काठमाडौं- सेयर लगानीकर्ताहरू नजिकिँदै गरेको दसैँका लागि पैसा जोहो गर्न थालेका छन्। पछिल्लो समय सुधारिएको बजारबाट उचित फाइदा लिने क्रममा लगानीकर्ताहरुले नाफा बुक गर्दै दसैँका लागि पैसा जोहो गरेका हुन्।
यसका साथै पहिलो त्रैमासको ब्याज र किस्ताका लागि सेयर बिक्री गर्दा विगत एक सातामा मात्रै ३५ अंकको गिरावट आएको छ।
अन्य लगानीका ढोका बन्द हुँदा लगानीकर्ताले सेयर बजारलाई स्रोत बनाउँदै आएका छन्। बढ्दो ट्रेन्डको फाइदा उठाउँदै लगानीकर्ताले नाफा बुकसँगै व्यवहारिक खर्चको जोहो पनि दोस्रो बजारबाटै गर्न थालेका हुन्।
पछिल्लो एक त्रैमासिकअवधिमा मात्रै दोस्रो बजारमा ३८३ अंकको सुधार भइसकेको छ। यस अवधिमा लगानीकर्ताले पोर्टफोलियो निकै बढाएका पनि छन्।
बुधबार नेप्से सूचक ७.४२ अंकले ओरालो झर्ने क्रममा १५६१.१७ अंकमा पुगेको छ।
सूचकमा गिरावट आउने क्रममा कारोबार रकम पनि घटिरहेको छ।
बुधबार १९५ वटा कम्पनीको कारोबार हुँदा एक अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको छ।
होटल बाहेक सम्पूर्ण सूचकमा गिरावट आएको छ। आजदेखि कारोबार सुरु भएको जनरल इन्स्योरेन्स कम्पनीको सेयर अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।