियो। जबकि सिडिएससीले यो निर्देशिकाको प्रारम्भिक मस्यौदा तयार पार्दा यो नियम थिएन। तर मस्यौदाको छलफल गर्ने क्रममा मन्त्रालयले यो नियम थप गरेर नेपाल धितोपत्र बोर्डमा पेश गर्न निर्देशन दिएको थियो।

सिडिएससी नेपाल स्टक एक्सचेन्जको सहायक कम्पनी हो। सेयर राफसाफ लगायतका काम गर्न यो कम्पनी स्थापना गरिएको हो। प्राविधिक काम गर्नकै लागि भनेर खोलिएको सिडिएससीलाई बाइपास गरेर केही माफियाको स्वार्थमा भविष्यमा निजी कम्पनी खोल्न मिल्ने व्यवस्था गर्न लागिएको थियो।

Xtrem
Xtrem

यस्तो व्यवस्थाबाट सरकारले चाहेको कम्पनी प्रयोग गरेर सेयर लगानीकर्ताको व्यक्तिगत विवरण पत्ता लगाउन सक्ने भन्दै विरोध भए पछि मन्त्रालय पछाडि हटेको हो।

यो पनि पढ्नुहोस्

शेयर लगानीकर्ताको व्यक्तिगत विवरण व्यापारिक कम्पनीलाई दिने गरी कानुन बनाइँदैबुधबार, भदौ १०, २०७७

निजीस्तरका कम्पनीले सेयर लगानीकर्ताताको बायोमेट्रिक विवरणमा पहुँच पुर्‍‌याउँदा जुनसुकै गतिविधि गर्न सक्छन्। साथै लगानीकर्ताको गोपनियताप्रति पनि शंका पैदा गर्छ।

यदि निजी कम्पनीको पहुँच सेयर लगानीकर्ताको बायोमेट्रिक व्यक्तिगत विवरणमा पुग्यो भने ग्राहकको पहिचान  खुल्ने डिजिटल फोटो, नागरिकताको प्रमाणपत्र, जन्मदर्ताको प्रमाणपत्र, हितग्राही खाता नम्बर, बैंक खाता, स्थायी लेखा नम्बर, पेशागत विवरण, व्यक्तिगत विवरणलगायतका विवरण जोखिममा पर्छ।

यो पनि पढ्नुहोस्

केवाइसी व्यवस्थापनको जिम्मा निजी कम्पनीलाई नदिन शेयर लगानीकर्ताको दबाबशुक्रबार, भदौ १२, २०७७‍

प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७  १६:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्