काठमाडौं–अयोग्य पिसीआर रिपोर्ट भएका यात्रु बोकेर नेपाल आउने आसियाना एयरलायन्सको उडान अनुमति खारेज भएको छ।
आसियाना एयरलाइन्सको तत्काल अर्को व्यवस्था नभएसम्मका लागि उडान अनुमति खारेज गरिको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए।
सरकारले अहिले विदेशबाट आउने यात्रुका लागि अनिवार्य पिसिआर नेगेटिभ रिपोर्ट हुनुपर्ने व्यवस्था गरेको छ। साथै एयरलाइन्स कम्पनीले पनि यात्रु ल्याउँदा पिसिआर नेगेटिभ रिपोर्ट भएका यात्रु मात्रै ल्याउने पर्ने नियम छ। तर, गत शनिबार साँझ ५ः०० बजे आसियानाको चार्टर उडानमार्फत् आएका एक सय ५५ यात्रुमध्ये १२ जनाको पिसीआर रिपोर्ट सरकारको स्वास्थ्य निर्देशिका अनुसार थिएन।
शनिबार आसियानाको चार्टर उडानमार्फत् सिओल–काठमाडौं अवतरण भएका दुवै यात्रुलाई परराष्ट्र मन्त्रालय, स्वास्थ्य मन्त्रालय लगायतको दबाबमा रातारात घर पठाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।