राजविराज– विकास निर्माणको काममा घुस लिएको आरोपमा जिल्ला समन्वय समिति सप्तरीका एक कर्मचारी आज पक्राउ परेका छन्।
घुसको रकमसहित नायव सुब्बा (नासु) युगेश्वर प्रसाद यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो। उनको साथबाट १ लाख ३५ हजार रुपैयाँ बरामद भएको अख्तियारको पूर्वाञ्चल सम्पर्क कार्यालय इटहरीले जनाएको छ।
यादवले महुली खोलाको पुल निर्माणको काममा कम्पनीसँग कमिसन बापतको रकम लिएको आयोगका प्रहरी निरीक्षक ओमप्रकाश खनालले जानकारी दिए। अख्तियारको टोलीले यादवलाई इटहरीस्थित कार्यालय लगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।